Logo

Student Corner

फूलबारी

Written by: Tanishq Shakya - 2027020, Grade V

Posted on: 27 January, 2021

ठुला, साना, रङ्गीचङ्गी

फूलबारीमा फूल छ्न्

सबैतिर फूलैफूल छन्

पुतली नि आउँछन् ।

 

वरिपरि सबैतिर 

 रङ्गीचङ्गी फूल्दछन्

  रङ्गीचङ्गी फूलले

  सबका  मन भुल्दछन् ।

 

कहिले डुल्छन् पुतली 

कहिले डुल्छन्  भँमरा

सधै  आउँछन् घुम्नलाई

फुलकाे  रस चुस्नलाई ।

 

चरा आउँछन्,गीत गाउँछन्

 माहुरी नि आउँछन्

सबै एक भएर

फूलबारीमा गएर ।

 

फूलकाे रस चुस्छन्

मिठाे मह पार्दछन् 

राता, सेता, काला, नि

सबै थरी फूल छन्