Adulthood is the time in which a person has grown up and has got many types of knowledge and abilities. Everyone grows into adults through the transition from baby to a kid and then a teenager and into adulthood to become a man and a woman and finally, into an old man or woman. Every person has to develop and there is no such person who hasn't transformed.
If we stop growing and start shaving then we should understand we are in adulthood. Adulthood is commonly known as the age of 20 or 21. Throughout adulthood, our bodies continue to change and we continue to learn and grow through experiences.
A person shall start to think and plan about the future work in the early phase of adulthood because in adulthood every person should have a job and some earning, if not then life becomes challenging. So if you are very determined to have a happy life and also a bright future then start thinking and planning right now.
A woman in or after adulthood gives birth to a child. The child grows and if it is a girl then it again gives birth to the next generation. Like this, the process continues. Without this process, life doesn’t move ahead. But in all the different phases of life, I think adulthood is the most important.
तिहार हामी नेपालीहरूको दाेस्राे ठुलो चाड हो। तिहार वर्षको एक चोटी मनाइने गरिन्छ। तिहार पाच दिन मनाइने गरिन्छ। पहिलो दिनलाई काग तिहार भनिन्छ। त्यस दिन कागकाे पूजा गरिन्छ । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ। त्यस दिन कुकुरलाई पूजा गरेर माला लगाइदिई मिठा मिठा खानेकुरा खान दिइन्छ । तेस्रो दिनलाई गाई तिहार र लक्ष्मी पूजा पनि भनिन्छ। साेही दिन गाईकाे र धनकी देवी लक्ष्नीकाे पूजा गर्ने चलन छ । चौथो दिनलाई गोवर्धन पूजा वा म्ह पूजा पनि भनिन्छ चाैँथाे दिन गाेरुकाे पूजा गर्छन् भने नेवारी समाजमा म्ह पूजा भनी आफ्नै पूजा गर्छन् र पाँचाैँ दिनलाई भाई टिका भनिन्छ। तिहारमा टाढा टाढा भएका मानिसहरू एकअर्कासँग भेटेर एक अर्कालाई टिका लगाउँछन र सबैजना सँगै मिलेर रमाइलो गर्छन। नेपालीहरू तिहारमा धेरै वस्तुहरूलाई पूजा गर्छन । मानिसहरू मन्दिर जान्छन् । दिदीबहिनीहरूले आफ्ना दाइभाइलाई टिका लगाइदिन्छन्। मानिसहरू तिहारमा भैली खेलेर रमाइलो गर्छन्। तिहार एउटा रमाइलो चाड हो।
बालदिवस हामी बालबालिकाहरूका लागि एक महत्त्वपूर्ण दिन हो । साे दिनमा बालबालिकाहरूलाई धेरै उपहार दिइने गरिन्छ । बाल दिवस बालबालिकाका लागि भनेर मनाइने एउटा पर्वको दिन हो । बाल दिवसका दिन विद्यालयहरूमा विभिन्न रमाइला कार्यक्रमहरूको आयोजना गरेर बालबालिकाहरूलाई रमाइलो प्रदान गरिन्छ । साेही दिन बालबालिकाहरूका लागि मिठा मिठा परिकारहरू पकाउने गर्दछन् । मेरी आमाले पनि बालदिवसका दिन मेरा लागि मन पर्ने मिठाई, केक ल्याइदिनुहुन्छ अनि मिठा मिठा प्रकारका खानेकुराहरू पनि पकाएर खुवाउनुहुन्छ। मलाई बाल दिवस धेरै नै मनपर्छ । यो पर्व प्रत्येक वर्ष मनाउने गर्दछौँ । यस पर्वका दिन हाम्रा अभिभावकहरूले हामीलाई धेरै राम्रा राम्रा उपहार पनि दिनुहुन्छ अनि बाहिर घुमाउन पनि लैजानुहुन्छ ।
Animals live in all parts of the world. But all kinds of animals don't live everywhere on the earth. Some animals live in the desert, some animals live in the mountains, and some on water. This is because they are affected by climate water as well as the nature and quantity of food.
Animals are divided into 5 different groups. There are aquatic animals, terrestrial animals, amphibian animals, arboreal animals, and aerial animals. Aquatic animals are the animals that live in water; they have gills to breathe and tail to swim. Terrestrial animals are animals that live on land. Amphibian animals are animals that can live both on land and water. They can breathe with their skin and lungs. Arboreal animals live both on land and tree but spend most of their time in the tree. Aerial animals are animals that can fly in the sky and live in tall trees. Some animals live in man-made shelters they are called domestic animals and the animals which live in natural shelters are called wild animals.
