Logo

Student Corner

Articles

४ कक्षाको अन्तिम अवधिमा मेरो अनुभव
- Pritha Khanal - 30022, Grade ... 08 August, 2022

पहिलो परीक्षामा मलाई राम्रो लाग्यो यो बिषय अङ्ग्रेजी भएकाले यो बिषय सजिलो छ त्यसैले म ठिक थिएँ । यस परीक्षामा म अझै पनि मेरो उत्तर सही हो कि होइन भनेर सोचिरहेको थिएँ । यो उत्तरपुस्तिका मेरो शिक्षकलाई दिँदा म धेरै हताेत्साही भएँ । दोस्रो परीक्षा पहिलो जत्तिकै सजिलो थिएन मैले गहिरो रूपमा सोचें कि मेरा उत्तरहरू सही थिए वा भएनन् भन्ने मेरो मनपर्ने विषय गणित हो जुन मैले अलि ढिलो पेश गरें। तेस्रो परीक्षा कागज वा कम्प्युटरमा हो कि भनेर चिन्तित भएँ तापनि सबैभन्दा सजिलो थियो। विषय कम्प्युटर थियो। हामीले धेरै गर्नु परेन हामीले प्रश्नपत्रमा चित्र गर्नुपर्थ्यो अरूले स्क्र्याचमा क्विज बनाउनुपर्ने थियो। चौथो परीक्षा नेपाली... अन्ततः यो मेरो लागि दोस्रो कठिन दिन थियो। मैले पनि पास गरेँ। पाँचौं परीक्षा सामाजिक विषय मेरो दोस्रो मनपर्ने विषय थियो त्यसैले मैले सामान्य रूपमा प्रश्न गरेँ। छैठौंको परीक्षा संस्कृत मेरा लागि सबैभन्दा कठिन परीक्षा थियो मैले सक्दो प्रयास गरें। सातौं परीक्षा विज्ञान तेस्रो मनपर्ने मेरो बिषय हाे। यो अलि असहज थियो तर मैले यो पूरा गरें। आठौं परीक्षा/अन्तिम परीक्षा पढिरहेका थियोैँ । हामीले अङ्ग्रेजीमा चिह्न प्रयाेग गरेर लेख्नु पर्ने थियो । सजिलो थियो त्यसैले मैले राम्राे गरेँ । नेपाली पनि सजिलो थियो त्यसैले मैले यसलाई पनि चिह्न प्रयाेग गरें । 
धन्यवाद।


Read More
डियरवाक अटाे सर्भिस अवलाेकन
- Sambhavya Pandey - 30027, Gra ... 04 August, 2022

म पाँच कक्षामा पुगेपछी पहिलोपटक यही असार महिनाको १६ गते फिल्ड भिजिटमा गएँ । हामी  कक्षा पाँचका दुबै समूहका बिद्यार्थीहरू, गुरु र गुरुआमा भएर फिल्ड भिजिटका लागि डियरवाक अटो सर्भिस गएका थियाैँ । यो अटो सर्भिस हाम्रो विद्यालय नजिकै कालोपुलमा छ। हामी सबैजना धेरै नै उत्साहित थियौँ । बसबाट ओर्लिएर हामी अट‍ो सर्भिस पुग्यौँ । त्यसपछी  हामीलाई  त्यहाँको एकजना सरले अटो सर्भिसका बारेमा धेरै कुराको जानकारी दिनुभयो। कस्टोमर सर्भिसका बारेमा पनि जानकारी दिनुभयो । बिग्रेका गाडीहरू कसरी बनाउने, ट‍‍ा‍‍यर कसरी फेर्ने,कार कसरी धुने, काेरिएकाे भएमा रङ्ग कसरी हाल्ने, गाडीहरू कसरी धुने आदि धेरै कुराको जानकारी दिनुभयो । हामीलाई  त्यहाँको सरले अटो सर्भिस भित्रका विभिन्न ठाउँ घुमाउनुभयो । अटो सर्भिस सबैतिर घुमेर हामी सबैजना विद्यालय फर्कियौँ । मलाई  यो फिल्डभिजिट धेरै रमाइलो लाग्यो । यस फिल्डभिजिटमा धेरै  कुरा सिक्ने र हेर्ने मौका पनि पायौं ।


Read More
मेराे घरपरिवार
- Aryan Gupta - 31043, Grade IV ... 03 August, 2022

मेरो घरमा पाँच जना सदस्य छाैँ । मेराे घरमा आमा, बुबा, सानो भाइ, ठुली दिदी र म छौँ । मेरो बुबाको नाम वैद्यनाथ गुप्ता हाे । मेरी आमाको नाम वविता गुप्ता हो । मेरो सानो भाइकाे नाम आयुष गुप्ता हाे । भाइ दुई कक्षामा पढ्छ । मेरी ठुली दिदीको नाम हो सृष्टी गुप्ता हाे । मेरी ठुली दिदी सात कक्षामा पढ्नुहुन्छ । मेरो बुबा तरकारीको काम गर्नुहुन्छ । मेरी आमा घरको काम गर्नुहुन्छ । मेरो बुबाको पसल कालिमाटीमा छ । मेरो घर पनि कालीमाटीमा नै छ । मेरो सानो भाइ र म एउटै स्कुलमा पढ्छाैँ । मेरी दिदी बाह्र वर्षकी हुनुभयाे । मेरो सानो भाइ ६ वर्षको भयो । मेरो परिवारमा सबै जना खुसी र रमाइलो वातावरणमा मिलेर बस्नु हुन्छ । मेरो परिवार मलाई धेरै मन पर्छ ।


Read More
सगरमाथा
- Pranav Pandey - 31016, Grade ... 01 August, 2022

सगरमाथा विश्वको सबैभन्दा अग्लो हिमाल हो । सगरमाथाको उचाई ८,८४८ मिटर अग्लाे छ । सगरमाथा पहिला आरोहण गर्ने व्यक्ति तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी हुन् । सगरमाथा साेलुखुम्बु जिल्लाकाे सगरमाथा अञ्चलमा पर्दछ । हालसम्म धेरै जनाले सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथाको तल्लो भागलाई खुम्बु आइसफल भनिन्छ । सगरमाथाको तल्लो भागमा शेर्पा जातिका मानिसहरू बसोबास गर्छन् । त्यहाँ धेरै नयाँ सामानहरू पाइन्छन् । हामी सगरमाथा पुग्न लुक्ला देखि कालापत्थर सम्म हिँड्नुपर्दछ । कालापत्थरमा एउटा एउटा ठुलो ढुङ्गामा बेस क्याम्प लेखेको हुन्छ । सगरमाथा दुईवटा पहाड ढाकेर बनेको छ । सगरमाथा आरोहण गर्न धेरै विदेशीहरू आउँछन् ।


Read More