Logo

Student Corner

Articles

नेपाल
- Aaryan Regmi - 30037, Grade V ... 21 July, 2022

नेपाल संसारकै सुन्दर र शान्त देश हो । नेपाल दक्षिण
एसियाको सबैभन्दा पुरानो र सबैभन्दा स्वतन्त्र राष्ट्र हो।
काठमाडाैँ नेपालको राजधानी सहर हो। विश्वको सबैभन्दा
अग्लो हिमाल नेपालमा छ भने विश्वका आठ अग्ला
हिमाल पनि नेपालमा छन् । नेपाल भगवान गौतम
बुद्धको जन्मभूमि हो। नेपालमा अहिले प्रधानमन्त्री शेरबहादुर
देउवा र राष्ट्रपति विद्यादेवी भण्डारी छन् । नेपालमा ७७
जिल्ला र ७ प्रदेश छन् । गाई नेपालको राष्ट्रिय जनावर
हो भने डाँफे नेपालको राष्ट्रिय चरा हो ।
ऐतिहासिक स्थल र पदयात्रा हेर्न पनि धेरै पर्यटक नेपाल
आउने गरेका छन् । नेपाल, चीन र भारतको बिचमा छ।
नेपालमा सबैभन्दा पुराना र प्रसिद्ध मन्दिरहरू पशुपतिनाथ,
शम्भुनाथ, मुक्तिनाथ आदि हुन्। दशैं र तिहार नेपालको
प्रमुख चाडहरू हुन्। नेपाल बहुसांस्कृतिक, बहुभाषिक र
बहुजातीय देश हो । नेपालमा हिमाली क्षेत्र, पहाडी क्षेत्र र
तराई क्षेत्र गरी तीनवटा क्षेत्र छन् । नेपालको हिमाली क्षेत्र
हिमाल आरोहण, पदयात्राका लागि प्रख्यात भएकाले हिमाल

हेर्न र पदयात्राका लागि धेरै पर्यटक नेपाल आउने गर्छन् ।
नेपाल विभिन्न क्षेत्रमा पुराना सम्पदाहरू जस्तै: पाटन दरबार
स्क्वायर, भक्तपुर दरबार स्क्वायर आदिका लागि लोकप्रिय
छ। नेपालको तराई क्षेत्र आफ्नो उर्वर भूमिका कारण बाली
उत्पादनका लागि प्रसिद्ध छ र यस क्षेत्रमा धेरै उद्योगहरू
पनि छन्। नेपाल प्राकृतिक स्रोतहरू जस्तै ताल,
हिमाल, नदी आदिका लागि प्रसिद्ध छ नेपालमा हरेक
जातजाति वा धार्मिक समूहको आ-आफ्नै भाषा,
रीतिरिवाज, खाना, गीत, नृत्य र धर्म छ। हामीले त्यहाँको
भाषा, रीतिरिवाज वा नेपालमा मनाउने चाडपर्वबाट
व्यक्तिलाई चिन्न सक्छौं। नेपालमा बसोबास गर्ने
मानिसहरू बिचको सम्बन्ध बलियो छ । विश्वमा नेपाल
मात्र एउटा यस्तो देश हो जसको अद्वितीय झण्डा छ ।
नेपालमा धेरै मानिसहरूले कुनै समस्या परेमा एक
अर्कालाई साथ दिन्छन्। त्यसैले नेपाल सबैभन्दा राम्रो देश
हो र म मेरो देश नेपाललाई माया गर्छु।