हाम्राे जीवनमा समयले एकदमै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामीले समयको महत्त्व बुझ्नुपर्छ । समय कहिल्यै पनि खेर फाल्नुहुँदैन । हामीलाई समयले कहिल्यै पनि पर्खदैन । जो मानिसले समयकाे महत्त्व बुझ्दैन, उसले जीवनमा केही पनि गर्न सक्दैन । त्यही भएर हामीले समयसँग चल्नुपर्छ । आजभोलि मानिसहरू मोबाइल, इन्टरनेटमा नै व्यस्त हुन्छन् र समयलाई खेर फालिरहेका हुन्छन् । आफ्नो काम समयमा नै गर्नुपर्छ र यो काम भाेलि गर्छु भनेर सोच्नु पनि हुन्न । हामीले जुन कामको पनि समय बनाउनुपर्छ । समय यस्तो कुरा हो जसले मान्छेलाई राजाबाट भिखारी र भिखारीबाट राजा बनाइदिन्छ त्यसैले पनि समय बलवान् छ । धेरै मानिस समयलाई भन्दा पैसालाई महत्त्व दिन्छन् तर पैसा भन्दा समय बलवान् हुन्छ । हामीले खर्च गरेको पैसा फेरि कमाउन सक्छौं तर खर्च गरेको समय फेरि ल्याउन सक्दैन त्यसैले समयको महत्व बुझ्नुपर्छ हामीले समयलाई मान्नुपर्छ अनि समयले गर्दा हामीलाई हाम्रो लक्ष्यसम्म पुर्याउँछ । हामीले समय खेर फाले समयले हामीलाई जीवनकाे कुनै माेडमा लगेर फालिदिन्छ त्यसैले समयसँग चल्न सिकाैँ ।
मेरो नाम ईराज श्रेष्ठ हाे । म कक्षा चारमा पढ्छु । मेरो पाठशालाको नाम सिफल सेकेन्डरी स्कुल हो । म डाडागाउँमा बस्छु। आज म शिक्षाको वर्णन गर्न गइरहेको छु। शिक्षा हाम्राे जीवनमा नभई नहुने कुरा हो । हामीले सरासर हेर्दा जति पनि शिक्षित मानिसहरू छन् उनीहरूको जीवनमा सरलता धेरै देख्छौँ, जति पनि अशिक्षित मानिसलाई देख्दा उनीहरूको जीवनमा कठिनता देख्छौँ । हाम्राे देश नेपाल अरू देशको तुलनामा पछाडि पर्नु पनि अशिक्षाको कारण हो । अरू देश धेरै विकसत छन् किन ? किनकि त्यहाँका मानिसहरू धेरै शिक्षामा आगाडि छन् । यो कुरा भने नेपालमा ठ्याक्कै उल्टाे छ । जसले गर्दा नेपाल र नेपाली अरू देशको तुलनामा धेरै पछि छन् । त्यसैले हामीले सजिलै बुझ्न सकिन्छ कि शिक्षा सुखी जीवनयापनका लागि नभई नहुने कुरा हो । अथवा यसलाई यसरी पनि भन्न सकिन्छ हरेक व्यक्ति वा हरेक क्षेत्रकाे सफलताको मूल मन्त्र नै शिक्षा हो । तसर्थ हामीले धेरै मन लगाएर पढ्ने हाे भने हाम्राे भविष्य उज्ज्वल बनाउन कति बेर पनि लाग्दैन ।
म नेपाली हुँ । नेपाली भाषा मेराे चिनारी हाे । नेपाली भाषाकाे राम्राे प्रयाेग गर्नका लागि नेपाली किताब पढ्नु आवश्यक छ । त्यसैले म सधैँ नेपाली किताब पढ्छु । मेराे नेपाली किताबमा धेरै ज्ञानका कथा, कविता, जीवनी आदि छन् । नेपालीकाे जीवनमा नेपाली भाषा र नेपाली पुस्तक धेरै आवश्यक छ । यसबाट हामीले धेरै ज्ञान अनि जानकारी लिन सक्छाैँ । हाम्राे देशकाे भाषामा आधारित नेपाली पुस्तक हामीले सम्मानका साथ पढ्नुपर्छ । धैरै मानिसले नेपाली पुस्तक पढ्दैनन् र नेपाली भाषालाई महत्त्व दिँदैनन् । यसरी नेपाली भाषाकाे महत्त्व नदिनु भनेकाे आमाकाे अपमान गर्नु हाे । हामीले यसाे गर्नुहुँदैन । नेपाली भाषाकाे महत्त्व बुझेर यसकाे सम्मान गर्नुपर्छ । नेपाली भाषालाई जाेगाउनुपर्छ । हामीले नेपाली किताब मन लगाएर पढ्नुपर्छ । नेपाली किताब पढेमा हामीले आफ्नाे संस्कृति र परम्परा थाहा पाउन सक्छाैँ । नेपाली पढ्न, शुद्धसँग बाेल्न, लेख्न, आफ्नाे सिर्जनात्मक क्षमतालाई सबल बनाउन हामीले नेपाली पुस्तक मन लगाएर पढ्नुपर्छ ।
