Logo

Student Corner

कलम

Written by: प्राथना क्षेत्री - 29021, Grade V

Posted on: 25 February, 2022

कलम हाे मेराे नाम

लेख्ने मेराे काम

सबैलाई अघि बढाउन

सफलताकाे शिखर चढाउन

दिने गर्छु साथ

नछाेडेर हात

हरेक समस्याकाे हल

कलमकाे नै छ बल

ठुला साना सबैकाे 

म नै हुँ साथी 

मलाई साथ राखेमा 

पुग्ने गर्छाै माथि

आऊ साथी हामी सबै 

लेख्ने बानी बसालाैँ

देशलाई अघि बढाउन

यसैलाई उचालाैँ 

कलम हाे मेराे नाम

लेख्ने मेराे काम

साथीभाइ मिलिजुली

चिनाऔँ देशकाे नाम