If we take out paper bills or swipe a credit card, we indulge in most of the transactions in the money of everyday use. Indeed, the backbone of the economy around the world is money. Currency refers to paper money that is in circulation or coins. In fact, however, money is just a small piece of the monetary economy and only one factor when looking at the overall supply of capital. Indeed, much of the money today remains as credit money or electronic records deposited in databases in banks or financial institutions. But even, the bread and butter in day-to-day purchases is money.
So, what exactly is the worth of our modern money, whether it's an American dollar or a Nepali currency? Unlike early coins made of precious metals, much of what is minted today doesn't have any economic worth. However, it still maintains its appeal. In the case of "representative money," each coin or note can be exchanged for a fixed sum of a commodity. But, what would happen if the money stopped existing?
First, the world economy would crash and everyone would have to start again from scratch. It would create chaos, riots, and reckless abandon setting in over the first few days. Consider the at times the scenes of a Black Friday sale then imagine that everything in every store in every country suddenly became available not just at a very low price but at no charge whatsoever. As part of the pandemonium, people would fight and perhaps even kill each other for various goods. Health care products and medicines would probably be in particularly high demand while grocery stores would also quickly be pillaged with many resorting to violence to secure an adequate amount of food supply. The psychological impact would extend far beyond in-store scuffles though life savings would suddenly be lost and regular incomes would disappear regardless of how an individual may have accumulated their wealth through greed, dishonesty, or genuine hard work, they now are without the fruits of their labor. In 2016, India attempted a part demonetization by invalidating certain denominations of the bill but the move reportedly prompted people to die of heart attacks after learning of their change in fortune with others committing suicide. There were also some cases of people refusing to work as faith in the value of their wages plummeted. Consider a similar reaction on a global scale and the catastrophe widens with potential for doctors, nurses, police officers, and all types of emergency service workers to walk away from their roles. According to reports, in India’s case, there were examples of patients dying because the hospitals refused them service amidst the panic. As harsh as it seems, it’d be a probable outcome over the world. While a monetary wipeout would see the rich suddenly rendered penniless and destitute, it could be a different story for poorer people on some levels at least as money would no longer hold meaning in their lives either major debts would be cleared and financial equality should set in given that everyone would have zero finances to speak up that’s not to say that prejudice based on wealth would disappear entirely. In fact, it could be intensified as those who had previously had more money might seek some sort of recognition for their financial history. All things considered, the initial response to a moneyless world would be hectic and probably more negative than positive.