मलाई जन्म दिएर यस धर्तीमा पाइला टेकाउने र आँखा देखाउने मेरी आमा देवी हुन् । मेरा हरेक कुराकाे ख्याल गर्ने मेरी आमाले मलाई धेरै माया गर्छिन् । आमाकाे माया संसारकाे सबैभन्दा ठूलाे र महत्त्वपूर्ण हुन्छ । संसारमा सबै कुरा किन्न पाइन्छ तर जन्मदाता आमाबाबा किन्न पाइँदैन । त्यसैले अरूकाे लाख आमाकाे काख भन्ने नेपाली उखान अत्यन्त उपयाेयी र महत्त्वपूर्ण देखिन्छ । आमा मेरी अभिभावक मात्र नभई मेरी प्रथम शिक्षिका पनि हुन् ।
मलाई राम्रा नराम्रा कार्यहरूकाे बारेमा सम्झाई मेरी आमाले मलाई सधैँ राम्रा काममा गर्न हाैसला दिन्छिन् र मेराे पढाइमा पनि विशेष ख्याल गर्छिन् । आमा मेरी अत्यन्त नजिककी मित्र पनि हुन् किनकि मेरा हरेक गाेप्य कुरा म मेरी आमालाई सुनाउँछु । कहिलेकाहीँ बाबाले गाली गर्दा मलाई आमाले नै सम्झाउनुहुन्छ । मेरी आमा मेराे साथमा मात्र हाेइन मनमा पनि बसिरहनुहुन्छ । मैले आमालाई सधै माया र सम्मान गर्छु । पढेर ठूलाे मान्छे बन्छु र आफ्ना आमाबाबालाई खुसी दिनेछु ।
शिक्षा मानिसकाे तेस्राे आँखा हाे । शिक्षाले मानिसलाई व्यावहारिक भएर बाँच्न सिकाउँछ । शिक्षा हामीले नियमित रुपमा विद्यालय वा क्याम्पसमा गएर लिन सक्छाैँ । घर, परिवार, विद्यालय, र बाटाेघाटाे लगायत जुनसुकै ठाउँमा हामीले सिक्ने माैका पाएका हुन्छाैँ । हरेक ठाउँमा जुनसुकै कुरा सिक्नु शिक्षा नै हाे । त्यसै गरी सुनेर, पढेर, हिडेर र अन्य विभिन्न प्रकारले ग्रहण गरिने व्यावहारिक विषयकाे ज्ञान पनि शिक्षा नै हाे । आजकाे युगमा शिक्षाकाे निकै नै महत्त्व रहेकाे छ । शिक्षा विनाकाे मानिस अन्धाे हुन्छ । शिक्षा हरेक मानिसकाे एक महत्त्वपूर्ण गहना हाे । यसले मानिसलाई सुन्दर र असल बनाउँछ । मानिस जन्मेदेखि मृत्यु नहुञ्जेल शिक्षा आर्जन गर्ने काम गरिरहन्छ । मानिसले शिक्षा आर्जन गरिसकेपछि ज्ञानकाे आँखा खुल्दछ । ज्ञान आर्जन गरिसकेपछि मानिसकाे अज्ञानकाे अन्धकार हराउँदै जान्छ अनि मानिस मुर्ख नभई ज्ञानी हुन्छ । अशिक्षित मानिसले पशुले जस्तै जीवन बिताउनुपर्छ र उसले धेरै दुःख पाउँछ । शिक्षा आर्जन गरेपछि मानिस चलाख र बुद्धिमान हुन्छ । संसारका धेरै मानिस शिक्षाकै कारणले महान बनेका हुन् । शिक्षाकै कारणले अगाडि बढेका डाक्टर, पाइलट, शिक्षक आदि लगायतका मानिसले देशकाे विकासमा ठूलाे भूमिका खेलेका हुन्छन् । तसर्थ मानिसकाे जीवनमा शिक्षाकाे महत्त्व ठूलाे छ ।
