Logo

Student Corner

Articles

भेदभाव
- Paridhi Pant - 30054, Grade V ... 29 July, 2022

हाम्रो समाजमा जात, लिङ्ग, रंग आदिका आधारमा भेदभाव गर्ने धेरै व्यक्ति छन् । जातीय भेदभाव भनेको जात र धर्म विरुद्धको भेदभाव हो । ग्रामीण क्षेत्रमा उच्च जातिले विभेद गर्ने गरेको छ । माथिल्लो जातका मानिसहरूले तल्लो जातका मानिसहरूलाई घरभित्र पस्न नदिने, सार्वजनिक धारा, कुवा आदि प्रयोग गर्न निषेध गर्छन्। लैङ्गिक भेदभाव भनेको छोराछोरीमाथिको भेदभाव हो। कतिपयले छोरालाई स्कुल पठाएर राम्रो व्यवहार गर्छन्, स्वस्थकर खाना खुवाउँछन् र छोरीलाई विद्यालय नपठाएर घरायसी काम गराएर खराब व्यवहार गर्छन् । हामीले लैङ्गिक भेदभाव बन्द गर्नुपर्छ र हाम्रा छोराछोरीलाई समान व्यवहार गर्नुपर्छ। रङ भेदभाव भनेको गाढा रङ भएका मानिसहरूलाई भेदभाव गर्नु हो। हाम्रो समाजमा कालो रङ्ग भएका मानिसहरूलाई जिस्क्याएर, घरमा पस्न नदिने, हल्का रङ्गका मानिसहरूलाई माया गरेर हेरचाह गर्ने, आफूले चाहेको सबै कुरा दिएर हेरचाह गरेर भेदभाव गर्ने गरेको छ, त्यसैले हामी सबैले भेदभाव गर्न बन्द गर्नुपर्छ र व्यवहार गर्नुपर्छ। हाम्रो समाजमा सबै मानिस समान छन् । सबैलाई समान व्यवहार गर्ने हो भने सबैले समानता गर्न थाल्नेछन् र हाम्रो समाज सुधार हुनेछ ।


Read More
महाकवि देवकोटा
- Aarika Jha - 31003, Grade IV ... 28 July, 2022

महाकवि देवकोटाको जन्म वि.सं. १९६६ सालमा भएको थियो । महाकवि देवकोटाको वास्तविक नाम लक्ष्मीप्रसाद देवकोटा हो । उहाँ लक्ष्मीपूजाकाे दिन जन्मिनुभएको हुनाले उहाँको नाम लक्ष्मीप्रसाद देवकोटा भएको थियो । उहाँकी आमाको नाम अमर राज्यलक्ष्मी देवी हाे । उहाँको बुबाको नाम तिलमाधव देवकोटा हो । उहाँले नेपाली साहित्य क्षेत्रमा धेरै कविता, कथा, निबन्धहरू लेख्नुभएको छ । उहाँले मुनामदन भन्ने पुस्तक पनि लेख्नुभएको हो । त्यो पुस्तक सबैभन्दा धेरै मानिसहरूले मन पराएको र बिक्री भएको पुस्तक हो । महाकवि देवकोटालाई जीवनमा धेरै दुःख परेको थियो ।  उहाँले पछि गएर पागल कविता पनि रचना गर्नुभएको थियाे । महाकवि देवकोटाले मर्ने बेलामा मेरा सबै पुस्तक जलाइदिए पनि हुन्छ तर मुनामदन नजलाइदिनु भन्नुभएको थियो ।


Read More
मेरो देश
- Pritha Khanal - 30022, Grade ... 25 July, 2022

मेरो देशको नाम नेपाल हो। यहाँ बस्ने सबैलाई नेपाली भनिन्छ। नेपाल एसियाको सानो देश र विश्वको सुन्दर देश मध्ये एक हो । यहाँको हावापानी र प्राकृतिक वातावरण निकै सुन्दर छ । नेपालमा धेरै हिमाल, पहाड र नदीहरू छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा यहाँ अवस्थित छ। नेपाल धार्मिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण छ । यहाँ धेरै मन्दिरहरू छन् । यहाँ दरबार छ। मलाई बस्नका लागि र शिक्षाका लागि यहाँकाे वातावरण साथै नेपालीकाे विनयपन  मनपर्छ ।  नेपालको इतिहास अनौठो छ । नेपाल स्वतन्त्र राष्ट्र हाे ।  नेपाल प्राकृतिक सौन्दर्यमा मात्रै होइन, सामूहिक कर्ममा पनि धनी छ, यहाँका पहाडमा विभिन्न जडिबुटी पाउनुका साथै चिसाे वातावरणले मन मुग्ध हुन्छ । नेपालका मठ-मन्दिर मुक्तिनाथ, पशुपतिनाथ र लुम्बिनी पवित्र छन् । यहाँका स्थलहरू अर्थपूर्ण र  जानकारीमूलक छन् । त्यसैले म नेपाललाई धेरै माया गर्छु ।


Read More
कक्षा चारको मेरो पहिलो दिन
- Praneesha Shrestha - 31017, G ... 22 July, 2022

 कक्षा चारकाे मेरो पहिलो दिनको याद मलाई आइरहन्छ । मेराे विद्यालय २०७९ वैशाख १४ गते खुलेकाे थियाे । पहिलोचोटि कक्षा चारमा विद्यालय जाँदा कुन कक्षामा बस्ने हाे ?  कुन बाटाे जाने हो ? मलाई केही पनि थाहा थिएन तर म विद्यालय पुगेपछि मेरा केही साथीहरूले मलाई मेरो कक्षाकोठा देखाउन मद्दत गरे । हामीले शान्ति मन्त्र र राष्ट्रियगाना गायौँ गुरुआमाले हामीलाई सबै विषयका कापी  दिनुभयो । हामीले दिउँसोको खाजा आफैँ राख्न पायाैँ किनभने हामी चार कक्षामा पुगिसकेका थियौँ । हामी प्राथमिक ( इलिमेन्ट्री ) स्कुलमा सबैभन्दा ठुलो कक्षा पढ्ने विद्यार्थी भएका थियौँ । मेरो कक्षा शिक्षिकाको नाम सुनिता महर्जन हो । हाम्रो झोला त्यसदिन धेरै नै भारी भएको थियो किनभने हामीले विद्यालमा सबै विषयका नयाँ कापी र कलम पाएका थियौँ । हामीले आफ्नो रुटकाे बसमा चढ्नका लागि लाइन बनाएर पनि बस्यौँ । हामीलाई रुट नम्बर ७ को लाइनमा बस्नका लागि शिक्षकवर्गले सहयोग गर्नुभयो र बेलुका गाडी चढेर म घर आएँ ।


Read More