Logo

Student Corner

Articles

दसैँ
- Subhaya Shrestha - 2028039, G ... 04 October, 2020

दसैँलाई बडादसैँ, विजयादशमी, दशहरा आदि नामले चिनिन्छ । यो हामी नेपालीहरूको प्रमुख चाड हो। असोज महिनाको शुक्लपक्षको प्रतिपदाकाे दिन यस पर्वको पहिलो दिन हो । माता दुर्गाले महिसासुर नामक दैत्यको नाश गरेर मानवहरूको कल्याण गरेको र असत्यमाथि सत्यको विजय गरेकाे कारण याे पर्व मनाइन्छ । त्यसकारण दशमीलाई विजयादशमीको रुपमा मनाइन्छ । त्यस दिन दुर्गा माताको पूजा आराधना गरिन्छ। । दसैँ असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ र उत्सवका साथ मनाइने चाड हो । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । दसैँ घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनको भएतापनि पहिलो नौ दिनलाई नवरात्र र दशौं दिनलाई दशमी वा दसैँ भनिन्छ । दसैँमा हामी ठूलाबडाका हातबाट टीका थापेर आशीर्वाद लिन्छौँ । बडादसैँको दिन रातो टीका र जमरा शिरमा लगाइन्छ जमराको छुट्टै महत्त्व छ । दसैँको पहिलो दिन घटस्थापनाको दिन बालुवा र माटाे राखेर जमरा राखिन्छ । नौ दिनसम्म त्यसलाई छोपेर राखिन्छ र दसैँको दिन पूजाआजा गरेर जमरा प्रसादको रुपमा शिरमा लगाइन्छ। दसैँमा नयाँ लुगा लगाएर आफ्ना मान्यजनकहाँ टिका थाप्न पनि जान्छाैँ। दसैँमा हामी मिठा मिठा परिकार बनाएर खान्छाैँ। याे पर्व निकै रमाइलाे गरी धुमधामका साथ मनाइन्छ । देशविदेशमा भएका आफन्तहरू पनि यस पर्वमा भेला हुन्छन् । त्यसले विजयादशमी नेपालीहरूको लागि महान् चाड हो ।


Read More
लकडाउन: मेराे अनुभव
- Rushka Sapkota - 2028028, Gra ... 01 October, 2020

कोरोना भाइरस चीनबाट सुरु भएर संसारभरि फैलिएको महामारी हो । यो महामारीकाे प्रकोपले नेपाललाई पनि छोडेन । कोरोनाको कारणले सरकारले देशभर लकडाउन गर्‍याे । जसको कारणले हामी विद्यार्थीहरू स्कुलमा गएर पढन पाएका छैनौँ ।

यसै कारण म लगायत मेरो परिवार आफ्नो गाउँकाे घर ओखलढुङ्गा गएका थियौँ । हामी त्यहाँ एक महिनासम्म  बस्यौँ । गाउँमा बस्दा धेरै कुराहरू देखियो र धेरै कुराहरू सिक्ने मौका मिल्यो । गाउँमा हामीले बारीमा तरकारी रोप्यौँ ।गाउँमा मैले पाठापाठीहरूसँग पनि खेलेँ । मलाई गाउँमा धेरै रमाइलो भयो तर इन्टरनेटको समस्याको कारण, हामीले हाम्रो अनलाइन कक्षा लिन सकेनौँ । नजिकैको सामुदायिक स्कुलमा इन्टरनेटको व्यवस्था भएकोले त्यहाँ अनलाइन कक्षा लिन जान्थ्यौँ । त्यहाँ पनि राम्ररी इन्टरनेट नचल्नाले  हाम्रो अनलाइन कक्षा राम्रो हुन सकेन गाउँमा बिजुली  पनि  थिएन  । अनलाइन कक्षा लिनको लागि धेरै टाढा जानु पर्‍याे । यति दुःख गरेर जाँदा पनि इन्टरनेट राम्ररी नचल्नाले हामीले राम्ररी कक्षा लिन पाएनौँ । मेरा अभिभावकले डाटा प्याकेज लिएर अनलाइन कक्षाको लागि  धेरै कोसिस गर्नुभयो।  मोबाइलको नेटवर्क पनि खराब भएकोले डाटा प्याकेज पनि प्रयोग गर्न सकिएन । त्यसपछि हामी काठमाडौँ फर्कियौँ  । अहिले  हामी अनलाइन कक्षामा  राम्ररी सहभागी भइरहेका छौँ। हामी अहिले पनि भौतिक रुपमा स्कूल जान सकेका छैनौँ । त्यसपछि मैले मेरा बाबुआमालाई घरायसी काममा सहयोग गर्न थालेकी छु । अब मलाई चिया, अण्डा, जुस र अन्य कसरी पकाउने थाहा भयाे । मैले गुगल क्लासरूममा होमवर्क गर्न सिकेकी छु। मलाई अब स्लाइडहरू, गुगल कागजातहरू, गुगलमिट,इमेल आदि प्रयोग गर्न पनि सिकेकी  छु।

