Logo

Student Corner

सगरमाथा

Written by: Sherab Wongbu Sherpa - 30049, Grade V

Posted on: 15 July, 2022

सगरमाथा विश्वको सबैभन्दा अग्लो हिमाल हो । सगरमाथा नुन जस्तो सेतो हुन्छ। यसको उचाइ ८,८४८ थियो तर अहिलेको उचाइ केही बढेकाे छ भन्ने तथ्याङ्क रहेकाे छ । यसलाई माउन्ट एभरेस्ट पनि भनिन्छ। सगरमाथा सोलुखुम्बु जिल्लामा पर्छ। सगरमाथामा सधैं हिउँ पर्छ। त्यहाँ धेरै जाडो हुन्छ। सगरमाथाले हाम्राे देश नेपालको आम्दानी बढाएको छ। विदेशीहरू सगरमाथा चढ्नका लागि पनि यहाँ आउँछन् । सगरमाथाले नेपाल र नेपालीहरूलाई विश्वमा चिनाएको छ। सगरमाथाकाे अटलता र सेताेपन सम्पूर्ण हामी नेपालीकाे सामान्यीकरण हाे । यो सबैभन्दा उच्च छ। हामीले सगरमाथालाई संरक्षण गर्नु पर्छ। यो कहिल्यै हल्लिदैन। यसले कहिल्यै शिर झुकाउँदैन। सगरमाथालाई हामी सबैले माया गर्न सक्याैं भने मात्र यसको सम्मान हुन्छ। सगरमाथाको सम्मान भनेको देशकै सम्मान हो। यसको सरसफाइमा ध्यान दिनु सबैको कर्तव्य हो। सगरमाथा रहेसम्म नेपालको नाम विश्वमा फैलिरहन्छ। याे एकताको प्रतीक हो। यो नेपालीहरूको शिरको टोपी हो।