Logo

Student Corner

Articles

तिहारकाे कामना
- Krituka Sapkota - 2024007, Gr ... 12 November, 2020

तिहार हो हाम्रो रमाइलो पर्व

 सदैव हामी गर्दथ्याैँ  गर्व

सबै मिली काम मिलिजुली

 चारैतिर  थ्याे अति झिलिमिली

 

दिदी बहिनी अनि दाजुभाइ

भेटघाट गर्थ्याैँ  रमाइ रमाइ

 मखमली अनि सयपत्री फूल

 जुवातास खेली नगराैँ भूल

 

सजाउने थ्याैँ  घर जाेर बत्ति बाली 

चम्काउने थ्याैँ  सहर सपना सजाई

रङ्गीचङ्गी ‌रङ्गोली बनाई

स्वागत गर्थ्याैँ  लक्ष्मीलाई

 

अहाे! यसपालि चारैतिर शून्य

पाेहारकाे तिहार हाे कसरी भुल्ने

न त आउने भए  देउसी भैलो कोही

दुःख पीडाले बस्याे विश्व राेई

 

ए कोरोना भाइरस जाऊ छिटो तिमी

हामी ‌फेरी मनाउछौँ चाडवाड उसै गरी

सबमा सदा गर्छु  कामना

सुस्वास्थ्य दीर्घायू छाओस् सबमा


Read More
वातावरण प्रदूषण
- Jiya Sapkota - 2024005, Grade ... 10 November, 2020

वातावरण भनेको हाम्रो वरिपरि भएको स्थिति वा अवस्था हो ।  हाम्रो वरिपरि ढुङ्गा, माटो, हावा, पानी, डाँडाकाँडा रुखबिरुवा लगायत विभिन्न पशुपंक्षीहरू रहेका हुन्छन् ।  तिनीहरूको समूहलाई  प्राकृतिक वातावरण  भनिन्छ ।  त्यसै गरी हाम्रो वरपर रहेकाे  सामाजिक वस्तुस्थितिलाई कृतिम वातावरण  भनिन्छ ।  वातावरण मानवीय जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय हो ।  प्रदुषण भनेको सोही वातावरण  फोहोर हुने स्थिति वा अवस्था हो ।  अहिलेको युगमा मानिसहरूकै लापरबाहीले गर्दा वातावरण पदूषण हुँदै गइरहेको छ ।  वातावरणीय प्रदूषण अन्तर्गत जलप्रदूषण, वायुप्रदूषण, माटोप्रदूषण र ध्वनिप्रदूषण रहेका छन् । 

जल प्रदूषण भनेको,नदी, तालतलैयाहरू फोहोर हुनु हो ।  मानिसहरूले पानीका स्राेत वरिपरि ढल मिसाउँदा, फोहोर फाल्दा, गाईवस्तुहरूलाई चराउँदा र उद्योग कलकारखानाहरूबाट निस्केका रसायनहरू पानीका स्रोतहरूमा मिसाउदा जल प्रदूषित हुन्छ ।  त्यसै गरी उद्योग कलकारखाना बाट निस्केका ठूलाठूला आवाजहरूको व्यवस्थापन गर्न नसक्दा हाम्रो वरिपरि कान खाने खालका ठूलाठूला आवाजहरू निस्किन्छन् जसले गर्दा ध्वनि प्रदूषित हुन्छ ।  बाटोमा विषालु रासायनिक पदार्थहरू मिसाउँदा ,कीटनाशक विषादीको प्रयोग गर्दा माटोमा अम्लीयपन बढ्दै जान्छ र माटो प्रदूषित हुन्छ ।  त्यसै गरी घरबाट निस्केका प्लास्टिकहरू जलाउँदा, उद्योग कलकारखानाबाट  निस्केकाे  धुँवा हावामा मिसाउँदा ध्वनि प्रदूषण हुन्छ ।  वर्तमान अवस्थामा वातावरण प्रदुषणका कारण बाढी, पहिरो जस्ता समस्या भोग्नुपरेको छ रुख बिरुवाहरू काटिनाले मानिसहरूको अवस्था अत्यन्त नाजुक हुँदै  गइरहेको छ ।  प्राकृतिक सौन्दर्य मासिँदै गएको छ ।  नदीहरू सुक्दै गएका छन् ।  हिमालहरू आवश्यकताभन्दा बढी  पग्लिएका छन्  ।  यी सबै कुराको कारक तत्व भनेको मानिस नै हो ।  जसले गर्दा मानिसले नै घाटा बेहोर्नुपरेको छ ।  वातावरण प्रदूषण कै कारण हाल आएर विभिन्न जीव जनावरहरू  हराउँदै गएका छन् ।  जनावरहरू मरेका  छन् रुखबिरुवा मरेका छन् नदीनालाहरू सुक्दै गएका छन् आवश्यकताभन्दा बढी तातो बढ्दै गएको छ  । 