Read More
मोबाइल
- Samman Guragain - 31028, Grad ... 20 July, 2022

माेबाइल एकप्रकारको फोन हो । मोबाइलले हाम्रो जिन्दगी र संसारलाई सजिलो बनाइदिएको छ । साथीहरू एकपटक सोचौँ, मोबाइल कहिले र कहाँ बन्यो होला ? मोबाइलका कतिवटा कम्पनी छन् होला ? मोबाइल कम्पनीको कुरा गर्ने हो भने धेरै कम्पनीका मोबाइलहरू बजारमा आइसकेका छन् जस्तैः नाेकिया, माेटाेराेला, सामसुङ, एप्पल आदि । माेबाइलले हाम्रो जीवनलाई जति सजिलो बनाए पनि मोबाइलका धेरै बेफाइदाहरू पनि छन् । मोबाइल धेरै हेर्‍याे भने हाम्रो आँखा कमजोर हुन्छ । माेबाइलले हाम्रो दिमागलाई पनि असर पार्छ । मोबाइलको प्रयोग अनावश्यक काममा गर्नुहुँदैन । मोबाइलको सही प्रयोग गर्न जानेमा मात्र मोबाइलबाट फाइदा लिन सकिन्छ । बढी र बिनाकामकाे प्रयोग हामी सबैका लागि हानिकारक हो ।


Read More
Social Evils
- Bishakha Upadhayay - 30010, G ... 18 July, 2022

What are social evils? These are the issues that directly or indirectly affect society. In this case, an individual does not get their rights or does not get to enjoy the rights because of one or multiple reasons. Some social evils that we see in our society are child abuse, racism, gender inequality, caste discrimination, child marriage, untouchability, the dowry system and many more.
Child abuse occurs when  a child physically, mentally and emotionally gets torched, and does not get the proper care and right .     
Racism is when one is discriminating or bullying another  on the basis of their skin color. Such a person is addressed as a racist.
Gender inequality is when one discriminates on the basis of gender. This is the act when a man and woman are not treated equally. This is mostly seen in our homes and localities. Even now, the female gender is not given equal respect and rights in our society, which is really shameful.
Next, the most seen social evil is caste discrimination, which is when one discriminates against another on the basis of their caste. 
Child marriage is when a child is married before the age of 18 and in some cases she has to marry a person who is older than the child. The child has no choice but to marry the elderly person. This leads to giving birth at a young age, which can lead a child to death. Still, child marriage can be seen and heard in remote areas.
We need to protect our society from such kinds of social evils. Some of the preventive measures are:
The public awareness program should be held from time to time. The government should take strict actions against social evils. Everyone should have proper education about all social evils. By practising the above solutions, we can somehow protect our society from such evil acts. For that, we all need to go hand in hand for the changes.


Read More
मेराे सप्ताहन्त
- Pratyush Lohani - 31019, Grad ... 18 July, 2022

हाम्रो विद्यालय प्रत्येक शनिवार र आइतवार छुट्टी हुन्छ । शनिवार र आइतवार मलाई धेरै रमाइलो लाग्छ । शनिवार म मेरा पहिला सँगै पढेका विद्यालयका साथीहरूसँग पौडी खेल्न गएको थिए । धेरै वर्षपछि मैले मेरा बालक कालका साथीहरूलाई भेट्न पाउँदा मलाई एकदमै रमाइलो लाग्यो । हामीले पौडी खेल सकेपछि हामी खाजा खान गयाैँ र हामी आफ्नो घरतिर लाग्यौँ । आइतवार चाहिँ म मेरी आमासँग किनमेल गर्न गएँ । मेरी आमाले घरका लागि सामानहरू किन्नुभयो । उहाँले धेरै चाहिने सामानहरू किन्नुभएको थियो । त्यसपछि हामीले लस्सी पियाैँ । हामीले असाह्य मानिसहरूलाई केही पैसा सहयोग पनि गर्‍याैँ । भोलिपल्ट मेरो परीक्षा थियो त्यसैले म पढ्नको लागि तयारी भएर बसेँ । साेमवारकाे परीक्षाका लागि आइतबार बेलुकी सम्म पढेँ । यसरी मेरो सप्ताहन्त रमाइलो गरेर बित्याे ।


