Logo

Student Corner

Articles

तिहार कार्यक्रमको दैनिकी
- Aakanchya Khadka - 2026001, G ... 27 May, 2019

तिहार हाम्रो महान चाड हो| तिहारमा हामीले लक्ष्मी भगवानको पूजा गर्छौँ| तिहारमा हामीले पटका पड्काउछौँ | हाम्रो स्कुलमा पनि तिहारको देउसी भेलो कार्यक्रम भयो ।जहाँ हाम्रा अभिभावकहरूलाई पनि बोलाइएको थियाे । त्यो दिन हाम्रो स्कुलमा सेल रोटी पसल पनि राखिएकाे थियो| कोही अभिभावकहरुले रङ्गाेली बनाउनु भयो भने कोही अभिभावकहररूले दियो बाल्नुभयाे । । कोही भने भवन घुमघाम गर्नुभयाे ।| अभिभावकहरू रमाउँदै सेल रोटी खानुभयाे । हाम्रो सङ्गीत शिक्षक र अन्य विद्यार्थीहरुले विभिन्न परम्परागत गीतहरु गाउनुभयाे । अभिभावकहरुले हामीले बनाएको रङ्गाेली पनि हेर्नुभयो| हाम्रो स्कुलको कार्यक्रम असाध्यै  राम्रो र रमाइलो भयो ।


Read More
डियरवाक सिफल नाइट २०७५
- Pratik Dangol - 2026014, Grad ... 19 May, 2019

२०७५/०८/१४ गते हाम्रो स्कुलमा डियरवाक सिफल नाइट कार्यक्रम भएको थियो | कार्यक्रम अत्यन्त राम्राे भएको थियो ।त्यस दिन  नाटक, योग, गीत मन्त्र नृत्य अादि कार्यक्रम भएकाे थियाे । साेही कार्यक्रममा हाम्रा आमा बुबा आउनुभएको थियो| हाम्रो स्कुलकाे सजावट भव्य  थियो | कार्यक्रममा कक्षा ३,४,५,६, र नृत्य, संगीत, योग, क्लबका विद्यार्थीहरुले भाग लिएका थिए| साेही कार्यक्रममा म एकदमै खुशी थिएँ| त्याे कार्यक्रम ३ बजेबाट साढे ६ सम्म भयो| हामीलाई कार्यक्रम हेर्न मन थियो तर हामीले कार्यक्रम हेर्न पाएका थिएनाैँ| मैले ६ वटा प्रतीयोगितामा भाग लिएको थिएँ| मेरो काम सजिलो थियो| मैले कार्यक्रममा स्वस्ति वाचन, धिमाल  नाच, गीत, अंग्रेजीमा उद्घाेषण, चिनियाँ गीत, र एउटा लघु कथा भनेको थिएँ| सबैले राम्रो गरेका थिए । मलाई चाहि नाटक क्लबको नाटक चाहीँ धेरै मनपरेको थियो किनभने त्यो नाटकबाट मैले सिके कि हामीले दाइजो दिनु र लिनु हुँदैन ।


Read More
अभिभावक दिवस
- Sarthak Pandey - 27027, Grade ... 21 April, 2019

अभिभावक दिवसमा हाम्रा अभिभावकहरु आएर हाम्रो कार्यक्रम हेर्नुभएको थियो । हाम्रा सङ्गीत शिक्षकले हामीलाई सङ्गीत सिकाउनुभएको थियो । हामीलाई नृत्य शिक्षकले नृत्य सिकाउनुभएको थियो । मेलै सङ्गीतका साथै नृत्यमा पनि भाग लिएको थिएँ । मलाई धेरै खुशी लाग्यो| हामीले धिमाल नृत्य गरेका थियौँ  । हामीले संस्कृत भाषामा स्वस्ति वाचन पनि गर्‍याैँ । मेरा अभिभावक धेरै खुशी हुनुभएकाे थियाे ।मेरा साथीहरुले धेरै प्रतियोगितामा भाग लिएका थिए| मैले जम्मा तिनवटा प्रतियोगितामा भाग लिएको थिएँ । मैले प्रतियोगिता प्रदर्शन गरेको मेरा आमाबुबालाई धेरै मनपरेको थियो | मेरा केही साथीहरुले चिनियाँ भाषाको गीत पनि गाएका थिए |


Read More