Logo

Student Corner

Articles

पानीप्रमी त्रिमूर्ति कथा समीक्षा
- Aarjan Khadka - 29003, Grade ... 22 February, 2022

परिचय:
पानीप्रेमी त्रिमूर्ति कथाको लेखक प्रा. डा. तारानिधि भट्टराई हुन् । यो कथाका चित्रकार प्रज्वल थापा मगर हुन् । पानीप्रेमी त्रिमूर्ति कथा वाष्प इन्जिन कथासङ्ग्रहको एउटा कथा हो । 'वाष्प इन्जिन्' शिखा बुक्स बाट प्रकाशन गरिएको हो । यो कथामा तिन जना साथी हरुले कुवाको पानी किन नुनिलो भएको र त्यसलाई कसरी सफा पार्न सकिन्छ भनेर छलफल गरेको कुरा देखाइएको छ ।

पात्रहरू:
यो कथाका प्रमुख  पात्रहरू मिसायल, निशा र नेहा हुन् । विद्यालयका शिक्षकशिक्षिका , उनीहरुका बुवाआमा,जनप्रतिनिधि, मिसायलका मितबुबा  यस कथाका सहायक  पात्रहरू हुन् ।

कथावस्तु:
मिसायल, निशा र नेहा कक्षा ४ का सहपाठी हुन् र स्कुल पनि सँगै आउने जाने गर्छन् । उनीहरुलाई कुवा, झरना र नदीका पनि एकदमै मन पर्छ । स्कुल जाने बाटोमा अग्लो कान्लाको फेदमा एउटा कुवा छ र परतिर वरपीपलको एउटा चौतारा पनि छ । शुक्रबार कुवाको पानी पिउँदा पानीको स्वाद केही फरक थिएन तर त्यो दिन भने स्कुलबाट फर्कंदा उनीहरुले त्यहाँको पानी पिउँदा पानी नुनिलो थियो । उनीहरु पानी किन नुनिलो भयो भन्दै उनीहरु ठाडो उकालो दौडिँदै कान्लामाथि गए । त्यहाँ एउटा माछापोखरी थियो र त्यहाँको पानी पनि नुनिलो थियो । उनीहरुले पोखरीको पानी कसरी कुवासम्म पुग्यो भनेर थाहा पाउन सकेनन् । नेहाले पानीले मुख कुल्ला गरिन् र त्यो पानी जमिनभित्र छिरेर गयो त्यसरि नै पोखरीको पानी पनि कुवामा छिरेको हुनुपर्छ भनेर निशाले भनिन् । यसरी नुनिलो पानीले बिरामी पार्छ र खतरनाक कुरा भएकोले उनीहरुले आफ्नो बुवाआमा र शिक्षकहरुसँग कुरा राखेर अर्को दिन बैठक बसाइयो । बैठकले जमिनभित्रको पानीलाई प्रदुषित नगरी बालीनालीमा विषादी र रसायनिक मल प्रयोग गर्ने विधिबारे र कुवाको प्रदूषित पानीलाई शुद्ध बनाउन जिल्लाबाट विज्ञ झिकाउने छलफल गरे । मिसायल, निशा र नेहालाई पनि राम्रो कुरा पत्ता लगाएको भनी फुलमाला लगाएर सम्मान गरियाे र स्कुलमा निःशुल्क पढाउने निर्णय स्कुलको प्रधानाध्यापकले गर्नुभयो ।उनीहरूलाइ पानी प्रेमी त्रिमूर्तिकाे उपाधिसमेत दिइयाे ।

परिवेश:
पानीप्रेमी त्रिमूर्ति कथामा उनीहरुको घर, स्कुल जाने बाटोमा भएको अग्लो कान्लाको फेदमा रहेको एउटा कुवा र स्कुल स्थलगत परिवेशको रुपमा आएको छ । यो कथामा भएको सबै घटना बाह्र घण्टामा घटेको अनुमान गर्न सकिन्छ ।

सिफारिस वा निष्कर्ष:
म यो पुस्तकलाई सिफारिस गर्छु किनभने यो पुस्तकले हामीलाई आफू नजिकको नदी, कुवा, झरनाको पानी सफा राख्नुपर्छ र त्यसमा केही फोहोर भए सबैसँग छलफल गरेर त्यसलाई सफा गर्नु पर्छ भन्ने कुरा सिकाउँछ ।


