Logo

Student Corner

Articles

मातातीर्थ औँसी
- Pratyush Lohani - 31019, Grad ... 04 July, 2022

मातातीर्थ औंसी वैशाख महिनामा पर्दछ । यस दिनलाई आमाको मुख हेर्ने दिनको रुपमा पनि लिइन्छ । जन्मदिने आमालाई सम्मान र आदर गर्दै यस दिन खुसियाली पूर्वक मनाइन्छ । यस दिनमा आमालाई मन पर्ने मिठाई फलफूल कपडा दिने गरिन्छ । आमा नहुने मानिसहरूले आफ्नी आमाको सम्झनामा श्राद्ध गरेर आमालाई मन पर्ने कुराहरू दान गर्ने प्रचलन छ । यस दिनमा काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्दछ । नेपाल तथा इन्डियाबाट धेरै मानिसहरू आएर मातातीर्थ मन्दिरमा दर्शन गर्ने र दान गर्ने गर्दछन् । आमालाई आदर र सम्मान प्रत्येक दिन गरिन्छ तैपनि यस दिनलाई विशेष दिनको रूपमा मनाइन्छ । मैले पनि मातातीर्थ मनाउने गरेको छु । यस वर्ष पनि आमाको लागि आफैँले कार्ड बनाए । मातातीर्थ औँसी मनाउनका लागि मलाई बाबाले सहयोग गर्नुभयाे । आमाका लागि नयाँ कपडा किनेर ल्याएँ । ‘मातृदेवो भव’ आमालाई सधैँ मान र सम्मान गरौँ ।


Read More
पानी
- Pasang Doma Sherpa - 30019, G ... 01 July, 2022

पानी एक आवश्यक पदार्थ हो। पानी  स्वादहीन,गन्धहीन र रङ्गहीन पदार्थ  हो। पानी लगभग ५ कराेड वर्षको भयो । संसारको तीन चौथाइ भागमा पानी छ । पानी हाइड्रोजन र अक्सिजनकाे अणुबाट भनेको हो । पानी ग्यास, तरल र ठोस अवस्थामा हुन्छन् । पानी अन्य ग्रहहरूको सतहमा तरल हुन्छ । पानीको स्थिर शरीर हुँदैन । पानीका धेरै जलस्रोतहरू छन्, उदाहरणका लागि महासागर, समुद्र, पोखरी, कुहिरो आदि। जलचक्र भनेको पानीको विभिन्न रूपहरूको प्रक्रिया हो । जब पानी तातिन्छ र घामको तापले माथि उठ्छ त्यसलाई वाष्पीकरण भनिन्छ । त्यसपछि पानीको वाष्प बढ्छ र बादल बन्छ, यसलाई सङ्क्षेपीकरण भनिन्छ। त्यसपछि वर्षा हुन्छ, यसलाई वृष्टि भनिन्छ। पानीको चक्र बारम्बार दोहोरिन्छ। पानीको प्रदुषण भनेको पानीमा नचाहिने र नचाहिने पदार्थ मिसिएर पानीको गुणस्तर घटाउनु हो।जल प्रदूषणका केही कारणहरू यस प्रकार छन्:-

  • अनुचित फोहोर व्यवस्थापन प्रणाली
  • अनुचित जल निकासी प्रणाली 
  • रासायनिक मलको प्रयोग

 आदि ।

जल प्रदूषणका केही प्रभावहरू  यस प्रकार छन्:-

  • पानीजन्य रोगहरू
  • कृषिमा बाधा पुर्‍याउँनु
  • प्राकृतिक प्रकोप आदि ।

Read More
कथा समीक्षाः पुलिस थाना
- Sadagi Koirala - 31026, Grade ... 30 June, 2022

‘साझा पृथ्वी’ भन्ने पुस्तकभित्र रहेको पुलिस थाना भन्ने कथा रमाइलो कथा हो । यस पुस्तकभित्र धेरै कथाहरू छन् । साझा पृथ्वी पुस्तकका लेखक मदनकृष्ण श्रेष्ठ हुनुहुन्छ ।