Ref: https://www.watchmojo.com/video/id/24178
मानौँ कडा मेहनतले आजभन्दा ७ वर्षपछि तपाईंले आफ्नो जीवनलाई धेरै सफल बनाउनुभयो रे । इमानदारीका साथ बर्साैँ गरेको मेहेनतको फलस्वरूप तपाईंले काठमाडौँमा गाडी, नोकर चाकरसहितको चिटिक्कको घर अनि बैङ्कमा पुग्दो ब्यालेन्स राख्न सफल हुनुभयो रे । तपाईंको यस्तो भव्य सफलता देखेर तपाईंका साथीभाइहरू नै भित्र भित्रै बडो इर्ष्या गर्न थाले रे र घर परिवार पनि बडो खुसी भयो रे ।
मानौँ त्यतिबेला तपाईंको एउटा सानो सुखी परिवार पनि छ रे, जसमा तपाईं, तपाईंकी श्रीमती अनि रहरलाग्दो छोरा र छोरी छन् । सधैँ तपाईं काठमाडौँका सयौँ समस्याहरूसँग हेर्दै लड्दै अगाडि बढिरहनुभएको छ । यहाँका हरेक दिन दैनिक समस्याहरूमा कसैले पनि चासो नदिएको देख्दा तपाईंलाई बैराग लाग्छ, उदास हुनुहुन्छ । निरास भएर तपाईंको मुखबाट एउटै मात्र वाक्य निक्लन सक्छ “यस्तै हो जिन्दगी, के गर्न सकिन्छ र !” तपाईंले हेर्दा हेर्दै काठमाडौँको सुन्दरताबाट मरिसकेकाे बागमती धेरै प्रदूषित हुन्छ । बागमती सफा गर्ने मेरो कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो भन्दै तपाईं सधैँ यसको प्रमुख दोषी खोज्नुहुन्छ । कहिले यो काम त पक्कै सरकारको हो भन्नुहुन्छ त कहिले यो पक्कै त्यही ढल मिसाउने गैरजिम्मेवार नागरिकहरू नै हुन् भनी दोष लगाउनुहुन्छ । शङ्काहरू पनि धेरै हुन्छन् मनमा । यस्तो सुन्दरता बिग्रिनुमा तिनै डलरकाे खेती गर्ने कुनै गैरसरकारी संस्थाको पनि हात छ भनी तपाईं गाली गर्नुहुन्छ । अझै माैसम परिवर्तनले गर्दा हो भनी पनि आफू यो जिम्मेवारीबाट पन्छिन खोज्नु हुन्छ । खैर, तपाईंकै मन, तपाईंकै मर्जी ! कसैले प्रश्न गर्न सक्दैन ।
फेरि हामी अब तपाईंकै सुखी परिवारमा फर्कौं । आफ्ना छोराछोरीलाई तपाईंले बडो अब्बल र संस्कारी तरिकाले हुर्काइरहनुभएको छ । उनीहरूकाे बुद्धि र विवेकको विकासका लागि यस्ता महँगा र अत्याधुनिक मन्टेस्साेरी, कलेजहरूमा पढाई आइप्याड/आइफोन र ल्यापटपजस्ता अत्याधुनिक प्रविधि र महँगा यन्त्रहरू उपलब्ध गराउनुका साथसाथै संसार बुझ्न विभिन्न देशमा घुमाउन पनि लानुहुन्छ । तपाईंलाई विश्वास छ कि एक दिन ती छोराछोरीहरूले नै ठुला भएर पक्कै पनि देशविदेशको लागि सबल नेतृत्व र बाबुआमाको नाम बन्नेछन् । देशप्रतिको आफ्नो अधुरो कर्तव्य र सपना तपाईंले यिनै दुई सन्तानद्वारा पुरा गर्नुहुन्छ । सही ठाउँमा लगानी गरेको छु भन्दै तपाईं आफैँलाई धन्यवाद दिनुहुन्छ र साथै मनमनै खुसी हुनुहुन्छ । यस्तै सोचले तपाईंलाई हौसला दिन्छ, “मैले त सकिनँ, तर मेरा छोराछोरीले त पक्का यो देश बनाउँछन् ।”
Beauty can also be seen in nature´s dark cold days
In majestic hills, south of the Great Himalayas
Oh lord, what beautiful scene of nature coincide
A very holy morning, nearby the hills of the Sindhuli Mai
A sobering morning, the brightest clouds colliding,
This look what in that dawn, where clouds form a heavenly lake,
Between the hills of three ancient kingdoms,
Birds chirping their praying enchants to call the mother nature,
Oh, look! ah even the trees bowing and dropping their dews
Sun rays, here it is, which is giving a direction to the river to flow down the foothills,
Dandelions fragmenting their petals, and welcoming it's another day
This what looks in the winter days in karat where it's giving evidence,
"There´s nothing to be afraid of", she says.
