Logo

Student Corner

गुरु पूर्णिमा

Written by: Advik Man Nemkul - 31034, Grade IV

Posted on: 14 July, 2022

नेपालमा गुरुलाई सम्झेर मनाइने चाड गुरु पूर्णिमा हो । यस दिनलाई गुरुकाे महत्त्वको रूपमा स्मरण गरिन्छ । यो प्रायः असारको पूर्णिमाको दिनमा पर्छ । संस्कृत भाषामा ‘गु’ भनेकाे अध्यारो हो र ‘रु’ भनेको त्यसलाई हटाउनु हो । यसैले ‘गुरु’को अर्थ अँध्यारोलाई हटाई उज्यालो ल्याउनू हो । गुरु पूर्णिमाको दिन विद्यार्थीले गुरुलाई फूलमाला लगाएर  विभिन्न उपहारहरू दिई भव्य रूपमा मनाउँछन् । एउटा राम्रो गुरुकाे कारण नै विद्यार्थी सफल हुन पुग्छन् । त्यसैले विद्यार्थी र गुरूको सम्बन्धको महत्त्व बुझी गुरु पूर्णिमाको दिन गुरुलाई आदर सम्मान गरी मनाइन्छ ।