Read More
होली
- Siddhartha Chaulagain - 30033 ... 21 February, 2022

हिन्दूहरूको ठुलाा चाडमध्ये होली पर्व पनि एक हो। होलीलाई फागुपूर्णिमा पनि भनिन्छ।  होलीलाई रङको दिवस पनि भनिन्छ।होलीमा धेरै रङगहरु सँग खेलिन्छ।  
होली अथाव रङहरुको पर्व नेपालमा तराई र पहाडमा गरि दुई दिन मनाइन्छ। विषेश गरी  यो तराईमा अझ धेरै रमाइलो र हर्षोल्लासका साथ मनाउने गरिन्छ । यो चाड बुढा बुढी देखि सानासाना बालबालिकाहरू सबैले मनाउने गर्दछन्। होलीमा रातो, सेतो, हरियो, पहेंलो ,निलो जस्ता धेरै रङहरुको प्रयोग गरी एकले अर्कोलाई लगाई खुसी ,माया साटासाट गर्ने गरिन्छ। अहिले काेहीकाेही मानिसहरुले फोहोर पानीको लोला , पिचकारीको प्रयोग गरेर होली खेल्ने गर्छन् भने अनुहारमा बिभिन्न किसिमका रङको पेन्ट गर्ने चलन पनि छ । होलीमा पिचकारी हान्नु, लोला हान्नु राम्रो होइन । साथीहरू जिस्काउने जबरस्ती रङ लगाउनु राम्रो संस्कार र हाम्रो रितिरिवाज होइन। रङ दलेर खुसीयाली साटासाट गर्नु मिठो खानेकुरा बनाएर खानु आफ्ना भेटघाट गर्नु हामो संस्कार र रितिरिवाज हो। आफ्नो परिवार र साथीहरु घरमा नै बसेर खेल्नु राम्रो हो।
होलीमा परिवार साथीहरूसँग मिलेर खेल्नुपर्छ । आफ्नो पर्वको संरक्षण र संवर्धन गर्नु हाम्रो कर्तव्य पनि हो ।


Read More
Five Books You Need to Read
- Shreeda Risal - 29031, Grade ... 21 February, 2022

1. The Book Thief, by Markus Zusak
This book is set in Germany in 1939. It follows Liesel as she tries to rescue books from Nazi rule. At the same time, her family has hidden a Jewish fighter living in their home’s basement. When you read this book, you will get to experience courage that is rarely found in the world today, as well as the friendship that is formed even in the most challenging situations.

2. 1984, by George Orwell
1984 is George Orwell’s dystopian and totalitarian world where fear, control and lies take over the lives of people. Look into the life of Winston Smith who struggles with his nature in a world where free will, individuality, and love are not allowed.

3. Harry Potter and the Philosopher’s Stone, by J.K. Rowling
Harry Potter, is an integral part of the childhood of millions of people. In this book, you can join Harry as he journeys into the Wizarding World and he triumphs over Lord Voldemort. Throughout these books, you will get to know characters such as Hermione, Ron, Hagrid, Dumbledore, and many more.

4. The Lord of the Rings, by J.R.R. Tolkien
In this book, you will get to know the characters of Middle Earth, a beautiful and very expansive fantasy world that although it is filled with innocence, can also be ridden with turmoil. Follow the protagonist Frodo Baggins as he embarks on a challenging quest. This trilogy will definitely leave you at the edge of your seat.

5. The Diary Of A Young Girl, by Anne Frank
One of the most influential books ever published, the Diary of a Young Girl by Anne Frank tells the raw account of her life as she hides from the Nazi soldiers. Despite the circumstances she is facing, she still believes that naturally, people have a good heart and the world is still full of beauty. It’s truly a book that will change your perspective.


Read More
वाष्प इन्जिन ( कथा समीक्षा)
- Sakshi Singh - 29027, Grade V ... 18 February, 2022

परिचय
यो कथा बाल कथा हो।  यस पुस्तकको लेखक तारानिधि भट्टराई हुन् ।  शिखा पुस्तकले प्रकाशन गरेको याे पुस्तकमा  तस्बिर प्रज्वल थापा मगरले बनाएका हुन् ।वाष्प इन्जिन कथासङ्ग्रह पुस्तककाे नाम यसै कथाबाट राखिएकाे छ ।