कुनै पनि देशको विकासमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । देश विकासको मुख्य आधार विद्यार्थीहरू नै हुन् । आजका विधार्थीहरूले भोलि गएर देशको सम्पूर्ण दायित्व आफ्नाे काँधमा लिने हुँदा देशको भविष्य उनीहरूकै हातमा रहेको हुन्छ । हुन त देशको विकास कुनै एक वर्गबाट मात्र हुन सक्दैन । देशको चौतर्फी विकास गर्नका लागि प्रकाशक, शिक्षक, डाक्टर आदि सबै वर्गको उत्तिकै भूमिका रहेको छ । यीमध्ये पनि देशको विकासका लागि विद्यार्थीको विशेष भूमिका रहन्छ । आजका विद्यार्थी नै भोलि गएर कुशल प्रशासक, शिक्षक, डाक्टर बनेर देश विकासका कार्यमा जुट्ने भएकाले कुनै पनि देशले हरेक क्षेत्रमा उन्नति गर्नका लागि विद्यार्थीमा भर पर्नुपर्छ । विद्यार्थीकै भरमा देशले शिक्षा, स्वस्थ्य, सञ्चार, उद्योग आदि हरेक क्षेत्रमा राम्रो उन्नति गर्ने भएकाले देश विकासमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ ।
विद्यार्थीहरूले राम्रो शिक्षा पाए भने उनीहरू असल एवम् चरित्रवान् बन्दछन् अनि नराम्रो शिक्षा पाए भने उनीहरू खराब एवम् चरित्रहीन बन्दछन् । खराब एवम् चरित्रहीन विद्यार्थीले भविष्यमा न त आफ्ना लागि केही गर्न सक्छन्, न त देशका लागि नै । विद्यार्थीहरूले पर्यावरणको पनि निरीक्षण गर्नुपर्छ । यसको अर्थ उनीहरू हरेक क्षेत्रमा सक्रिय हुनुपर्छ । एउटा विद्यार्थीले हरेक क्षेत्रमा अनुशासित भई काम गर्नुपर्छ । उनीहरू राष्ट्रका लागि बाधक होइन सहायक हुनुपर्छ किनभने विद्यार्थीहरू त्यो शक्ति हुन् जो चुनौतीलाई स्वीकार गर्छन् र सफलता प्राप्त गर्छन् । एउटा युवा विद्यार्थीले राष्ट्ररक्षाका लागि सिपाहीको भूमिका पनि निर्वाह गर्नुपर्छ ।
वर्तमानमा हाम्रो राष्ट्र केही स्वार्थी मानिसहरूले गर्दा भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ । भ्रष्टाचारबेगर न्याय पाउन पनि गारो भइसकेको छ । विकासको हरेक पाइलामा इमानदार मानिसहरू अगाडि आउनु र उनीहरूलाई प्रतिष्ठा प्रदान गर्नु वर्तमानको खाँचो रहेको छ । एउटा विद्यार्थी निस्वार्थी हुनुपर्छ र निस्वार्थताको पाठ प्रत्येक विद्यार्थीलाई पढाउन अघि सर्नुपर्छ । यसबाट एउटा यस्तो समूहको निर्माण हुन्छ, जसले राम्रो समाज र सक्षम राष्ट्रनिर्माणमा कुशल नेतृत्व प्रदान गर्न सक्छन् । यसको अर्थ विद्यार्थीहरूले नयाँ र पुरानो पिँढीबिच सेतुको काम पनि गर्नुपर्छ । उनीहरूले पुरानो पिँढीसँग सुझाव लिएर नयाँ पिँढीलाई दिशानिर्देश गर्नुपर्छ । यसबाट ज्ञानवृद्धिका साथसाथै राष्ट्रनिर्माणमा समेत मद्दत पुग्छ ।
विद्यार्थी वर्गबाटै देशले आफ्नो भविष्य बन्ने आशा राखेको हुन्छ । हुन पनि उनीहरूकै कार्य कुशलताबाट देशको भविष्य चम्किन्छ । त्यसैले उनीहरू देश विकासका आधारशिला हुन् । विद्यार्थी वर्गले चाहेमा कुनै पनि देशको विकास हुन असम्भव छैन र यस कुरातर्फ विद्यार्थीले सोच्नुपर्छ । देश विकासको कार्यलाई टेवा पुर्याउन सक्ने ज्ञान र सिप सिक्ने काममा जुटिरहनु नै विद्यार्थीको कर्तव्य हो । विद्यार्थीहरूकाे पढाइबाटै देशको चौतर्फी विकास हुने भएकाले देश विकासमा विद्यार्थीको भूमिका उल्लेखनीय रहेको छ ।
त्यसैले देश विकाशमा विद्यार्थीको धेरै ठुलो महत्त्व हुन्छ र विद्यार्थीले पनि यो कुरालाई मजाकका रूपमा लिनु हुँदैन ।
I am a semicolon, I live with my friends
In a big house where the places are less
‘P’ on my top and ‘L’ on my left
There is even someone who is living by my side
People use me to link or use me at the end
I wish to be used at first but the sentence will make no sense
I am rather hated than being loved
If I am ever missed even once in their job
This is my story, I have no more to tell
I am a semicolon, I live with my friends