कथावस्तु

‘पुलिस थाना’ कथामा हजुरबा राजेन्द्र र गृष्मा पुलिस थानामा जान्छन् । उनीहरूलाई एकजना अन्जान व्यक्तिले दिइएको पाेकाे प्रहरीलाई दिन्छन् । त्यसभित्र गैँडाको खाग हुन्छ । प्रहरीले पनि “कसले दिएको ? मान्छे चिन्न सक्छाैँ ?” भनेर केटाकेटीलाई सोध्छन् । केटाकेटीले भित्तामा टाँसेको फोटो देखाउँदै चोरको फोटो चिन्छन् । इन्स्पेक्टरले अरू पुलिसहरू बोलाएर भीमबहादुर भन्ने चाेर शिकारीलाई समात्न पठाउँछन् अनि हजुरबा गृष्मा र राजेन्द्रलाई प्रहरीले धन्यवाद दिन्छन् । अरू प्रहरीहरू भने भीमबहादुरलाई खोज्न निस्कन्छन् ।

पात्रहरू

 यस कथामा असल पात्रको रूपमा राजेन्द्र, गृष्मा, हजुरबुबा र पुलिसलाई देखाइएको छ भने खराब पात्रको रूपमा भीमबहादुरलाई रहेका छन् । भीमबहादुरले लोप हुन लागेका जङ्गली जनावरहरू मारेर त्यस छालाहरूबाट लुगा सिलाएर मानिसहरूलाई बेचेर पैसा कमाउने तथा गैँडाको खाग बेच्ने तस्करको रूपमा प्रस्तुत गरिएको छ ।

परिवेश

यस कथाकाे वातावरण पुलिस थाना वरिपरि नै रहेको छ ।

सिफारिस

 यस  कथाले हामीलाई ज्ञान दिएकाे छ । कथाहरु पढ्दा निकै रमाइलो पनि हुन्छ र जनावरको बारेमा पनि थाहा हुन्छ । जनावरलाई मार्नुहुँदैन उनीहरूको छाला तस्कर गर्ने काम राम्रो होइन । सबैले बाँच्न पाउनुपर्छ भन्ने सन्देश दिएको हुँदा मलाई यो कथा धेरै मन परेकोले यो पुस्तक सबैलाई पढ्न सिफारिस गर्दछु ।


Read More
मौरी
- Bishakha Upadhyay - 30010, Gr ... 29 June, 2022

मौरीहरू धेरै साना र अद्भुत किराहरू हुन्। तिनीहरू धेरै मेहनती र स्मार्ट कीराहरू हुन्। तिनीहरूले मह उत्पादन गर्छन् जसलाई मानिसहरूले प्रयोग गर्छन्। तिनीहरूको शरीर ३ भागमा विभाजित छ- टाउको, पेट र छाती। मौरीहरू घार भनिने ठाउँमा बस्छन्। प्रत्येक मौरीमा, हामी तीन प्रकारका मौरीहरू भेट्टाउँछौं: रानी, मुख्य र कामदारहरू। रानी मौरी सम्पूर्ण समूहको आमा हुन् र उनको काम अण्डा दिने हो। अर्को, मुख्य चाँहि  नर माैरीहरू हुन्, तिनीहरू केही गर्दैनन् र मह खान्छन्। कामदार मौरीहरू धेरै मेहनती हुन्छन् र धेरै काम गर्छन्। एक औसत कार्यकर्ता मौरीले आफ्नो जीवनकालमा सबैभन्दा प्रभावकारी लगभग १/१२ चम्चा मह बनाउँछ। घार सुरु गर्न कम्तिमा ५-१० हजार कार्यकर्ता मौरी र १ रानी मौरी चाहिन्छ। यदि सबै कुरा ठीक छ भने, एक मौरीले एक वर्षमा ३५-४० किलो मह उत्पादन गर्न सक्छ। तिनीहरूले क्यान्सर लड्न मद्दत गर्न सक्छन् र आँधीबेहरी पनि भविष्यवाणी गर्न सक्छन्। मौरीहरू राति ५-७ घण्टा सुत्छन्। रानी मौरी १-५ वर्ष बाँच्न सक्छ र २,००० वर्षसम्म पनि बाँच्न सक्छ। मौरीहरू महत्त्वपूर्ण छन्, किनभने तिनीहरूले हामीलाई मह र मम् दिन्छन्, जुन औषधिको लागि प्रयोग गरिन्छ। मौरीले मानिसलाई अरूको लागि काम गर्न पनि सिकाउँछ। तिनीहरू जति सानो भए पनि, हाम्रो दैनिक खाद्य स्रोतहरू, हाम्रो वातावरण, हाम्रो स्वास्थ्य, र सबैभन्दा महत्त्वपूर्ण रूपमा हाम्रो अस्तित्वमा योगदान पुर्‍याउँछन्, तर तिनीहरू जलवायु परिवर्तन, कीटनाशक, बासस्थानको क्षति, र रोगको कारण लोप हुँदैछन्। तिनीहरूको प्रजातिको हेरचाह गर्नआवश्यक छ। हामी बाँच्नका लागि र नियमित जीवनका लागि आवश्यक भएकाले मौरीलाई हामीले बचाउँन आवश्यक छ।


