Logo

Student Corner

मेराे देश

Written by: Manasbhi Niraula - 29015, Grade V

Posted on: 23 February, 2022

मेराे देश मेराे देश

जहाँ फुल्छ लालीगुराँस

जहाँ उड्छ स्वतन्त्र डाँफे

यही मेराे देश

जान्न मेराे देश छाेडी 

कतै पनि दूर

भाषा,भेष, संस्कृत

छ है भरिपूर्ण

यही देशमा बसी 

कम्मरलाई कसी

देश विकास गर्नु छ

देशकै लागि मर्नु छ

गाैरव गर्छु देशप्रति

नसाेंच है घमण्ड

देशलाई माया गराैँ

नबनाैँ है उदण्ड

बाचाैँ यही देशमा

मराैँ यही देशमा

रमाऔँ आफ्नै भेषमा

लालीगुराँस केशमा