मानिस कल्पनाशील प्राणी हो । उसले आफ्नो कल्पनालाई साकार गर्ने क्रममा आफ्नो चेतनाको प्रयोग गरेर काम गर्न सक्छ र केही चमत्कार, आविष्कारभित्र प्रकृतिको विनास समेटिएर वातावरण प्रदुषण भइरहेको छ । वातावरण प्रदुषित हुन नदिन उद्योगधन्दालाई व्यवस्थित रुपमा  सञ्चालन गर्नुपर्छ । उद्योगधन्दाबाट निस्केको धुवाँ धुलो तरल पदार्थ र ठुला-ठुला आवाजहरूलाई व्यवस्थित गर्न सकेमा अथवा व्यवस्थापन गर्न सकेमा वातावरण प्रदूषणबाट हामी बस्न सक्छौं । यसबाट बच्न  आफ्नो घर टोल सधैँ सफा गर्नुपर्छ । प्लास्टिकको प्रयोग धेरै गर्नुहुँदैन । 

 वातावरणीय प्रदूषणका कारण हामी आफै सङ्कटमा परेका छौँ । वर्तमान अवस्थामा हामी सङ्कटमा आउनु भनेको पनि वातावरणीय प्रदुषणकाे कारणले हो त्यसैले महासङ्कटबाट मुक्ति पाउन हामीले आफ्नो वरपरको वातावरणलाई सफा राख्नुपर्दछ र सकेसम्म वातावरण प्रदूषण नै हुन दिनुहुँदैन । समस्या आएर समाधान खोज्नुभन्दा समस्या हुन नदिनु नै बुद्धिमानी हुन्छ भन्ने कुरा हामी सबैले भनाइमा मात्र होइन व्यवहारमा प्रयोग गर्न सकेमा हामी वातावरणीय प्रदूषणबाट मुक्ति पाउन सकिन्छ ।  


Read More
भक्तपुरका जात्राहरू
- Joya Shrestha - 2024006, Gra ... 09 November, 2020

भनिन्छ, भक्तपुर जात्रै जात्राको सहर हो।  सोही कुरा सबैतिरबाट सुनेको कारणले गर्दा मलाई पनि  भक्तपुरमा देखाइने जात्रा हेर्न मन लाग्यो । सो कारणले गर्दा म एकपटक भक्तपुर जात्रा हेर्न गएकी थिएँ ।  त्यहाँ गएपछि मैले भक्तपुरमा मनाइने जात्राका विषयमा जानकारी लिन मन लाग्याे र यस सम्बन्धमा त्यहाँका मानिसँग साेधेँ ।  भक्तपुर एकदमै रमाइलो पर्यटकीय सहर रहेछ   र नेपालको सबैभन्दा धेरै मन्दिरहरू भएको ठाउँ पनि रहेछ ।   पाँचतले मन्दिर, तलेजु भवानीको मन्दिर, सूर्यविनायकको गणेश मन्दिर,दत्तात्रय मन्दिर आदि भक्तपुरका प्रसिद्ध मन्दिरहरू हुन् ।पाँचतले मन्दिरलाई नेपालको सबैभन्दा अग्लो मन्दिर मानिन्छ ।  यसलाई  न्यातापाेल मन्दिर पनि भनिन्छ ।  पाँचतले मन्दिर राजा भूपतेन्द्र मल्लले निर्माण गरेका हुन् । 