Read More
मेराे गाउँ
- Pranav Pandey - 31016, Grade ... 28 June, 2022

म मेराे बिदामा गाउँ गएकाे थिएँ । गाउँ पुग्‍न हामीलाई करिब ४ घण्टा लाग्याे । म, आमा, बुबा, हजुरबुबा र हजुरआमा गाउँ गएका थियाैँ । बिच बाटामा हामीले पकाैडा, सेल र समाेसा खायाैँ र फलफूल पनि किन्याैँ । अरनीकाे हाइवे हुँदै हामी गाउँ पुग्याैँ । पहिला भाइकाे घरमा गएर ऊसँग म कुदेँ र एकछिन माेबाइल खेलेँ । हामी गाउँमा केही दिन बस्याैँ । मेराे गाउँ हरियाली थियाे । त्यहाँ मैले जङ्‍गल, राता सेता घरहरू, खेतबारी, बाख्रा, राँगाे, गाई आदि देखेँ । हरियाली भएकाले त्यहाँ ताजा हावा आउँथ्याे । त्यहाँ एउटा मन्दिर पनि रहेछ । गाउँका सबै मानिसहरू पूजा गर्न त्यहीँ जान्थे । गाउँमा एउटा पँधेराे पनि रहेछ । गाउँमा खाना पकाउन दाउराकाे चुलाे प्रयाेग गरिन्थ्याे । त्यहाँका मानिसहरू टपरी चाहिँदा नजिकैकाे वनबाट ल्याएर बनाउँदा रहेछन् । मलाई मेराे गाउँ धेरै मन पर्छ ।  काठमाडाैँ फर्किने बेलामा म र मेरी बहिनीले चेहेरे खाेलाकाे चिसाे पानीमा खेल्याैँ । त्यसपछि हामी गाडीमा बिस्तारै काठमाडाैँ फर्कियाैँ । मलाई मेराे गाउँ फेरि जान मन लागेकाे छ ।


Read More
जन्मभूमि
- Sabhya Marasini Pradhan - 300 ... 27 June, 2022

हामी जो कोही जहाँ जन्मेका भएपनि सबैकाे आफ्नै प्याराे अनुभव हुन्छ ।  धनी, गरिब, वा हामी जहाँ जन्मेका हौं, सबैको जन्मस्थान समान रूपमा महत्त्वपूर्ण हुन्छ । हाम्रो जन्मस्थान धेरै महत्त्वपूर्ण हुन्छ, किनभने यसमा हाम्रो पहिचान, राष्ट्रियता, रहनसहन र अन्य धेरै गतिविधि जाेडिएकाे हुन्छ । जन्मस्थानका विविध कुरासँग हामी परिभाषित हुन्छाैँ । मेरो बारेमा कुरा गर्दा, म अमेरिकामा जन्मेको हुँ, तर यसको मतलब म अमेरिकी हुँ भन्ने होइन। म नेपाली हुँ। म त्यहाँ जन्मेका कारण म त्यस देशको हो भन्ने होइन । हाम्रो जन्मस्थान हामीले भर्खरै जन्मेको बेला देखेको पहिलो स्थान हुने गर्दछ । सडकमा जन्मिए पनि हाम्रो जन्मभूमि धेरै महत्त्वपूर्ण हुन्छ।


Read More