यसरी लकडाउनले म लगायत मेरो परिवारलाई राम्रो र नराम्रो दुवै खालको प्रभाव पार्‍याे । 


Read More
सात्विक भोजन    
- Nityananda Maharjan - 2028020 ... 30 September, 2020

सात्विक भोजन भनेको माछा, मासु, अण्डा, लसुन, प्याज नराखी बनाएको खाना हो। सात्विक भोजनमा हरिया तरकारी, दुध, फलफूल गेडागुडी, अन्न  आदि  पर्दछन् । बासी, सडेको आदि भोजन पनि सात्विक भाेजन अन्तर्गत पर्दैनन् । । जहाँ पायो त्यहीँ  जे पायो त्यही  खानु सात्विक भाेजन  हाेइन ।  हामीला‍ई स्वच्छ रहनु छ भने सात्विक भोजन खानु अति जरुरी छ। मानिसहरूमा राम्रो   विचार आउनको लागि पनि भोजनले  ठुलो भूमिका  खेलेकाे हुन्छ। हामीले जस्तो भोजन गर्छाै त्यस्तै विचार हाम्रो दिमागमा आउँने भएकोले शुभ विचारको लागि सात्विक भोजन गर्नु जरुरी छ। । विभिन्न रोग व्याधिहरूबाट बच्नको लागि पनि हामीले सात्विक भोजन खानुपर्छ। सात्विक भोजन गर्नाले रिस नियन्त्रण गरी मनलाई शान्त पार्न सकिन्छ।


Read More
नेपाल 
- Prabal Dawadi - 2028024, Grad ... 24 September, 2020

नेपाल एसिया महादेशमा पर्छ। नेपाल भुपरिवेष्ठित राष्ट्र‌ हो। नेपालको पूर्व, पश्चिम र दक्षिणमा भारत पर्दछ भने उत्तरमा  चीन पर्दछ। नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो। नेपाल सानो भएपनि सुन्दर देश हो।

नेपालमा विभिन्न नदिनाला, ताल, वनजङ्गल, हिमाल, पशुपन्छी, चराचुरुङ्गी र वनस्पति पाइन्छन्। विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा पनि नेपालमा नै रहेको छ। त्यस्तै विभिन्न तालहरू जस्तै- रारा ताल, तिलिचो ताल, फेवा ताल पनि यहाँ छन्। धेरै खालका जीवजन्तु र चराचुरुङ्गीहरू पनि यहाँ पाइन्छन्। यसरी नेपाल प्राकृतिक सम्पदाको रूपमा धनी छ। 

नेपालमा विभिन्न मठमन्दिर, धार्मिक स्थल, गुम्बा, मस्जिदहरू पनि रहेका छन्। नेपाललाई विभिन्न जातजातिको साझा फूलबारीको रूपमा पनि चिनिन्छ। यहाँ विभिन्न धर्म, संस्कृति र परम्परा मान्ने मानिसहरू बसोबास गर्दछन्। नेपाललाई वीर गोर्खालीको देश पनि भनिन्छ ।  संसारका मानिसहरूले नेपाललाई बुद्धको देश, हिमालको देश अर्थात सगरमाथाको देश र  वीरताको देश भनेर चिन्ने गर्दछन् । त्यसैले  मलाई नेपाली हुनुमा गर्व छ।


Read More
नेपाल मेराे देश
- Prisha Acharya - 2028050, Gra ... 23 September, 2020

पूर्वमा मेची बग्दै छ पश्चिम बग्छ महाकाली
उत्तरमा सगरमाथा दक्षिण खेतमा धानका बाली
क्षेत्रफलमा धेरै ठुलो छैन होला मेरो देश 
भाषा, भेष, अनेक छन् नेपाल मेराे देश ।१।
 
तराईमा यहाँ पाइन्छ मलिलो माटो 
पहाडतिर गई हेरौँ उकाली ओरालीको बाटो 
हिमाल पुग्दा हिउँ पर्ने, चिसो हुन्छ  त्यहाँ 
यस्तो विविधता भूगोलमा पाइन्छ अरू कहाँ? ।२।
 
ताप्लेजुङ, पाथीभरा जाऔँ, हिडौँ जानकी मन्दिर
दर्शन गरौँ मनकामना, हट्ने छ है मनकाे पिर 
सीता यहीँ जन्मेकी थिइन्, जन्मे बुद्ध  महाज्ञानी 
वीर सपुतको भूमी हो यो, हुँदैन कोही अभिमानी।३।
 
वर्तमान परिस्थिति अलिकति नाजुक छ
न मेरो देश कहिल्यै झुकेथ्यो, न  अब झुक्दछ
हामी कमजोर होइनौँ, छिमेकी अभिमानी भयो 
छिटो प्रगति गर्‍यो उसलेकाे घमण्ड बढी भयो।४।
 
हाम्रो एकता बलियो छ कुनै शंका छैन 
बुद्धको भूमि हो यो रावणको लङ्का होइन 
पूर्वमा मेची बग्दै छ पश्चिम बग्छ महाकाली
उत्तरमा सगरमाथा,दक्षिण खेतमा धानका बाली।५।