 यस्तो रमणीय सहर भक्तपुरमा विभिन्न खालका जात्राहरू पनि मनाइन्छन् ।  जस्तै, बिस्केटजात्रा, इन्द्रजात्रा, गाईजात्रा, नवदुर्गाजात्रा  आदि । नवदुर्गा भवानीहरूको तेह्रवटा मुखौटो पनि भक्तपुरमा नै बनाइन्छन् ।  जुन चित्रकार  थरका मानिसहरूले  निर्माण गर्दछन् ।  नवदुर्गाको  मुकुट कालो माटोले बनाइन्छ । त्यो माटोलाई कुटेर कपास मिसाएर फेरि कुटिन्छ अनि त्यसलाई मुखडाको आकारमा ल्याइन्छ र त्यसपछि विभिन्न रङ लगाएर सजाइन्छ ।   नवदुर्गा भवानीकाे मुकुट  घटस्थापनाको दिन बनाउन सुरु गरिन्छ र दसैँको नवमीको दिनसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ अनि टीकाको दिन बिहान  घरबाट बिदा गरिन्छ   र त्यसपछि नवदुर्गा मन्दिरमा लगेर  पूजा-आराधना गरिन्छ ।  वर्षभरिमा विभिन्न ठाउँमा लगेर जात्रा मनाइन्छ रवर्षको अन्त्यमा सबै ठाउँमा जात्रा सकिएपछि भक्तपुरमा भएको खोलामा लगेर अन्त्य गरिन्छ । 

 बिस्केट जात्रा नयाँवर्षको बेलामा आठ दिनसम्म मनाइने जात्रा हो ।  ठुला-ठुला रथहरू तानेर रमाइलो गर्ने काम यस जात्रामा गरिन्छ ।  यस जात्रामा कुनै कुनै व्यक्तिले जिब्रो छेड्ने  काम गर्दछन् ।  जिब्रो छेड्ने काम पनि उनीहरूको एक परम्परा अन्तर्गत नै पर्दछ ।  यस जात्रामा  भक्तपुरका नेवार समुदायका मानिसहरूले आफन्तजनहरूलाई बोलाएर भोज खुवाउँछन् ।   बिस्केटजात्रा  चैत महिनाको २८ गते सुरु गरेर वैशाखको ५ गते अन्त्य गरिन्छ । बिस्केट जात्रालाई वीरका जात्रा पनि भनिन्छ । 

त्यसै गरी भक्तपुरमा मनाइने  अर्को प्रसिद्ध जात्राको रुपमा गाईजात्रा पनि पर्दछ ।  यो जात्रा मरेको मान्छेको सम्झनामा मनाइन्छ ।  जुन घरबाट मान्छे मरेको छ  त्यस घरबाट  गाईजात्रा निकालिन्छ ।  साे जात्रा चाहिँ मान्छे मरेको एक वर्षभित्र निकाल्नुपर्दछ ।  कसैकसैले गाइ नै निकाल्छन् भने कसैले रथ निकाल्छन् ।  यस जात्रामा गाई र  रथहरूलाई सजाउने र मन्दिरलगायत सहर परिक्रमा गराउने चलन रहेको छ ।  मानिसहरू एकआपसमा लट्ठी हानाहान गर्ने  नाच नाचेर, बाजा बजाउने  र रमाइलो गर्ने चलन पनि रहेको छ ।  यसबाट सहरमा कति मान्छे मरेका छन् भन्ने कुराको आँकलन समेत गर्न सकिन्छ । 

