Logo

Student Corner

हाम्राे देश नेपाल

Written by: Dibrani Thapa - 30011, Grade IV

Posted on: 23 February, 2022

हाम्राे देश नेपाल एक पहाड,हिमाल र तराइ समावेश भएकाे देश हाे । यस देशकाे कुनै सीमानामा पनि समुद्री सतहले छाेएकाे छैन । त्यसैले यसलाई भूपरिवेष्ठित राष्ट्र पनि भनिन्छ । यस देशमा धेरै जातजातिका मानिसहरू बसाेबास गर्दछन् र तिनीहरूले फरकफरक भाषा पनि बाेल्दछन् । नेवारले नेवारी भाषा बाेल्दछन्, गुरुङ जातिले गुरुङ भाषा बाेल्दछन् । यसैगरी तामाङ,भाेजपुरी,मगर इत्यादि भाषाहरू बाेलिन्छ । यहाँका मानिसहरू दसैँ,तिहार,तीज,ल्हाेसार, माघी,क्रिस्मस पर्व आदि मिलेर मनाउँछन् । 
नेपालकाे राष्ट्रिय झन्डा अरू देशकाे भन्दा फरक तिनकुने छ । यहाँकाे सगरमाथाले हामीलाई विश्वमा चिनाएकाे छ । हाम्राे देशमा एसियाका ज्याेति मानिने बुद्धकाे जन्म भएकाे हाे । नेपाललाई एक स्वतन्त्र राष्ट्र र वीर गाेर्खालीहरूकाे मुलुक भनेर पनि चिनिन्छ ।