Read More
सगरमाथा
- Sherab Wongbu Sherpa - 30049, ... 15 July, 2022

सगरमाथा विश्वको सबैभन्दा अग्लो हिमाल हो । सगरमाथा नुन जस्तो सेतो हुन्छ। यसको उचाइ ८,८४८ थियो तर अहिलेको उचाइ केही बढेकाे छ भन्ने तथ्याङ्क रहेकाे छ । यसलाई माउन्ट एभरेस्ट पनि भनिन्छ। सगरमाथा सोलुखुम्बु जिल्लामा पर्छ। सगरमाथामा सधैं हिउँ पर्छ। त्यहाँ धेरै जाडो हुन्छ। सगरमाथाले हाम्राे देश नेपालको आम्दानी बढाएको छ। विदेशीहरू सगरमाथा चढ्नका लागि पनि यहाँ आउँछन् । सगरमाथाले नेपाल र नेपालीहरूलाई विश्वमा चिनाएको छ। सगरमाथाकाे अटलता र सेताेपन सम्पूर्ण हामी नेपालीकाे सामान्यीकरण हाे । यो सबैभन्दा उच्च छ। हामीले सगरमाथालाई संरक्षण गर्नु पर्छ। यो कहिल्यै हल्लिदैन। यसले कहिल्यै शिर झुकाउँदैन। सगरमाथालाई हामी सबैले माया गर्न सक्याैं भने मात्र यसको सम्मान हुन्छ। सगरमाथाको सम्मान भनेको देशकै सम्मान हो। यसको सरसफाइमा ध्यान दिनु सबैको कर्तव्य हो। सगरमाथा रहेसम्म नेपालको नाम विश्वमा फैलिरहन्छ। याे एकताको प्रतीक हो। यो नेपालीहरूको शिरको टोपी हो।


Read More
गुरु पूर्णिमा
- Advik Man Nemkul - 31034, Gra ... 14 July, 2022

नेपालमा गुरुलाई सम्झेर मनाइने चाड गुरु पूर्णिमा हो । यस दिनलाई गुरुकाे महत्त्वको रूपमा स्मरण गरिन्छ । यो प्रायः असारको पूर्णिमाको दिनमा पर्छ । संस्कृत भाषामा ‘गु’ भनेकाे अध्यारो हो र ‘रु’ भनेको त्यसलाई हटाउनु हो । यसैले ‘गुरु’को अर्थ अँध्यारोलाई हटाई उज्यालो ल्याउनू हो । गुरु पूर्णिमाको दिन विद्यार्थीले गुरुलाई फूलमाला लगाएर  विभिन्न उपहारहरू दिई भव्य रूपमा मनाउँछन् । एउटा राम्रो गुरुकाे कारण नै विद्यार्थी सफल हुन पुग्छन् । त्यसैले विद्यार्थी र गुरूको सम्बन्धको महत्त्व बुझी गुरु पूर्णिमाको दिन गुरुलाई आदर सम्मान गरी मनाइन्छ ।


Read More
डियरवाक अटाे सर्भिस भ्रमणकाे अनुभव
- Snigdha Chaudhary - 30047, Gr ... 13 July, 2022

हामी बिहिबार तय गरेकाे भ्रमणका लागि डियरवाक अटाे सर्भिस सेन्टर गएका थियाैँ। हामीले त्यता गाढीलाई कसरि ठिक बनाउने भन्ने जानकारी पायाैँ । त्यहाँ हामीले धेरै कुरा देख्न पाएकामा धेरै खुशी भयाैँ। हामी पहिला एउटा ठाउँ गयाैँ, जहाँ हामीले गाडीहरूलाई ठिक पार्ने तरिका देख्याैँ । त्यसपछि हामी एउटा  ठाउँ हेर्न गएका थियाैँ, जहाँ वहाँहरूले गाडीलाई स्प्रे वाला रङ्गले पेन्ट गर्दै थिए । त्यसपछि नजिकै एउटा कम्प्युटर राखेकाे देख्याैँ । कम्प्युटरका माध्यमद्वारा गाडीको पाङ्ग्राहरूलाई ठिक पार्ने अचम्मकाे प्रविधि देखेर मज्जा आयाे । हामीले सबैभन्दा अन्तिममा गाडी धुने ठाउँ देखेपछि हाम्राे सबै भ्रमण सकियाे अनि पुनः विद्यालय फर्कियाैँ।


Read More