लगभग सबैजसाे ठुला कुकुरहरूको पूर्वज तिब्बती मास्टिफ भनिने जातको हो । यसलाई नेपाललमा भोटे कुकुर भनेर चिनिन्छ । यसको आयु बाह्र-पन्ध्र वर्षको हुन्छ। तिब्बती मास्टिफ जातका कुकुरहरू हेर्दा ठुला मात्र होइनन् उनीहरूमा उनीहरूको परिवारलाई बाहिरी खतराबाट जोगाउने सामर्थ्य र चलाखी छ भन्ने कुरा उनीहरूकाे कामबाट देखिन्छ । जब तिनीहरूलाई पाले कुकुरका रूपमा प्रयोग गरिन्थ्यो, तिनीहरूलाई कामका लागि सम्पूर्ण गाउँको हेरचाहको जिम्मा दिइन्थ्यो । तिब्बती मास्टिफ प्राचीन कालदेखि नै थियो, जब तिनीहरूका पुर्खाहरू हिमालयको उच्च पठार र उपत्यकामा घुमन्तेहरूसँग बसेका थिए । यिनीहरूमध्ये केही बलिया कुकुरहरू पश्चिमतिर युरोपसम्म ल्याइएका थिए । आँटिला हुनाले उनीहरूका सन्तानबाट मास्टिफ्स बक्सर र सेन्ट बर्नार्डलगायत आधुनिक मोलोसेर नस्लहरू बने । यी कुकुरहरूको लामो स्वरचिम्टी र ठुलो फोक्सो हुन्छ जसले गहिरो ठुलो आवाज निकाल्दछ ।
तिब्बती मास्टिफका मांसपेशीहरू ठुला र बलिया हुन्छन् जसले तिब्बती मास्टिफलाई लड्न र रक्षा गर्न बल दिन्छन् । याे कुकुरको ठुलो र उल्लेखनीय उपस्थितिले विश्वमा चीनको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशको कल्पनालाई समातेको छ, यो एउटा आश्चर्यजनक नयाँ प्रवृत्ति हो जहाँ कुकुरको स्वामित्व पचास वर्षपहिले वास्तवमा प्रतिबन्धित गरिएको थियो । विगत २० वर्षमा तिब्बती मास्टिफ चिनियाँ कुकुरको कल्पनामा परिर्वतन अग्रणी रहेको छ किनकि चिनियाँ मध्यम वर्ग गरिबीबाट समृद्धिमा बढेको छ, जसरी कुकुरप्रेमीहरूको फौज बढेको छ । तिनीहरू अब उत्तम जातका देखिन तिब्बती मास्टिफ सम्मेलनहरूमा ओइरिएका छन् । आज आधुनिक चीनमा विशाल घर र ठुलो तिब्बती मास्टिफ हुनुलाई धेरै धनी र प्रख्यात हुनाकाे प्रतीकका रूपमा लिइन्छ । एक तिब्बती मास्टिफ चीनमा लगभग २ लाख डलरमा बेचिएको थियो । तिब्बती मास्टिफलाई चिसो र सुक्खा मौसम उत्तम हुन्छ । तिनीहरूको क्षेत्रीय प्रकृति मतलब तिनीहरूलाई राख्ने ठाउँलाई ठुलो बारको आवश्यकता पर्दछ । शुद्ध तिब्बती मास्टिफ एकदम दुर्लभ छ । तिनीहरू विशाल र क्रूर हुन्छन् र सिंहजस्ता देखिन्छन्।
तिब्बती मास्टिफले केही विशेष स्वास्थ्य चिन्ताको अनुभव गर्न सक्दछ, हिप डिस्प्लासिया थाइरोइड समस्या, छालाको अवस्था र सङ्क्रमण यीमध्ये केही मात्र हुन् । एक स्वतन्त्र र अक्सर जिद्दी जातको रूपमा तिब्बती मास्टिफ पक्कै पनि नौजवान कुकुर मालिकको लागि होइन । तिब्बती मास्टिफहरू उनीहरूको परिवारप्रति मायालु र सुरक्षात्मक छन् तर अपरिचितहरूदेखि होसियार छन् । मस्टिफलाई खुसी र स्वस्थ राख्नको लागि तपाईंसँग सुख्खा र चिसाे वातावरण हुनुपर्दछ । यसले लामो समयसम्म बाँच्ने प्रजातिका ठुला कुकुरहरूको सामान्य स्वास्थ्य समस्याहरू अनुभव गर्दछ । यो महत्त्वपूर्ण छ कि तपाईंको तिब्बती मास्टिफले जवान उमेरबाट सामाजिक अनुभव प्राप्त गर्दछ । यदि तपाईंले समय दिन र हेरचाह गर्न सक्नुभयो भने यसले तपाईंप्रति असीमित वफादारी देखाउने छ । तिब्बतबाट सुरु भएका कुकुरहरू भारतमा फेला परेकाभन्दा दुई गुणा ठुला छन् । तिनीहरू अत्यन्त शक्तिशाली छन् र विश्वास गरिन्छ कि तिनीहरू बाघ मार्न पनि सक्षम छन् ।
सन्दर्भ सामग्री :
फेल्टेन्स्टैन, मार्था (सन् १९८४), अमेरिकन टिबेटन मास्टिफ असोसिअसन्, न्यु जर्सी ।
This year 2020 has been one of the most memorable years in history, but more for negative events. The year started with Australia declaring the state of disaster in January owing to the Australian bushfire across the east coast of Australia killing more than 3 billion animals and destroying the natural habitat of more. In February, the world faced the destruction caused by swarms of deadly desert locusts. Amid all these natural disasters, the World Health Organization (WHO) announced the COVID-19 outbreak as a pandemic on March 11, 2020.
