Logo

Student Corner

समय

Written by: Eshanee Manandhar - 2027007, Grade V

Posted on: 26 January, 2021

अनादिदेखि अनन्त 

हुँदैन यसको अन्त

न छिटो न ढिलो

सबैभन्दा बलियो  

 

 भूत बितेको समय

आउने समय भविष्य 

सबैभन्दा बलवान 

हो समय वर्तमान

 

एउटा शिक्षक असल

बराबर दिन्छ अवसर 

पर्खँदैन कसैलाई 

चल्नुछ यसैमा सबैलाई

 

समान पाठ सिकाउने 

लोभ र डरमा नपर्ने 

चल्न सके याेसँग

हुन्छ जीवन सुन्दर