Logo

Student Corner

Articles

विद्याकाे महत्त्व
- Aarjan Khadka - 29003, Grade ... 15 March, 2022

विद्या शब्दको अर्थ सिक्नु, ज्ञान आर्जन गर्नु भन्ने  बुझाउँछ । विद्याको महत्त्व भन्नाले कुनै विषयम सिकेर जान्नेबुझ्ने भएपछि त्यसले पार्ने सकारात्मक प्रभाव भन्ने  बुझिन्छ । विद्याबिना मानिसले जीवनको पूर्ण आनन्द लिन सक्दैन । विद्याको महत्त्व मानवजीवनमा अवर्णनीय छ । विद्याको अर्थ सिक्नु हो तर त्यो सिकेको कुरालाई सधैँ सम्झिराख्नु पनि हो । मानिस जन्मनासाथ उसको सिक्ने प्रक्रिया सुरु हुन्छ । बच्चाको शिक्षा घरबाट सुरु हुन्छ। यो एक जीवनभरको प्रक्रिया हो जुन मृत्युसँगै समाप्त हुन्छ । विद्या जीवन सुधार्ने हतियार हो। यो कसैको जीवन परिवर्तन गर्ने सबैभन्दा महत्त्वपूर्ण साधन हो । विद्याले व्यक्तिको ज्ञान, सीप र व्यक्तित्वको विकास गर्छ । विद्याले मानिसको रोजगारीको अवसरलाई असर गर्छ । उच्च शिक्षित व्यक्तिले राम्रो जागिर पाउने सम्भावना धेरै हुन्छ । व्यक्ति, जाति र राष्ट्रको उन्नतिमा विद्याको एकदमै ठुलो भूमिका हुन्छ, त्यसैले जीवनका लागी विद्या अत्यन्तै महत्त्वपूर्ण छ ।


Read More
हाम्राे पृथ्वीकाे उत्पत्ति
- Snigdha Chaudhary - 30047, Gr ... 15 March, 2022

पृथ्वीकाे उत्पत्ति बारेमा धेरैवटा अनुमानहरू छन् । हाम्राे कक्षा चरकाे सामाजिक पुस्तकमा भनेअनुसार सबैभन्दा पहिला सूर्यबाट धेरैवटा टुक्रा टुक्रिए । तीमध्ये पृथ्वी र अन्य नाैवटा ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न लागे ।  पृथ्वीले पनि  सूर्यलाई नै परिक्रमा गर्दागर्दै विस्तारै सेलाउँदै गयाे । सेलाउने क्रममा वाफ निस्केर वर्षा भयाे । नदीनाला, पहाड,पर्वत,हिमाल इत्यादि बने ।  वर्षाकाे पानी जम्मा भएका ठाउँमा विस्तारै बाेटविरुवा र एककाेषिय जीव उत्पत्ति भयाे । समुद्रमा विस्तारै बहुकाेषिय जीवहरू पनि उत्पत्ति हुँदै विस्तारै जमिनमा बस्न सक्ने जीवकाे पनि विकास भयाे । यसरी क्रमिक रुपमा पृथ्वीमा भएका सम्पूर्ण कुराकाे विकास भयाे । 

यसरी हाम्राे पृथ्वी सूर्यबाट उछुट्टिएकाे टुक्राेबाट अहिलेकाे अवस्थामा आइपुग्न कराेडाैँ वर्ष लागेकाे थियाे । 


 


Read More
पानीप्रेमी त्रिमूर्ति कथा समीक्षा
- Prisha Acharya - 29040, Grade ... 14 March, 2022

परिचय

पानीप्रेमी त्रिमूर्ति कथा  वाष्प इन्जिन कथा सङ्ग्रहमा भएकाे एउटा उत्कृष्ट कथा हो । यस कथाका लेखक तारानिधि भट्टराई हुन् ।  यस कथामा मिल्ने साथीहरूले कसरी  शुद्ध पानी बनाउँछन् भन्ने कुरा कथाका माध्यमबाट देखाउन खाेजिएकाे छ । 

पात्रहरू

यस कथाको पात्रहरू मिसायल,निशा, नेहा, उनीहरूको उनीहरूको अभिभावक शिक्षक शिक्षिका हुन् यस कथामा कोहिपनि खराब पात्र छैन ।