The COVID-19, previously known as the novel coronavirus, started in Wuhan, China in December 2019, and in January 2020, the WHO declared global health emergency due to the rapid spreading of the virus worldwide. Later in February 2020, the novel coronavirus was renamed “COVID-19” by the WHO where “CO” refers to “Corona”, “VI” refers to “Virus”, and “D” refers to “Disease”. And the event was announced as a global pandemic in March 2020, as mentioned earlier. As of the first week of October 2020, the total number of COVID-19 cases around the world is 34.86 million, with 7.92 million active cases, 25.91 million recovered cases and 1.03 million deaths. Owing to the pandemic, the majority of the countries in the world started lockdown to minimize the spreading of the virus, which had a huge impact on the world economy ultimately affecting the employment of the people throughout the world resulting in a high rate of job cuts worldwide.
The main sector affected by the job cut was especially the private sector. Because of COVID-19 nearly half of the world's workforce is a huge risk of losing their livelihoods. Due to this economic crisis created by the pandemic world’s workforce of 3.3 billion and almost 1.6 billion informal economy workers are suffering massive damage to their capacity of earning for their livelihood. Without any alternative income sources, the workers and their families have no means to survive. Millions of businesses around the world are barely surviving. Many people are facing difficulties in this pandemic not only because of the virus but also from job cuts, no food, expenses, and shelter. Especially in developing countries, people are facing many problems.
Reference
https://www.bbc.com/news/coronavirus
कलिलो उमेरमै धेरै कुराहरू बुझेको छु, भोगेको छु भन्ने विचारधारामा म सहमत हुन सक्दिनँ । सबैजस्तै मैले पनि समयसँग खेल खेलेको छु र समयको साथसाथै म पनि परिवर्तन हुन पुगेको छु । सानो बेलाको त्यो निर्दोष अनुहार याद गर्दा मस्तिष्कले सोच्छ कि त्यो निर्दोषता कता हरायाे ? त्यो बेला साथीभाइसँग खेलकुद गर्दा उत्पत्ति हुने जाँगर र रहर कसले पो चोरी लगेछ भन्ने प्रश्न आफूलाई गर्छु तर जति गम्भीरताका साथ यी कुराहरू सोचे पनि आजभोलि न खेलकुद गर्ने जाँगर चल्छ, न त्याे निर्दोष अनुहारको खोजी गर्ने ख्याल आउँछ । आफू बदलिएको देखेर आफैँ अचम्मित हुन्छु अनि हरेक दिन यो परिवर्तन समाजले स्वीकार गर्ला कि नगर्ला भन्ने दोबाटोमा पुग्छु ।
अहिले के कुरामा ध्यान दिने र पछि भविष्यमा के गर्ने जस्ता महत्त्वपूर्ण कुराहरू आफूलाई नै स्पष्ट नभएपछि आफ्नो अवस्था देखेर दया लाग्दैन त ? अनि यही कुरा अरूले प्रश्न गर्दा कहिले नबन्ने डाक्टर र इन्जिनियर भन्नुबाहेक अरू के उत्तर नै बाँकी रहन्छ र ? पहिलेजस्ताे एउटै कुरामा ध्यान दिन सक्ने क्षमता कमजाेर हुँदै गएकाले नेपालमा पाइने दुर्लभ प्राणीहरूजस्तै एक दिन याे क्षमता पनि विलुप्त हुने सम्भावना देख्दछु ।आफूमा अहिले यस्ता कमीहरू देखा परेपछि मैले आफ्नो प्रगतिको लागि गरेका सबै प्रयासहरू आधाअधुरा लाग्न थाल्छन् तर मेरा यी कमी र कमजोरीहरूले मलाई साधारण व्यक्ति हुने दृष्टिकोणबाट बाहिर धकेलेका छन् त ? मेरा कमजाेरीहरू धेरै प्रतिकूल भए भन्दैमा म स्वत: असामाजिक व्यक्ति बन्न पुग्दिनँ र यी कमजोरीहरूभन्दा विपरीत काम गरेमा अरूले मलाई साधारण व्यक्ति भन्लान् त ? जति गहिरो गरी विचार गर्दा पनि के कुराले चाहिँ मलाई साधारण तुल्याउँछ भन्ने उत्तर फेला भएको छैन । तर सबैजना आफ्नै जिन्दगीमा व्यस्त हुन्छन्, त्यसैले म साधारण हुनु नहुनुकाे मुख्य अर्थ नै रहेन । समाजले वास्ता गरे पनि, नगरे पनि ‘के म साधारण छु ?’ भन्ने अस्तित्वगत प्रश्नको म जवाफ खोज्दै हुने छु ।
My friend is an Aquarian and he is quite a gem. Although he will irritate you, not once but over and over again, he will always have your back. He is very friendly but always has a pessimistic aura around him. He will notice every single word and action you do so be aware of your action. My friend doesn’t give a single thought to another person’s feelings. He won’t care about your emotions or your expectations, it’s not that he wants to hurt you but he simply doesn’t care about your small feelings. He will not show any emotions no matter what, he won’t beg you to stay no matter how much he really cares about you. He always chooses quality over quantity likewise with friends too. He is content with having a few friends rather than a whole bunch of idiots. He always does what he says which makes him very dangerous cause sometimes even I don’t know if he is joking or he is telling the truth. Having an Aquarian friend is both a blessing in disguise and a pain. He will believe in you if you believe in him.
