Logo

Student Corner

नेपाल

Written by: Aaryan Regmi - 30037, Grade V

Posted on: 21 July, 2022

नेपाल संसारकै सुन्दर र शान्त देश हो । नेपाल दक्षिण
एसियाको सबैभन्दा पुरानो र सबैभन्दा स्वतन्त्र राष्ट्र हो।
काठमाडाैँ नेपालको राजधानी सहर हो। विश्वको सबैभन्दा
अग्लो हिमाल नेपालमा छ भने विश्वका आठ अग्ला
हिमाल पनि नेपालमा छन् । नेपाल भगवान गौतम
बुद्धको जन्मभूमि हो। नेपालमा अहिले प्रधानमन्त्री शेरबहादुर
देउवा र राष्ट्रपति विद्यादेवी भण्डारी छन् । नेपालमा ७७
जिल्ला र ७ प्रदेश छन् । गाई नेपालको राष्ट्रिय जनावर
हो भने डाँफे नेपालको राष्ट्रिय चरा हो ।
ऐतिहासिक स्थल र पदयात्रा हेर्न पनि धेरै पर्यटक नेपाल
आउने गरेका छन् । नेपाल, चीन र भारतको बिचमा छ।
नेपालमा सबैभन्दा पुराना र प्रसिद्ध मन्दिरहरू पशुपतिनाथ,
शम्भुनाथ, मुक्तिनाथ आदि हुन्। दशैं र तिहार नेपालको
प्रमुख चाडहरू हुन्। नेपाल बहुसांस्कृतिक, बहुभाषिक र
बहुजातीय देश हो । नेपालमा हिमाली क्षेत्र, पहाडी क्षेत्र र
तराई क्षेत्र गरी तीनवटा क्षेत्र छन् । नेपालको हिमाली क्षेत्र
हिमाल आरोहण, पदयात्राका लागि प्रख्यात भएकाले हिमाल

हेर्न र पदयात्राका लागि धेरै पर्यटक नेपाल आउने गर्छन् ।
नेपाल विभिन्न क्षेत्रमा पुराना सम्पदाहरू जस्तै: पाटन दरबार
स्क्वायर, भक्तपुर दरबार स्क्वायर आदिका लागि लोकप्रिय
छ। नेपालको तराई क्षेत्र आफ्नो उर्वर भूमिका कारण बाली
उत्पादनका लागि प्रसिद्ध छ र यस क्षेत्रमा धेरै उद्योगहरू
पनि छन्। नेपाल प्राकृतिक स्रोतहरू जस्तै ताल,
हिमाल, नदी आदिका लागि प्रसिद्ध छ नेपालमा हरेक
जातजाति वा धार्मिक समूहको आ-आफ्नै भाषा,
रीतिरिवाज, खाना, गीत, नृत्य र धर्म छ। हामीले त्यहाँको
भाषा, रीतिरिवाज वा नेपालमा मनाउने चाडपर्वबाट
व्यक्तिलाई चिन्न सक्छौं। नेपालमा बसोबास गर्ने
मानिसहरू बिचको सम्बन्ध बलियो छ । विश्वमा नेपाल
मात्र एउटा यस्तो देश हो जसको अद्वितीय झण्डा छ ।
नेपालमा धेरै मानिसहरूले कुनै समस्या परेमा एक
अर्कालाई साथ दिन्छन्। त्यसैले नेपाल सबैभन्दा राम्रो देश
हो र म मेरो देश नेपाललाई माया गर्छु।