 भक्तपुर अति नै रमाइलो सहर हो ।  यो अत्यन्त सुन्दर  रहेको छ ।  यहाँको सांस्कृतिक स्थलहरूको अवलोकन गर्न र सोही जात्राहरूको अवलोकन गर्न विश्वका धेरै पर्यटकहरू आउँछन् र अन्य सहरबाट पनि नेपालीहरू जात्राहरूको अवलोकन गरेर आनन्द लिन्छन् ।  यसले  नेवारी संस्कृति र नेपाली परम्पराको राम्रो संरक्षण गरेको छ ।  पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्दै आएको छ ।  यसरी आफन्तहरूसँग भक्तपुरको जात्रा हेर्न जाँदा मैले पनि निकै आनन्दित र रमाइलो महसुस गर्ने गरेकी छु  । 
 


Read More
Minecraft
- Surabhi Ghimire - 2025020, Gr ... 08 November, 2020

Minecraft is a paid online game which can be played as a single player and multiplayer. When I first heard about it, I was 9 years old.  As a 9 year old kid, I really wanted to play it but I didn’t want to ask my parents to pay for it. I thought I wouldn’t be able to play it ever but then one day my friend told me that there was a free version too and I was very happy to hear that. She told me how to download it and taught me various things. She's been a great friend.

I started playing it some months ago, basically 3 or 4 months ago during lockdown. I used my username as “Moxhiii” as I loved the food very much, Mochi. I then found out even Sanskriti played minecraft and for 1 or 2 months, I played as a single player.
Then I discovered multiplayer and different types of games inside it like :

1. Bedwars
2. Skyward
3. TNT run
4. Murder Mystery

For instance, Bedwars is basically a game inside the minecraft multiplayer where you protect your own bed and get others' beds. Your bed will respawn you everytime you die and if you don't have a bed and die you lose the game.
My first Multiplayer server was called “Jartex Network.”  After sometime of playing that probably for  2 to 3 weeks, a friend of mine told me about Pika Network. I joined the server and I fell in love with it. It wasn't complicated like other servers. Even though there were a lot of hackers like the people who try to cheat the game it's just really fun. Some people are toxic sometimes but it doesn't bother me. I made great friends in the game.

Overall, It's a great experience and I love it.  I play with Sanskriti most of the time whenever I can. It's just really fun and I'm glad I can play my dream game now without bothering my parents to pay for the game.


Read More
वातावरण प्रदूषण
- Niharika Chapagain - 2024008, ... 08 November, 2020

वातावरण शब्दले मूल रुपमा पृथ्वी वरिपरिको हावालाई जनाउँछ। वातावरणलाई मानिस, वनस्पति र जीव जन्तुहरूको घर मान्न सकिन्छ । हामी सबै प्राणी र वनस्पतिको जीवन वातावरणमा निर्भर हुन्छ। मानिस वातावरणमै बाँच्छ र वातावरणलाई मानिसले नै बचाउन वा बिगार्न सक्छ। पहिला वातावरण प्रदूषण भनेको के हो त? हामी वरिपरी भएको हावा, पानी वा जमिनलाई फोहोर पार्नु भनेको वातावरण प्रदुण हुनु हो ।     

