Logo

Student Corner

Articles

अनुशासन
- Prabal Dawadi - 2028024, Grad ... 12 August, 2020

अनुशासनको अर्थ नियम हो । नियम पालना गर्नु नै अनुशासन हो। अनुशासन सबैलाई चाहिने अत्यन्तै महत्वपूर्ण कुरा हो। अनुशासनले मानिसलाई असल बनाउँछ। घर, विद्यालय, गाउँ, सहर, बाटो जताततै अनुशासनको पालना गर्नुपर्दछ। बुबाआमा र मान्यजनको आदर गर्नु समाजको नियम हो।

     समाजमा अनुशासनको धेरै महत्त्व छ । चाहे घर-परिवार होस या विद्यालय सबै ठाउँमा अनुशासनकाे आवश्यक हुन्छ। आफूभन्दा ठूलालाई आदर गर्ने आमा, बुवा र शिक्षकले भनेको मान्ने उहाँहरुले भनेको सुन्ने, उहाँहरूसँग झगडा नगर्ने जस्ता कुराहरू पनि अनुशासन भित्र पर्दछन्। विद्यालयमा होहल्ला नगर्ने साथीभाईसंग मिलेर बस्ने शिक्षकले पढाएको कुरा ध्यान दिएर सुन्ने, कक्षाकार्य, गृहकार्य समयमा बुझाउनेजस्ता काम पनि अनुशासन भित्र पर्दछन्। हामीले अनुशासन पालना गरेमा हामी असल व्यक्ति बन्न सक्छौ।

     बाटोमा हिड्दा पनि अनुशासनको पालना गर्नुपर्दछ। बाटो काट्दा जेब्रा क्रसबाट काट्ने र बाटो हिड्दा पेटीको प्रयोग गर्ने काम पनि अनुशासन भित्र नै पर्दछ । कर्मचारी, विद्यार्थी,, सैनिक, सरकार सबैले अनुशासनको पालना गर्नुपर्दछ। सबैले अनुशासनकाे पालना गरेमा व्यक्ति, समाज  र राष्ट्र सबैकाे उन्नति हुन्छ  । त्यसैले अनुशासनले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ ।


Read More
मेराे जीवनकाे लक्ष्य
- Subhaya Shrestha - 2028039, G ... 09 August, 2020

सबै जनाले जीवनमा एक न एक लक्ष्य लिएका हुन्छन् । लक्ष्य मानिसकाे जीवललाई सफल बनाउने मूल कारक हाे । लक्ष्यले नै मानिसकाे जीवनकाे गाेरेटाे निर्धारण गर्दछ । लक्ष्य विनाकाे मानिस बाँदरजस्तै हुन्छ । जसले आफू काम गर्दैन तर अरूकाे काम बिगार्छ । त्यसैले सबैकाै एक न एक लक्ष्य हुनुपर्छ । लक्ष्यहरू धेरै किसिमका हुन्छन् जस्तै डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, व्यापारी, लेखक, कवि, किसान, पूजारी, पुलिस, बस चालक, वैज्ञानिक आदि । लक्ष्यमा पुग्न परिश्रम गर्नुपर्छ । मान्छेकाे एउटा मात्रै लक्ष्य हुनुपर्छ । मानिसले आफ्नाे लक्ष्यमा पूग्न निरन्तर परिश्रम गर्नुपर्छ । मैले जीवनमा वैज्ञानिक बन्ने लक्ष्य लिएकी छु । त्यस लक्ष्यमा पुग्न मैले निरन्तर परिश्रम गरेकी छु । कुनै पनि लक्ष्यलाई सानाे भन्न मिल्दैन । महाकवि लक्ष्मीप्रसाद देवकाेटाले भन्नुभएकाे छ,” उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।” यसकाे अर्थ हाे हामीले ठूलाे लक्ष्य लिनुपर्छ । लक्ष्यमा पुग्न निरन्तर परिश्रम गर्नुपर्छ । जसले मानिसकाे जीवललाई सफल बनाउँछ ।


Read More
म र मलाई मन पर्ने वस्तुहरू
- Sayoon Darlami - 2028048, Gra ... 09 August, 2020

मेराे नाम सायुन दर्लामी हाे । म ८ वर्षकाे भएँ । म स्वयम्भुमा बस्छु । म सिफल सेकेन्डरी स्कुलमा कक्षा ४ मा पढ्छु । मलाई धेरै काम गर्न मन पर्छ । म खाने कुराकाे लागि साेकिन छु । मलाई टाढा टाढा घुम्न जान मन पर्छ । खाने कुरामा दाल, भात, तरकारी, माे. माे. आदि मन पर्छ । मलाई कविताहरू सुन्न र सुनाउन मन पर्छ । मेराे घर वरपर र विद्यालयमा धेरै साथीहरू छन् । मलाई धैरै साथीहरू बनाउन मन पर्छ । मलाई मन पर्ने रङ पहेलाे, सेताे र निलाे हाे । म मेरी आमालाई समय समयमा काममा सघाउँदा धेरै आनन्द मान्छु । म सबैसँग नरम भएर बाेल्न पनि राम्राे मान्छु । मलाई सबै जनाले माया गर्नुहुन्छ । सबैले मायालु व्यवहार गर्दा मलाई झनै मन पर्छ । पढ्नुका साथसाथै चित्र बनाउने काम गर्दा मेराे मन आनन्दित हुन्छ ।  साथीहरूसँग मिलेर खेल्न पाउँदा  म धेरै खुसी हुन्छु । 


Read More