Logo

Student Corner

पानी

Written by: Yalam Dev Pradhan - 2027023, Grade V

Posted on: 24 January, 2021

पानी सबैभन्दा महत्त्वपूर्ण वस्तु हो। मानिसलगायत जीवजन्तु तथा बोटबिरूवालाई बाच्नको लागि पानी चाहिन्छ। पानी नभएमा  कोही बाँच्न सक्दैन। पानी हामीलाई दैनिक जीवनयापन गर्नको लागि नै चाहिन्छ। हामी पानी खान, नुहाउन, लुगा धुन, सफा गर्न आदिका लागि प्रयोग गर्छाैँ। पानी नदी, नाला, पोखरी, धारा इनार, ताल, झरना आदि ठाउँमा पाइन्छ तर खानेपानी हाम्रो धारामा मात्र आउँछ।  हाम्रो पृथ्वीमा ७१% पानी रहेकाे छ । तर खानका लागि सबै पानी त्यतिकै खेर फाल्न राम्रो हाेइन। पानीलाई फिल्टर गरेर खानुपर्छ। पानी जम्यो भने बरफ बन्छ बरफ तात्यो भने पानी बन्छ पानी तात्यो भने ग्याँस बन्छ। पानीको स्वाद हुँदैन र रङ पनि हुँदैन।  खेती गर्नलाई पानी चाहिन्छ। पानी नभएको ठाउँमा कुलो बनाएर पानी पट्याई खेती गरिन्छ। पानी धेरै भएको ठाउँमा खेती राम्रो हुन्छ।