अहिलेको समयमा मानिसहरूले आफ्ना सुख सुविधाका लागि गर्ने क्रियाकलापहरूका कारण वातावारण प्रतिकूल भएको छ । मानवीय क्रियाकलापले वातावरण प्रतिकूल भएको र साे कारणले मानिसहरूका साथ साथै वनस्पति र प्राणी जगतका सबै प्राणीहरू धेरै सङ्कटहरूको भूमरीमा फसेको कुरा मानिसहरूले देखेर पनि नदेखे जस्तो गरेका छन् । आफ्नो जीवन सरल बनाउनका निम्ति हामी मानिसहरूले उद्योगधन्दा स्थापना गरेका छौँ र कल कारखाना चलाएका छौँ । ती कल कारखाना र उद्योगधन्दाको कारण वातावरणमा रहेको हावा, पानी, र जमिन प्रदूषित भएको छ । त्यस्ता खतरनाक कलकारखाना, उद्योगधन्दाबाट निस्किएको विषादी, धुलो, धुँवाको धेरै असर वातावरण र मानिसमा देखिएको छ।  यस्ता विषादीको कारण बोटबिरुवाका साथसाथै धेरै प्राणीहरूको अस्तित्व नै सङ्कटमा पुगेको छ । मानिसहरूका त्यस्ता क्रियाकलापका कारण धेरै वनस्पति र जीवजन्तुहरू लोप भएका छन् । मानिसहरू यति लोभी भइसकेका छन् कि उनीहरूले वनस्पति र जीवजन्तुको जीवन त के आफ्नै जीवन पनि खतरामा राखेका छन्। तपाइँहरूले आजकल बढिरहेका रोगहरू र भाइरल ज्वरो, रुगा खोकी जस्ता कुराहरू पक्कै पनि सुन्नु भएको होला । यस्ता रोगहरू बढ्ने र नयाँ रोगहरू निर्माण हुनुको मूल समस्या वातावरण प्रदुषण हो । वातावरण प्रदुषणले वनस्पति, जीव जन्तुलाई मात्र नभएर मानिसहरूमा पनि ठुलो असर पारेको छ यसर्थ वातावरण प्रदूषित हुन नदिन मानिसले नै प्रयास गर्नुपर्छ । वातावरण प्रदुषित हुन नदिन मानिसहरूले रुख बिरुवा रोप्ने, आफ्नो वरिपरिको वातावरण सफा राख्ने, कलकारखाना, उद्योगधन्दा आदि मानिसहरूभन्दा टाढा खोल्ने, हरीयाली कायम राख्ने गर्नुपर्छ । वातावरण सफा भयो भने मानिसको स्वास्थ्य राम्रो हुन्छ । स्वच्छ वातावरण भनेको मानिसहरूको जीवन हो । 

मानिसको जीवन र स्वास्थ्यका लागि वातावरण स्वच्छ राख्नुपर्छ। स्वच्छ वातावरणले स्वच्छ विचार जन्माउँछ । वातावरण प्रदुषित भए मानिसको मन र मस्तिष्क स्वस्थ रहदैन त्यसका साथ साथै वनस्पति र जीवजन्तु पनि लोप हुन्छन् । वातावरण विनाश भए मानिसको अस्तित्वमा सङ्कट पर्छ । त्यसैले हरेक विकासका कार्यहरू गर्दा स्वच्छ वातावरणलाहरु केन्द्रमा राखेर सुचारू गर्नुपर्छ । वृक्षराेपणलाई विशेष महत्त्व दिनुपर्छ । हाम्राे साझा घर पृथ्वीलाई सधैँ स्वच्छ, सफा र हराभरा बनाउनुपर्छ । 


Read More
वातावरण प्रदूषण
- Sunabi Pokharel - 2024024, Gr ... 05 November, 2020

हामी वरिपरि भएका वस्तु र तिनका अवस्था आदिलाई वातवरण भनिन्छ र  हानिकारक सामग्रीहरूलाई वातावरणमा छाडिदिनु भनेको नै वातावरण प्रदुषण गर्नु हो । पहिलाको समयमा वातावरण त्यस्तो सारो प्रदूषित हुँदैनथ्यो तर अहिलेको समयमा आएर वातावरण प्रदूषित हुने समस्या धेरै देखिन थालेको छ । पहिलेका मानिसहरू वैज्ञानिक चमत्कार गर्न जान्दैनथे त्यसैले वातावरण प्रदूषित हुने कारण धेरै कम थियो । कि त मानिसहरूको अव्यवस्थित रूपमा दिसापिसाब गर्ने कि त फोहोरी जनावरहरूलाई पानीको श्रोत भित्र छिर्न दिने कुराले मात्र वातावरण प्रदूषित बनाउँथ्यो तर अहिले दुनिया बदलिन थालेको छ । संसारमा वैज्ञानिक चमत्कारहरू हुन थालेका छन् । एक रूपले हेर्ने हो भने यो धेरै राम्रो कुरा हो । यसले मानव जीवनलाई अझै राम्रो बनाउन सक्छ तर यी वैज्ञानिक चमत्कारहरू धेरै अव्यवस्थित ढङ्गले चलिरहेका छन्।

