Logo

Student Corner

Articles

नेपालकाे झण्डा
- Aarambha Dhakal - 30046, Grad ... 11 March, 2022

हाम्राे देश नेपालकाे झण्डा अन्य देशकाे झण्डाभन्दा अलग छ । अरू देशका झण्डा चारकुने हुन्छन् भने हाम्राे देशकाे त्रिकाेणात्मक झण्डा छ । दुइवटा त्रिभुजका आकार भएकाे, राताे भूइँमा माथि चन्द्र र तल सूर्य छन् । किनारा नीलाे छ । चुच्चे त्रिभूजले हिमालकाे प्रतिनिधित्व गर्दछ भने राताे रङले वीरता देखाउँछ । नीलाे किनाराले हाम्राे देश शान्तिप्रिय छ भन्ने बुझाउँछ । सेता रङका चन्द्र र सूर्यले आकाशमा चन्द्र र सूर्यकाे अस्तित्व रहेसम्म नेपालकाे अस्तित्व पनि रहन्छ भन्ने बुझाउँछ । 

यसरी सारा नेपाल र नेपालीकाे वीरता अनि शान्तिप्रिय स्वभाव,हिमाल जस्तै अटलताकाे प्रतीक बनेकाे नेपालकाे राष्टिय झण्डा हामी सबैकाे प्रिय छ । यस झण्डाले भनेजस्तै हामी पनि वीर,सहासी छाैँ । 


 


Read More
मिठो बोली
- Hardik Sharma Phuyal - 29047, ... 10 March, 2022

मिठो बोली मान्छेको प्रतीक हो । मिठो बोली बोल्नेलाई सबैले मन पराउँछन् । मिठो बोली बोल्ने मानिसको स्वास्थ्य राम्रो हुन्छ । हामीले सबैसँग आमा, बाबा, दिदीबहिनी, साथी, आफन्तहरूसँग मिठो बोली बोल्नुपर्छ । मान्छेको दिमागमा साथीसङ्गतले धेरै प्रभाव पार्छ । साथीसमूहले नराम्रा शब्द छनाेट गरेर बाेल्छन् भने हामीलाईपनि त्यसकाे प्रभाव परिरहेकाे हुन्छ अनि तिनै बाेल्न नहुने शब्दहरू दाेहाेर्याउन सक्छाैँ । हामीले बाेल्ने भाषा वा शब्द समाजमा पच्ने किसिमका हुनुपर्दछ । सही समयमा सही शब्द छानेर बाेल्नु पनि मिठाे बाेलीकाे एउटा अङ्ग हाे ।   हामीले मिठो बोलीको प्रयोग सही काम र सही ठाउँमा गर्नुपर्छ अनि मात्र हाम्रो बोलीले प्रभाव पार्छ । त्यसैले पनि हामीले मिठो बोली बोल्नु पर्छ अनि हाम्रो समाजमा इज्जत बढ्छ । यसले हाम्रो शरीरलाई स्वस्थ बनाउँछ । हामीले साथी वा दुश्मन सबैसँग मिठो बोली बोल्नुपर्छ । साथीसँग मिठाे बाेलेमा सधैँ साथी बनिरहन्छन् भने दुश्मनसँग मिठाे बाेलेमा ऊ नै साथी बन्छ ।  यसले हाम्रो जिन्दगी सफल पनि बनाउँछ । त्यसैले हामीले मिठो बोली बोल्नुपर्छ।


 


Read More
स्वस्थ शरीर
- Aarjan Khadka - 29003, Grade ... 10 March, 2022

हरेक समय राम्रो स्वास्थ्य कायम राख्नु हाम्रो कर्तव्य हो  । तर यो त्यति सजिलो छैन, धेरै चुनौतीपूर्ण छ । यही कारणले गर्दा हामीले यस सम्बन्धमा विभिन्न स्वास्थ्यसम्बन्धी नियमहरू लागु गर्न आवश्यक छ । स्वास्थ्य सबैका लागि धेरै मूल्यवान छ त्यसैले हामीले स्वास्थ्य सधैँ राम्रो अवस्थामा राख्नुपर्छ । स्वस्थ शरीरले व्यक्तिगत, घरायसी र व्यावसायिक कार्यहरू र अरु विभिन्न प्रकारका कार्यहरू पनि धेरै ऊर्जाका साथ गर्न सक्छन् । एक स्वस्थ शरीर हुनु खुसीकाे प्रमुख आधार हाे ।  त्यसैले धेरै मानिसहरू सही प्रकारको खाना खान्छन् तर काेहीकाेहीलाई याे सबै थाहा हुँदाहुँदै पनि स्वस्थ्यकाे ख्याल नगरेकाले सधैँ दुःख पाएकाे पनि देखिन्छ । स्वस्थ शरीरलाई कायम राख्न राम्रो पोषण, नियमित व्यायाम, हानिकारक बानीहरूबाट जोगिन, स्वास्थ्यको बारेमा जानकारी र जिम्मेवार निर्णयहरू लिन जरुरी छ । स्वस्थ शरीरले हामीलाई सक्रिय र पूर्ण जीवन बाँच्न पनि अनुमति दिन्छ, जसले हाम्रो उमेर बढ्दै जाँदा राम्रो गुणस्तरीय जीवन पाउनेछौँ भन्ने बुझाउँछ ।