तीज एउटा रमाइलो चाड हो । यो हिन्दु नारीहरूले मात्र मनाउँछन । यो पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । यस चाडलाई हरितालिका पनि भनिन्छ । तीजमा महिलाहरू नाचगान गरेर रमाइलो गर्छन् । त्यो दिन महिलाहरूले शिव भगवानको पूजा गर्छन् । यो दिन काठमाडाैँ लगायत देशैभरका शिव मन्दिरहरूमा महिलाहरू पूजा गर्न जान्छन् । त्यस दिन महिलाहरूलाई सरकारले बिदा दिएको हुन्छ । तीज तीन दिन मनाइन्छ ।
१. दर खाने दिन
२.तीजको दिन
३.ऋषि पञ्चमी
१. दर खाने दिन
तीजको अघिल्लो दिनलाई दर खाने दिन भनिन्छ । त्यस दिन महिलाहरूले मिठा मिठा खानेकुराहरू खान्छन, जस्तैःखिर, पुरी, मिठाई , फलफूल, सेल आदि ।
तीजको दिन
त्यस दिन तीजको मुख्य दिन हो । यो दिन महिलाहरू बिहान उठेर नुहाउँछन् । महिलाहरूले त्यस दिन रातो र हरियो लुगा लगाउँछन । महिलाहरूले शिव भगवानको पूजा गर्छन् । यस दिन महिलाहरू पानी पनि नखाई व्रत बस्छन् । उनीहरू आफ्ना दिदीबहिनी र साथीहरूसँग नाचगान गरेर रमाइलो गर्छन् ।
ऋषि पञ्चमी
ऋषिपञ्चमीका दिन महिलाहरू खोलामा गई नुहाउँछन् र सप्त ऋषिको पूजा गर्छन् । त्यस दिन उनीहरू कर्कलो र भात खान्छन् ।
यसरी तीजमा महिलाहरूले आफ्नो श्रीमान र सन्तानको लामो आयुको कामना गर्दै यो व्रत बस्छन् ।
म पनि मेरी आमासँग मामाघर गई मिठा मिठा खानेकुरा खाएर, राम्रो लुगा लगाएर,नाचगान गरी यो चाड रमाइलोसँग मनाउँछु ।
खेलकुद शब्द खेल र कुद मिलेर बनेकाे हुन्छ । खेल्ने र कुद्ने कामलाई खेलकुद भनिन्छ । खेलकुद हाम्राे जीवनकाे महत्त्वपूर्ण अङ्ग हाे । अरू कार्यमा जस्तै खेलकुदमा पनि नियम हुन्छन् । खेलकुद मानिसकाे जीवनलाईआनन्द प्रदान गर्ने एक तत्त्व हाे । खेल्दा हामीलाई धेरैआनन्द प्राप्त हुन्छ। खेलकुदले हाम्राे शरीरलाई बलियाे र स्वस्थ बनाउँछ र हामीलाई मनाेरञ्जन पनि हुन्छ । खेलकुदविना हाम्राे जीवन अधुराे हुन्छ । खेल खेलिसकेपछि हाम्राे शरीर फुर्तिलाे हुन्छ र पढाइमा पनि एकाग्र हुन सकिन्छ । खेलकुदले हामीलाई अनुशासित बनाउँछ । खेलकुदमा नेतृत्त्व लिने काम गरेमा हामी समाजमा पनि नेतृत्त्व लिएर काम गर्न सक्छाैँ । मानिसकाे शारीरिक, मानसिक, सामाजिक,आध्यात्मिक विकासमा विशेष भूमिका खेल्ने हुँदा हाम्राे जीवनमा खेलकुदकाे धेरै महत्त्व रहेकाे छ ।
दुध एक पोसिलाे पिउने पदार्थ हो । दुधले हाम्रो जिउमा भएकाे हड्डीलाई बलियाे बनाउँछ । हामीलाई गाईले, भैसीले र बाख्राले दुध दिन्छन् । बाख्राको दुध पनि तागतिलो हुन्छ । दुध हामीले बिहान,दिउँसाे र बेलुका पिउन सक्छौँ । हामीले दुध विभिन्न किसिमका अन्नहरूसँग मिसाएर खान्छाैँ । हामीले दुध खायाैँ भने हामी खेल्न, पढ्न, दाैडन तागतको साथ सक्छाैँ । दुधबाट हामीले खिर, दही, घिउ, खुवा, पनिर, चिज, छुर्पी, र विभिन्न किसिमका मिठाइहरू बनाउन सक्छाैँ । दुध सेतो रङकाे हुन्छ । शुद्ध दुध मिठो हुन्छ तर अरू दुध मिठो हुँदैन । गाईको दुध पहेँलो हुन्छ । गाईको दुधभन्दा भैसीको दुध बाक्लो हुन्छ । दुधमा क्याल्सियम, प्राेटिन आदि लगायतका पाेषक तत्वहरू पाइन्छन् । दुधले हाम्राे शरीरकाे वृद्धि र विकास गराउँछ । त्यसैले हामीले नियमित दुध पिउनुपर्छ ।