कथावस्तु

यो कथा तिन साथीहरूबाट सुरु भएको छ ।उनीहरू कक्षा चारका सहपाठीहरू हुन् । उनीहरू  विद्यालय आउन र जान  सँगसँगै जान्थे । एकदिन उनीहरू स्कुलबाटआउँदै थिए ।  उनीहरूले कुवाको पानी खाए । पनि त नुनिलो थियो।  उनीहरू छक्क परे।   किनभने त्यो पानी सफा र मीठो हुन्थ्यो। उनीहरूले  यो पानी कसरी नुनिलो भयो होला भनेर छलफल गर्न लागे। नीशाले कान्ला माथि हेरौ न के रहेछ भनी ।  उनीहरू लगभग सँगै कान्लामाथि पुगे। त्यहाँ त फराकिलो चउर रहेछ। चउरको बिचमा एउटा माछापोखरी रहेछ। माछापाेखरीकाे पानी नुनिलाे रहेछ । केहीदिन अगाडि मात्र माछा सप्रियाेस् भनेर नुन हालिएकाे उनीहरूले अनुमान गरे ।

माछापाेखरीकाे पानी बगेर कुवासम्म पुगेर नै पानी नुनिलाे भएकाे हुनुपर्छ भन्ने कुरामा सबै सहमत भए । यसरी पानी बगेर कुवामा पुग्ने भएपछि किटनाशक औषधि पनि यसरी नै बगेर कुवाकाे पानीमा मिसिने र त्याे पानी पिउने मान्छेहरू बिरामी हुनसक्छन्। निशाले भनिन् यो खतरनाक  कुरा हो हामीहरूले घरमा बुबाआमासँग र विद्यालयमा शिक्षक र शिक्षिकाहरूसँग यो कुरा गर्नुपर्छ  । भोलिपल्ट उनीहरूका अभिभावक, जनप्रतिनिधिहरू, साथीहरू ,शिक्षक शिक्षिका अनि   प्रधानाध्यापकसँग बैठक कोठामा बसे । पानी शुद्ध बनाउन विज्ञ ल्याउने निर्णय गरियाे र कुवाकाे पानी शुद्ध बनाइयाे । यसरी तिनजना साथीहरू मिलेर पानीलाई अशुद्ध हुनबाट जाेगाएकाले तिनै जनाकाे नाम पानीप्रेमी त्रिमूर्तिकाे उपमा दिइयाे । उनीहरूलाई विद्यालयमा छात्रवृत्ति पनि दिइयाे ।  

परिवेश

यस कथाको परिवेश मिसायल,निशा र नेहाकाे घर,विद्यालय, कुवा  माछापोखरी आदि 

आएका छन् ।

निष्कर्ष वा सिफारिस

याे कथाले पानीकाे महत्व,पानी अशुद्ध हुने कारण अनि समाधान कथाका माध्ययमबाट सिकाएकाे छ । त्यसैले सबैलाई एक पटक कथा पढ्न सिफारिस गर्दछु ।


 


Read More
विद्याकाे महत्त्व
- Erish Thapa - 29011, Grade V ... 11 March, 2022

हाम्राे जीवनमा विद्याकाे ठुलाे महत्त्व रहेकाे छ विद्या आर्जन गरेपछि हामीलाई कुनै पनि कार्य कसरी सम्मन्र गर्ने भन्ने कुराकाे जानकारी पनि हुन्छ । विद्याले विकास गर्छ । व्यक्तिगत वा सामाजिक अथवा प्राविधिक विकास हाेस् सबैका लागि विद्या महत्त्वपूर्ण माध्ययम हाे । हामी जन्मेदेखि नै ज्ञान आर्जन गर्न सुरू गर्दछाैँ । कहिले औपचारिक कहिले अनाैपचारिक रूपमा शिक्षा लिँदै हामी जीवनमा अगाडि बढ्दछाैँ । विद्याले गर्दा नै मानिस र अन्य पशुमा फरक देखिन्छ । धेरै पढ्दैमा विद्वान भइने हाेइन । नपढे पनि बुद्धिले काम गर्न सकियाे भने जीवन सार्थक हुन्छ । विद्याबिनाका मानिसहरू पुच्छरबिनाका बाँदरजस्तै हुन्छन् । विद्याले मानिसलाई समाजमा ,गाउँमा वा देशमा नै चिनाउने काम पनि गर्दछ । कामका अवसरहरू विद्वन मानिसहरूका लागि नै हुन्छ । विद्यालाई मानिसकाे सबैभन्दा ठुलाे धनका रूपमा लिइन्छ । याे जति बाँडियाे त्यति बढ्दै जान्छ । विद्याले जीवन सरल हुने भएकाले यसकाे महत्त्व निकै छ ।  


 


Read More