Read More
हाम्रो देश नेपाल
- Prasiddha Shrestha - 2027016 ... 22 September, 2020

हाम्रो देश नेपाल प्राकृतिक साधनले  एकदम धनी देश  हो । हाम्रो देश नेपाल जलश्राेतमा दाेश्रो धनी देश हो । विश्वमा धेरै ठूला साना देशहरू छन । विश्वसामु नेपाल पनि एउटा सानो देश हो । नेपाल विश्वमा दुई ठुला देशहरू चीन र भारतकाे बिचमा रहेकाे छ । हाम्रो देश नेपालमा धेरै नै मठमन्दिरहरू छन्, जहाँ हेरे पनि जता गए पनि पाइला नै पिच्छे साना ठूला मन्दिरहरूका साथै दुङगेधाराहरू पनि भेटिन्छन् । हाम्रो देशमा विभिन्न भेषभूषा विभिन्न भाषा बोल्ने मानिसहरू बसोबास गर्छन् । हाम्रो देशलाई हिमाल, पहाड र तराईमा बिभाजन गरिएको छ । हाम्रो देशमा बिश्वको सर्वोच्च शिखर सगरमाथा पनि रहेको छ । जसकाे उचाइ ८८४८ मिटर  छ । त्यस्तै अन्य हिमालहरू पनि हाम्राे देशमा रहेका छन् । सगरमाथालगायत सबै हिमालहरूले गर्दा विश्वसामु हाम्रो देश नेपालको नाम उच्च रहेको छ । नेपालमा सानाठुला थुप्रै तालहरू पनि रहेका छन् । तीमध्ये  फेवाताल, राराताल, बेगनास ताल, तिलिचो ताल निकै नै प्रसिद्ध तालहरू हुन् ।  यिनै हिमालहरू र तालहरूका साथै प्राकृतिक दृश्यहरूकाे अवलाेकन गर्न नेपालमा धेरै पर्यटकहरू आउने गर्छन्, जसले गर्दा हाम्रो देशमा थुप्रै आय आर्जनका बाटाहरू पनि खुलेका छन् । गौतम बुद्धको जन्म हाम्रो देश नेपालमा  नै भएको  हो । बुद्धले विश्वमा नै शान्तिकाे सन्देश फैलाएका थिए । त्यसैले उनलाई एसियाका तारा पनि भनिन्छ ।


Read More
बालापन एक सफलताकाे ढाेका
- Prasiddhi Dangol - 2027017, G ... 20 September, 2020

बालापन एउटा यस्तो सयय हाे, जुन समयमा हामीलाई एउटा मात्रै काम हुन्छ । त्यो काम हो पढ्ने लेख्ने ।  यदि हामीले यो उमेरदेखि नै मेहेनत र परिश्रम गर्छौं भने हाम्रो भविष्य उज्ज्वल र सफल हुन्छ तर हामीले यो उमेरदेखि नै मेहेनत र परिश्रम गर्दैनौँ भने हाम्रो भविष्य उज्ज्वल र सफल हुँदैन ।  तपाईं हामी सबैलाई यो कुरा थाहा नै छ कि, सफलताको द्वार तब मात्र खुल्छ, जब हामी मेहेनत गर्छौं  । त्यसैले हामीले काम गर्दा निरन्तररूपमा परिश्रम र मेहेनत लगाउनुपर्छ । सफल हुन हामीले परिश्रम मात्रै गर्ने हैन । यसका लागि हामीले राम्रो बानी बेहोरा पनि बनाउनुपर्छ । हामीले गर्न सक्ने धेरै राम्रा बानीव्यहोराहरू छन् जस्तै आफूभन्दा ठुलाको आदर गर्ने भनेका कुरा मान्ने हो । आफूभन्दा  सानोलाई माया गर्ने, सक्ने काममा परिवारलाई सहयाेग गर्ने, समयकाे महत्त्वलाई सम्मान गर्नेजस्ता असल बानीव्यहोराकाे विकास गर्नुपर्छ । सफलता पाउन अर्को एउटा कुराकाे पनि आवश्यकता पर्छ, त्याे हाे स्वस्थ शरीर । त्यसका लागि हामीले खानपान, आहारविहारमा निकै नै ध्यान दिन जरूरी हुन्छ ।  कुनै पनि काम गर्दा, त्यसलाई निरन्तररूपमा गर्नुपर्छ । त्यसलाई बिचमा नै छाेड्नुहँदैन । कुनै काम गर्न बुद्धिको पनि आवश्यकता पर्छ । कार्य गर्दा धीरताकाे ठुलाे भूमिका हुन्छ । भाेलि त बिदा छ, म याे काम भाेलि नै गर्छु वा आजकाे कामलाई भाेलिका लागि साच्नु कत्ति पनि राम्राे कुरा हाेइन । आजकाे कामलाई आजै पूरा गर्नु नै समयकाे सदुपयाेग गर्नु हाे । समयकाे सदुपयाेग गर्नु   भनेकै भविष्य उज्ज्वल हुनु हाे ।  
 


Read More