Logo

Student Corner

नेपालका विभिन्न समुदायमा क्रियाकर्म 

Written by: Adhit Upadhyay - 2022003, Grade XI

Posted on: 10 September, 2020

मानिसको जन्मपछि मृत्यु अवश्य हुन्छ । मानिसको जीवन आमाको कोखबाट सुरु हुन्छ र मृत्युपछि समाप्त हुन्छ । अन्तिम संस्कार मानिसको मृत्युपछि गरिने संस्कार हो । होम्रो देश नेपालमा विभिन्न जतजातिहरूमा आआफ्नै धर्म रीतिरिवाजअनुसार मृत्यु संस्कार गरिन्छ । हामी सबै जनालाई बाहुन, छेत्री, नेवार आदि जातिकाे मृत्यु संस्कारको बारेमा त जानकारी हाेला तर लेप्चा, सुरेलजस्ता लुप्त हुन आँटेको जातको मुत्यु संस्कारको बारेमा हामीमध्ये धेरै जनालाई थाहा नहुन सक्छ । कतिले त नाम पनि सुनेका थिएनौँ होला ।

मुस्लिम परम्पराअनुसार: मुस्लिम समाजमा मानिसको मृत्यु भएपछि लासलाई तीन पटक नुहाइदिन्छन् । त्यसपछि नयाँ लुगा लगाइदिन्छन् । यो समाजमा लासलाई कफनमा राखेर गाड्ने चलन छ । लासलाई सुगन्ध छर्केर प्रार्थना गरी चिहानमा गाडिन्छ । 

भोटे जातिको परम्पराअनुसार: हिमाली भेगमा बसोबास गर्ने भोटे जातिका मानिस मर्दा आन्तिम संस्कारका लागि लामा बोलाइन्छ । लामाले साइत हेरी लासलाई टुक्रा परेर गिद्ध र चिललाई खुवाउने प्रचलन छ । 

सुरेल जाति: दोलखाको तामाकोसी नदीको किनारमा बसोबास गर्ने सुरेल जातका मानिसको मृत्यु हुँदा लासलाई पिँडीको दायाँपट्टि राखी जलाउने गरिन्छ । जलाउनुअघि लासलाई नुहाइदिन्छन् र नयाँ लुगा लगाएर चितामा राखिदिन्छन् । चिता बनाउँदा मृतकको उमेरको आधारमा दाउराको सङ्ख्या राखिन्छ । 

लेप्चा जातिअनुसार: पूर्वी नेपालको इलाममा बसोवास गर्ने लेप्चा समाजका मानिसको मृत्यु भएपछि घरको ढोकाबाट लासलाई बाहिर निकालिँदैन । अर्कै ठाउँमा भित्ता फोडेर लासलाई बाहिर निकालिन्छ अनि गाउँले र आफन्त मिलेर लासलाई अग्लो पाखामा लगेर गाड्छन् । 

यसै गरी नेपालका अन्य जात तथा विभिन्न समुदायमा आआफ्नै परम्पराअनुसार संस्कार गर्ने गरिन्छ । एउटै मातृभूमिका हामी एकै नेपाली भए पनि हाम्रो जात फरक छ, हाम्रो कर्म फरक छ, हाम्रो परम्परा फरक छ । अन्तत: सबै नेपालीको उति नै महत्त्व छ, चाहे त्यो बाहुन होस् , नेवार होस् वा सुरेल होस् । हामी सबै नेपाली हौँ र हामीले सबैले सबैकाे संस्कृतिकाे सम्मान गर्नुपर्छ ।