He has an unbelievably high standard for things and you won’t be able to lower it, not even a tiny bit. He may be friendly to you but he doesn’t mix friendliness and friends together. Just because he is friendly to you, doesn’t mean you guys are friends. He doesn’t like to repeat himself so you should listen carefully for the first time. And the most shocking trait of my friend is that he looks very innocent but is a very troublesome guy.
He will not talk to you but only reply to you once you have gained his trust. He values trust over everything, but the hardest part is to gain his trust cause he will genuinely look out for that person who has earned his trust. By being a friend of an aquarian, I have gained a lot of skills like having zero expectations from people and tolerating a lot of nuisance. Being around my friend, he makes me feel like I am the most positive person because this guy is just too negative. I believe in my Aquarian friend as well as believe in our friendship to be a lifelong friendship.
स्वच्छ वातावरण मानिसलाई नभई नहुने कुरा हो । यदि वातावरण स्वच्छ छ भने हाम्रो वरिपरिका कुराहरू सफा र स्वच्छ रहन्छन् । स्वच्छ वातावरण भनेको आफ्नो वरिपरिको वातावरण सफा र स्वच्छ हुनु हो । स्वच्छ वातावरण हुनु मानिस र जन्तु दुवैलाई एकदमै जरुरी छ ।
वातावरणले मानिसको जीवन कस्तो छ भन्ने बुझाउँछ । यदि एउटा मानिस स्वच्छ र सफा वातावरणमा बस्छ भने उसलाई रोग लाग्ने सम्भावना धेरै नै कम हुन्छ र उसको स्वास्थ्य पनि राम्रो हुन्छ तर यदि एउटा मानिस फोहोर वातावरणमा बस्छ भने उसलाई रोग लाग्ने सम्भावना धेरै हुन्छ । स्वच्छ वातावरणले मानिसलाई स्वच्छ हावा र पानी दिने मात्र हैन यसले मानिसको जीवनकाल पनि बढाउँदछ । जो मानिस स्वच्छ वातावरणमा हुर्कन्छ, उसको बुद्धि पनि स्वच्छ र सफा हुन्छ ।
यदि स्वच्छ वातावरण बनाउन मन छ भने मानिसले फोहोरमैलाहरूलाई सही ठाउँमा राख्नुपर्छ । हामीले स्वच्छ वातावरण बनाएजस्तै त्यसलाई कायम पनि राख्न सक्नुपर्छ । स्वच्छ वातावरण राख्नका लागि समाजका सबै मानिसहरूले आफ्नो वातावरण सफा राख्नु जरुरी छ । तर सुरुचाहिँ आफैँबाट गर्नुपर्छ । यदि आफूले आफ्नो वातावरण सफा गर्न सुरु गर्यो भने यसले गर्दा अरूले पनि आफ्नो वातावरण सफा राख्नु पर्ने हौसला पाउँछन् । वातावरण स्वच्छ राख्नका लागि पनि कडाभन्दा कडा नियमहरू बनाउनुपर्छ र नियम पालना नगर्ने जनताहरूलाई केही सजाय दिनु आवश्यक छ । मानिसहरूलाई स्वच्छ वातावरणको महत्त्वका कुराहरू बुझाउन पनि वातावरण स्वच्छ राख्नु आवश्यक छ । जब मानिसलाई स्वच्छ वातावरणको महत्त्व थाहा हुन्छ, तब वातावरण आफैँ स्वच्छ हुनेछ । जनताले मात्र हैन सरकारले पनि स्वच्छ वातावरणका लागि कार्यहरू गर्नुपर्दछ । सरकारले स्वच्छ वातावरण कसरी राख्ने भन्ने योजना बनाउनुपर्छ र त्यो योजनालाई कार्यान्वयन गराउनुपर्छ ।
त्यसैले हामीले हाम्रो वातावरण स्वच्छ बनाउन जरुरी छ । यदि स्वच्छ वातावरण भयो भने हाम्रो देश पनि अन्तर्राष्ट्रिय स्तरमा स्वच्छ एवम् सफा राष्ट्र भनेर चिनिने छ । स्वच्छ वातावरण बनाउनका लागि समाजका सबै मानिसहरू एकजुट भई काम गर्नुपर्ने हुन्छ । स्वच्छ वातावरणले हामी बस्ने ठाउँलाई सफा बनाउँदछ । कुनै पनि देशको प्रशंसा हुन सरसफाइ नै पहिलो आधार मानिन्छ ।
Menstrual blood is the only source of blood that is not traumatically induced. Yet in modern society, this is the most hidden blood, the one so rarely spoken of and almost never seen, except privately by women.
