Logo

Student Corner

रमाइलो पहाडी उडान

Written by: Kabya Oli - 2028015, Grade IV

Posted on: 20 January, 2021

विद्यालयमा बिदा भएकाे माैका पारेर म  मेरा बुबा र उहाँका साथीहरू पहाडी उडानमा गयाैँ । हामी बिहान सबेरै बिहान एयरपोर्ट गयौँ  । हामीले उडानका लागि लुगा लगायौँ ।  हाम्रो उडान ७ बजे थियो। उडानका लागि हामी धेरै उत्साहित थियाैँ । 

 उडानका क्रममा म झ्यालमा  बसेँ । हामी बसको यात्रामाजस्तै जाँदै थियौँ ।  छिटो तर माथि आकाशमा । उड्ने कराले खुसी थियाैँ  l त्यसैले हामी आकाशमा गयौँ । हामीले घरहरू खेलौनाहरूजस्तै देख्यौँ ।  जुन हास्यास्पद थियो । त्यसपछि हामीले पहाडहरू देख्यौँ  । ती राम्रा थिए तर हामी हिमालहरू देख्न सकेनौँ । किनकि हिमालहरू अर्कोतर्फ थिए । यसरी पहाडहरू घाँस र बोटबिरुवाले ढाकिएका थिए । पहाडहरूको तल घरहरू थिए र पहाडमा  घाम लागेकाे थियो।

त्यो दृश्य धेरै आकर्षक थियो मलाई  साँच्चिकै रमाइलाे लागेकाे थियाे ।   हवाइजहाज  केही काेल्टिने क्रममा  मैले हिमालहरू देख्न पाएँ  । त्यहाँ कुनै बोटबिरुवा र सूर्य थिएनन् । जुन एकदम चिसो देखिन्थ्यो । त्यहाँ तल मैले हिमालहरूलाई घरहरूजस्तै देखेँ तर पहाडहरूमा  केही घर थिएँ जुन माथि थिए  र तिनीहरूका कुनै बोटबिरुवा थिएनन् । त्यहाँ सुनसान र आनन्दमय वातावरण थियो मेरा बुबाले मसँग फोटोहरू पनि खिच्नुभयो । त्यसपछि  हामी एयरपोर्टमा फर्क्यौं । हामीलाई  त्यहाँ रमाइलो लाग्यो । त्यस यात्रालाई मैले कहिल्यै बिर्सिने छैन ।