कथावस्तु
बिहान राहुलकी आमा काममा जाँदा आलु उमालेर हिटर हालेर काममा गइन् । आलु बिर्कोले छोपिएको थियो।  आमाले राहुललाई भाेक लागेकाे बेलामा स्वीच अन गरेकाे पन्ध्र मिनेटपछि बन्द गरेर खानु भनेर छाेडेकी थिइन् । भाेक लागेपछि राहुलले बटन अन गर्याे तर एकछिन पछि  बिर्को उचालिने र थचारिने गर्न थाल्याे ।  त्यसपछि उनी डराएर निनामको घरमा गएर उनलाई बोलाए । निनामले कराइमा मुसाे हाेला भन्ने अनुमान लगाए। बिर्काे भित्र केही पनि थिएन । उनीहरूले बैठकमा बसेर आलु खान थाल्छन् । आलुका बाेक्रा पङ्खाले उडाएकाे देखेर कराइकाे बिर्काे पनि हावाले उचालेकाे कुरा उनीहरूले पत्ता लगाए । उनीहरूले कराइमा आलु राखेर फेरि स्विच अन गरेर प्रमाणित पनि गरे । जब आमा आउनुभयाे उनीहरूले दिनभरिका सारा कुरा भने । आमाले पनि डिजेल,पेट्राेल नआउँदा वाफबाट रेल, पानीजहाज चलाइन्थे भनेर सुनाउनुभयाे । उनीहरू पनि आफूहरूले नयाँ कुरा आफैँ पत्ता लगाएकामा मख्ख परे।
परिवेश
वाष्प इन्जिन कथामा राहुल र निनामकाे गाउँ,उनीहरूका घर, आमाकाे मेला जाने ठाउँ, राहुलकाे बैठककाेठा,भान्छाकाेठा परिवेशका रूपमा आएका छन् । 
सिफारिस
याे कथामा राहुल र निनामले हावामा शक्ति हुन्छ भन्ने कुरा पत्ता लगाउँदै गर्दा आएका राेचक प्रसङ्गले गर्दा कथावस्तु आकर्षित बनेकाे छ । त्यसैले सबैलाई याे कथा पढ्न सिफारिस गर्दछु । 


Read More
खुट्टा गन्ने खेल
- Sambhavya Pandey - 30027, Gra ... 18 February, 2022

परिचय

याे खुट्टा गन्ने खेल पुस्तक विज्ञान चित्रकथामा आधारित पुस्तक हाे । याे पुस्तक ध्रुव घिमिरेले लेखेका हुन् । यसका चित्रकार अनुकुल गुरुङ हुन् । यस पुस्तकलाईराताे बङ्गला किताबले प्रकाशन गरेकाे हाे । 
पात्रहरू
यस कथामा मानवीय पात्रहरू रमा, छिरिङ,यादव र बुद्ध छन् भने अमानवीय पात्रहरूमा माहुरी,झिँगा, लामखुट्टे, साङ्ला,माकुरा,गँगटाे,झुसिलकिरा,कनसुत्लाे ,खजुराे र अरिमुठे छन् । त्यस्तै गाैँड पात्रमा बुद्धका मामालाईपनि प्रस्तुत गरिएकाे छ । 
कथावस्तु
यस कथामा चारजना साथीहरू छन् । उनीहरूकाे नाम रमा, छिरिङ,यादव र बुद्ध हाे । उनीहरूकाे परीक्षापछि वर्षे बिदा भएकाे बेलामा मिलेर खेल्दछन् । बुद्ध चाैरमा थाकेर पल्टिएका बेलामा रमाले कानमा कन्सुत्लाे पस्ला भन्छिन् । कन्सुत्लाे भनेकाे के हाे भनेर यादवले साेधेपछि किराहरूका खुट्टा गन्ने खेल खेल्न सुरू गर्छन् । जसमा धेरै खुट्टा भएकाे कीराे भेट्ने राजा हुने नियम हुन्छ । बुद्धले घरबाट मामाले ल्याइदिएकाे आइग्लास लिएर आयाे र सबैले किरा खाेज्न थाले। उनीहरूले माहुरी,माकुरा,गँगटाे,झुसिलकीरा कन्सुत्लाे र अरिमुठे आदिका खुट्टा गनेर पालैपालाे राजा हुन्छन् । अन्त्यमा अरिमुठेकाे खुट्टा गन्न धेरै गाह्राे भयाे र भाेलिसम्मका लागि अरिमुठे खाेज्ने यादव नै राजा भयाे । 
परिवेश
याे कथा गाउँले परिवेशमा छ । चार जना साथीहरूका घर ,उनीहरूका विद्यालय,बुद्धकाे घरअगाडिकाे ठुलाे चाैर,बगैँचा आदि मुख्य परिवेशका रूपमा आएका छन् । 
निष्कर्ष/सिफारिस
खुट्टा गन्ने खेल कथा चित्रकथामा आधारित कथा हाे । विज्ञान चित्रकथा भएकाले ज्ञानवर्धक पनि छ । त्यसैले हामीजस्ता बालबालिकालाई याे कथा पढ्न सिफारिस गर्छु । 
 


Read More