Logo

Student Corner

विदेशको यात्रा

Written by: Sashuv Kafle - 21130, Grade XII

Posted on: 14 September, 2020

तिम्रो पाउमा ढोगेर म जाने छु,

आँखामा आँसु , मन भारी बनाएर जाने छु ।

 

थाहा छैन परदेशको संसार कस्तो हुने हो,

तर जे भए पनि तिमीलाई खुसी बनाउने छु ।

 

म सङ्घर्ष गर्ने छु अनि देश फर्कने छु

यो आउने १ वर्ष तिमीबिना १ शताब्दी झैँ हुने छ ।

 

दसैँसम्म आउन सकिनँ भने,

मेरी कान्छीलाई हेर्नू है, आमै !

 

तिम्रो माया सबभन्दा ठुलो र निस्वार्थ छ

विदेशको यात्राका लागि आशीर्वाद पाऊँ ।