Logo

Student Corner

मोबाइल

Written by: Samman Guragain - 31028, Grade IV

Posted on: 20 July, 2022

माेबाइल एकप्रकारको फोन हो । मोबाइलले हाम्रो जिन्दगी र संसारलाई सजिलो बनाइदिएको छ । साथीहरू एकपटक सोचौँ, मोबाइल कहिले र कहाँ बन्यो होला ? मोबाइलका कतिवटा कम्पनी छन् होला ? मोबाइल कम्पनीको कुरा गर्ने हो भने धेरै कम्पनीका मोबाइलहरू बजारमा आइसकेका छन् जस्तैः नाेकिया, माेटाेराेला, सामसुङ, एप्पल आदि । माेबाइलले हाम्रो जीवनलाई जति सजिलो बनाए पनि मोबाइलका धेरै बेफाइदाहरू पनि छन् । मोबाइल धेरै हेर्‍याे भने हाम्रो आँखा कमजोर हुन्छ । माेबाइलले हाम्रो दिमागलाई पनि असर पार्छ । मोबाइलको प्रयोग अनावश्यक काममा गर्नुहुँदैन । मोबाइलको सही प्रयोग गर्न जानेमा मात्र मोबाइलबाट फाइदा लिन सकिन्छ । बढी र बिनाकामकाे प्रयोग हामी सबैका लागि हानिकारक हो ।