-Judy Grahn
What is menstruation? Menstruation is normal vaginal bleeding that occurs as part of a woman’s monthly cycle. At some point during puberty, blood comes out of your vagina, and that’s your first period. Most people get their first period between the ages of 12 and 14, but some people get them earlier or later than that. Menstruation occurs in cycles. The ovaries prepare an egg for release and the womb prepares a lining to nourish the egg if it is fertilized. When the egg is not fertilized, the lining of the womb is shed and a woman gets her period. The typical length of time between the first days of the next is 21 to 45 days in young women, and 21 to 31 days in adults (an average of 28 days). Bleeding usually lasts around 2 to 7 days. Menstruation stops occurring after menopause, which usually occurs between 45 and 55 years of age. Periods also stop during pregnancy and typically do not resume during the initial months of breastfeeding.
Why is it stigmatized all around the world? Menstruation is a natural process, but it is still highly stigmatized in many countries. A lack of information about menstruation leads to these misconceptions and discrimination and compels girls to miss out on their normal childhood experiences and activities. It is a topic that people are usually uncomfortable talking about and is typically a topic that is only discussed behind closed doors. This is because cultures all over the world have developed detrimental concepts and beliefs about menstruation. It’s clear the way we talk about menstruation, the concept of it is slow to change because menstrual taboos are ingrained in our cultures, beliefs, and histories deep down. Because of the taboos surrounding menstruation in many parts of the world, there is a significant lack of health education resources available to people about the menstrual cycles. It is this lack of knowledge that fuels myths that ostracize and humiliate women during their monthly cycles. Therefore, the stigma of menstruation is perpetrated by cultural taboos, discrimination, and lack of education, silence, and period poverty.
How are women treated during their menstruation? From ceremonies, parties to menstruation huts, women are treated very differently around the world. Women are considered impure and, thus restricted from entering the kitchen, temple, touching the Holy basil, pickles, etc. In many cultures, menstruating women are not allowed to bathe or wash her during the first three days of her period. Talking about our country Nepal, Chhaupadi is such malpractice that still exists in Nepal that violated women’s and girls’ sexual and reproductive health rights. Not only in Nepal, many women in Venezuela, are also forced to sleep in huts during menstruation. In rural Ghana, menstruating women are forbidden from entering a house with a man or cooking food. In addition, in Kenya, studies have shown that girls will miss an average of four days of school each month adding up to about 20% of the school year.
Let’s Normalize Menstruation: Women face discrimination, harassment, and are looked down upon because of menstruation, as it is seen as a form of weakness rather than a necessary biological function. Adolescent girls need the support of their governments to provide adequate infrastructures, access to affordable sanitary products, and gender equity for them to manage their periods. But to establish sustainable social change, education is key. All girls and boys must be educated about menstruation and reproductive health to empower them to talk comfortably and candidly about periods and sexual health. This can be done by educating, promoting women empowerment, providing expanded resources, and encouraging candid conversations surrounding women’s health, menstruation may one day no longer be a taboo but will be celebrated for the natural experience that it is.