बासी र प्याकेटमा राखिएका खानेकुरा जिब्राका स्वदका लागि मात्र हाे ,स्वास्थ्यलाई यसले राम्राे गर्दैन । स्वस्थ शरीर नै जीवनकाे बहुमूल्य सम्पत्ति हाे । 


 


Read More
जिब्रोको प्रयोग
- Hardik Sharma Phuyal - 29047, ... 09 March, 2022

हामीले आफ्नो र अरूको भलाईका लागि मात्र जिब्राको प्रयोग गर्नुपर्छ किनकि जिब्रो हाम्रो जीवनको महत्त्वपूर्ण अङ्ग  हो  । हामीले यसको सदुपयोग सही ठाउँमा मात्र गर्नुपर्छ नत्र  हामी खतरामा पर्न सक्छौं  । जस्तैः जिब्राले मिठाे मान्याे भन्दैमा बजारमा पाइने स्वस्थ्यलाई नराम्राे असर गर्ने खानेकुराहरू खानुहुँदैन अनि नमिठाे भयाे भनेर स्वस्थयवर्द्धक खानेकुराहरू नखाने गर्नु पनि हुँदैन । याे नै जिब्राकाे सही प्रयाेग हाे । 

 खानुबाहेक जिब्राकाे अर्काे प्रयाेग भनेकाे बाेल्नु हाे । हामीले बाेल्दा जहिले पनि हाेस पुर्याएर अरूलाई नराम्राे नलाग्ने गरी बाेल्नुपर्छ ।  हामीले आफू साथीहरूको अगाडि तँ - तँ म - म भन्न थाल्याैँ वा हामीले आफ्नो आमा बाबा र  आफन्तको  अगाडि  खराब शब्द बोल्न थाल्याैँ भने उहाँहरूले हामीलाई राम्रो मान्नुहुन्न । त्यसैले हामीले सधैं राम्रो बोली बोल्नु पर्छ । मान्छेहरूले नरामो शब्द बोल्न रुचाएका हुन्छन् अनि फेसनका रूपमा बाेलेकाे सम्झन्छन् तर तिनीहरूका त्यस्ता बाेली सुन्ने मानिसले कदाप् राम्राे मान्दैनन् । कस्ता बाबुआमाले पालेका,कस्ताे स्कुलमा पढेका हाेलान् यस्ताे नराम्राे बाेल्नेहरू भन्छन् । जसले गर्दा उनीहरूकाे मात्र नभइ बाबाआमा र विद्यालयकाे पनि इज्जत जान्छ ।  मिठो बोली हाम्रो पहिचान हो मिठो बोली नबोल्नेलाई मान्छेहरूले मन पराउदैनन् त्यसैले हामीले लोकप्रिय हुन सबैले मन पराएको हुनलाई मिठो बोली बोल्नु पर्छ |


 


Read More
मेराे जन्मदिन
- Kabya Satyal - 30042, Grade I ... 09 March, 2022

मेराे जन्मदिन फागुनकाे १० गते हाे । २०७८ सालकाे जन्मदिन मैले केके काम गरेँ भनेर यहाँ लेख्दै छु । म बिहानकाे ७ बजेतिर उठेँ , नुहाईधुवाई गरी म पूजा गर्न पूजाकाेठामा गए । पूजा गरेँ । विद्यालय जान हतार भएकाले मैले फटाफट खाना खाएँ । आमाले मलाई विद्यालयका साथीहरूलाई जन्मदिनकाे उपलक्ष्यमा चकलेट बाँड्नु भनी दुइ पाेका चकलेट पनि दिनुभयाे । म विद्यालयका  पुगेर सबै साथीहरूलाई चकलेट दिएँ । साथीहरूले पनि शुभकामना  दिए । विद्यालयका सम्पूर्ण शिक्षक र शिक्षिकाहरूलाई पनि चकलेट दिएँ । उहाहरूले मलाई आशीर्वाद दिनुभयाे । 

विद्यालयमा मलाई बाबा लिन आउनुभयाे । म घर पुगेँ, खाजा खाएर मेरा घर वरिपरिका साथीहरूलाई मेराे जन्मदिन मनाउनका लागि निम्ताे दिएँ । सबै साथीहरू मिलेर बेलुन फुल्यायाैँ। अरू तयारी मेरा बाबाआमाले गर्दै हुनुहुन्थ्याे । साँझ करिब ६ बजेतिर केक काट्ने कार्यक्रम थियाे । सबै आफन्त र साथीहरू जम्मा भएपछि  केक काटेँ । सबैले मिलिजुली केक खायाैँ । मलाई सबैले आशीर्वाद र शुभकामना दिनुभयाे । खाना खाइसकेपछि सबैजना आआफ्नाे घर जानुभयाे । मेराे जन्मदिन निकै रमाइलाे भयाे ।


 


Read More