Logo

Student Corner

फूल

Written by: Narve Shahukhal - 30015, Grade IV

Posted on: 24 February, 2022

फूल हेर्दा सुन्दर र रङ्गीबिरङ्गी हुन्छन् । राता,सेता, पहेँला,गुलाफी,बैजनी आदि किसिमका फूलले बगैँचा सुन्दर बनाउँछ ।फूल घर भित्र फूल्ने र घरबाहिर फुल्ने किसिमका हुन्छन् । घरकाे सजावटका लागि गमलामा यस्ता फूलहरू फुलाइन्छ ।  फूल फुल्नलाई माटाे, हावा, पानी, मल सबैकाे आवश्यक पर्छ । उपयुक्त वातावरण र माैसममा फूल फुल्दछ । फूलमा माैरी आएर रस चुस्दछ अनि त्यसबाट मह बनाउँदछ । कतिपय फूलले जडीबुटीकाे पनि काम गर्दछ । फूलले विभिन्न किसिमका वासना पनि दिन्छ। कतिपय फूलहरू अत्तर बनाउन पनि प्रयाेग हुन्छन् । फूल ईश्वरलाई चढाउन, सजावटका लागि प्रयाेग गरिन्छ ।

मलाई लालीगुराँस फूल मन पर्छ । लालीगुराँस राताे रङकाे हुन्छ । याे पहाडी क्षेत्रमा फुल्छ । वसन्त ऋतुमा फुल्ने याे फूलले मनै लाेभ्याउँछ । याे फूललाई जडीबुटीका रूपमा पनि प्रयाेग हुन्छ । याे नेपालकाे राष्ट्रिय फूल पनि हाे । त्यसैले मलाई धेरै मन पर्छ । 

नर्भी साहुखल