नेपाल एउटा सुन्दरताले भरिपूर्ण देश हो । यो देश अनेक जातजाति, भाषा, संस्कृति र भूगोलको मिलनले बनेको छ । यति भन्दा भन्दै पनि यहाँ मानिसबिच कुनै भेदभाव हुँदैन । यो देश करि ३ करोड नेपालीको वासस्थान हो र यहाँ सबैजना मिलेर बस्छन्, त्यसैले यहाँ अनेकतामा एकता छ भनेर भनिन्छ । संस्कृतिको कुरा गर्दा यो देश धर्ममा भन्दा पनि संस्कृतिमा धेरै धनी छ । नेपालमा धेरैजसो हिन्दु र बाैद्धमार्गीहरू छन् । यहाँ इसाई तथा इस्लाम धर्मका मानिसहरूको पनि बसोबास छ । शान्तिको प्रतीक मानिने बुद्ध पनि यही नेपालमै जन्मेका हुन् । हरेक साल बुद्धको जन्मदिनमा करोडौँ मानिस विश्वका अलग अलग ठाउँहरूबाट नेपाल प्रवेश गरिरहेका हुन्छन् । हिन्दुहरूको एउटा महान् चाड भनेको शिवरात्रि पनि हो । याे दिन शिवजीका भक्तहरू पशुपतिनाथस्थलमा आई शिवजीको पूजा गर्छन् । नेपालमा मनाइने चाडहरूमध्ये सबैभन्दा ठुलाे चाड दसैं हो । दसैँमा ठुला मानिसहरूले सानालाई टीका लगाई राम्रो भविष्यको कामना गर्दछन् । यस्ता अरू कयौँ चाडपर्व हामी नेपालीहरू मिलेर मनाउँदछौँ ।
यस देशमा सबै धर्मका मानिसहरू मिलेर बस्दछन्। ‘गाँस छाेड्नु, साथ नछोड्नु’ भन्ने उखानजस्तै आपतको बेला सबैले सबैलाई मद्दत गर्छन् । यसले नेपाली जातिको सहयोगी भावनाको उदाहरण दिन्छ । सुखमा मात्र साथ नदिई नेपालीहरू दुःखको बेला पनि साथ छोड्दैनन् । यही आपसी सहयोगले नेपाली संस्कृतिकाे विशेषता झनै झल्काउँछ । नेपाली संस्कृतिले समाजसेवालाई पनि उत्तिकै महत्त्व दिन्छ । घरमा आउने अतिथिलाई सेवासत्कार गरेर मात्र घर पठाउने हाम्रो नेपाली जातिको चलन रहेको छ । यति मात्र नभई मठमन्दिरमा जाँदा पनि हामी नेपालीहरू गरिबलाई अन्न दिई उनीहरूलाई मद्दत गर्दछौँ । त्यही परोपकारी भाव नेपाली संस्कृतिले सबै नेपालीमा जगाउँछ ।
नेपाली संस्कृतिमा राम्रा पक्षहरू मात्र नभई विकृत पक्षहरू पनि छन् । भगवान्लाई प्रसन्न बनाउन कति नेपालीहरू जनावरहरूकाे प्राण लिन्छन् तर भगवान् मारकाटबाट खुसी हुँदैनन् । आपत्काे बेला अरूहरूलाई सहयोग गर्ने, कसैप्रति घृणाको भावना नराख्ने, सबैलाई माया गर्ने जस्ता कुराहरू गर्न थाल्यौँ भने भगवान् मात्र हैन सबैजना खुसी हुन्छन् । एउटा मान्छेले यस्ताे कार्य सुरु गर्याे भने अरूले पनि त्यही मार्ग अनुसरण गर्न थाल्छन् र यही सानो पाइलाले समाजमा भएको विकृति हटाउने कार्यकाे थालनी गर्न सक्छ । बिहेपछि स्वास्नीमान्छेहरूले लोग्नेमान्छेको खुट्टा ढोग्ने प्रथा पहिलेदेखि नै नेपाली संस्कृतिमा चलिरहेको छ । मेरो विचारमा यो पनि नेपाली संस्कृतिको विकृत पक्ष हो । जहिले स्वास्नीमान्छेले मात्र खुट्टा ढोग्नु मेरो हिसाबमा सही होइन । विवाह भनेको एउटा पवित्र बन्धन हो र यस बन्धनमा बाँधिइसकेपछि दुवैजनाले एकअर्कालाई सम्मान गर्नुपर्छ र यदि स्वास्नीमान्छेले खुट्टा ढोग्नुपर्छ भने लोग्नेमान्छेले पनि आफ्नी स्वास्नीको खुट्टा ढोग्नुपर्छ ।
हामीले जति पनि लैङ्गिक समानताको लागि आबाज उठाए पनि ससाना प्रथाले गर्दा नेपाली संस्कृतिमा भएकाे लैङ्गिक विभेद हटाउन सकिएकाे छैन । यो भेदभाव महिलामा मात्र होइन, पुरुषमा पनि देख्न पाइन्छ, जस्तैः दसैँको दक्षिणा दिँदा छोरी मानिसहरूलाई दक्षिणा दिइन्छ भने छोराहरूलाई दिइँदैन । गरिब र असहायलाई हेप्ने, नाेकर बनाउनेजस्ता सोचबाट नेपाली संस्कृति र नेपाली समाज कुप्रथाबाट मुक्त हुन सकेको छैन । हामीले नेपाली संस्कृतिको सकारात्मक पक्ष बिर्सिन पुगेका छौँ । यही चल्दै गयो भने नेपाली समाजले नेपाली संस्कृतिको महत्त्व बिर्सिन सक्छौँ र नेपाली त्यसैले हामी नेपालीहरूले नेपाली संस्कृतिका विशेषताहरूलाई अगाडि बढाई नेपाली संस्कृतिमा भएका विकृतिहरू हटाउने कोसिस गर्नुपर्छ र यही कोसिसले एक दिन हामी नेपालीहरू अवश्य नै सफल हुनेछौँ ।