बढ्दाे वैज्ञानिक चमत्कारहरूले गर्दा मानिसले वातावरणको रक्षाका लागि  ध्यान नै दिन छोडेको छ । यसले वातावरणलाई कति हानि पुर्‍याएको छ भन्ने कुरामा कसैले वास्ता नै गर्दैनन् ।  सबैलाई जीवन सहज त बनाउनु छ तर आफ्नो जीवन जहाँ बिताउने हो त्यस ठाउँलाई राम्रो र व्यवस्थित बनाउने कुरामा कसैलाई मतलब छैन । हामी कलकारखाना त खोल्न चाहन्छौँ तर त्यहाँ भएका यन्त्रहरूले निकाल्ने धुवाँले हावालाई कसरी प्रदूषित गरेको छ भन्ने कुरा मानिसले बिरलै सोचेको छ । अहिलेका मानिसलाई किन बढी रुघाखोकी लागेको होला ? धुवाँ र धुलो मिसिएको हावामा सास फेर्‍याे भने मानिस स्वस्थ हुन सक्ने सम्भावना नै छैन । हामी कुनै ठाउँ छिटो पुग्नका लागि यातायतको प्रयोग गर्छौँ । यसले हामीलाई जुनसुकै ठाउँमा छिटो पुर्‍याइदिन्छ तर यी यातायतका साधनबाट निक्लिने आवाजले ध्वनि प्रदूषण बढाउँछ । ध्वनि प्रदूषण मात्र कहाँ हो र यसका अरू धेरै बेफाइदाहरू छन् । यातायतका साधनको दुरुपयोग हुन थालेको छ । अलिक टाढा भएको ठाउँमा जानका लागि यातायतको प्रयोग गर्न त ठिक हो तर १०-२० मिनेटको बाटो हिँड्नका लागि पनि गाडी चाहिन थालेको छ अनि यहाँ समस्या आउँछ मोटोपनको । केही मानिसहरू त पैसा खर्च गरेर जिम जान थाल्छन् । त्यो जिममा पैसा खर्च गर्नुभन्दा त आफूले नि:शुल्क प्राप्त गरेको बाटोमा हिड्नु धेरै फाइदा हुन्छ ।  ढलनलको नराम्रो व्यवस्थाका कारण पानीका श्रोतहरू प्रदूषित हुन थालेका छन् । कलकरखानाबाट निस्कने रसायनहरूलाई जमिनमा यत्तिकै छोडिएको छ । हामीले खाने फलफूल र तरकारीहरूलाई रसायनको भण्डार बनाइएको छ । यसले माटोलाई प्रदूषित गराउँछ । यी सबै प्रदूषणको असर हाम्रो वरिपरिको वतावरण, जनावर, चराचुरुङ्गी, बोटबिरुवा र हामीमा नै पर्छ ।

वैज्ञानिक चमत्कार गर्नु नराम्रो त पक्कै पनि हैन  तर यी चमत्कारहरू गर्दा राम्रो व्यवस्था मिलाउनु पर्छ । रसायनको कम उपयोग गर्न सकिन्छ, कलकरखानाबाट निस्कने पदार्थहरूको राम्ररी व्यवस्थित गर्नुपर्छ । ढलनललाई व्यवस्थित रूपमा कतैतिर फाल्न सक्यो भने धेरै राम्रो हुन्छ । मानिस सबैभन्दा विवेकशील प्राणी हो । मानिसले वातावरणलाई प्रदूषित बनाएर बिगार्न सक्छ भने सफा परेर सपार्न पनि सक्छ । वातावरण प्रदूषित भएका कारणले सूर्यका हानिकारक किरणबाट बचाउने ओजोन तह पातलिँदै छ । प्रदूषणकै कारण अहिले पृथिविको तापक्रम एकदमै बढ्न थालेको छ । हामीले जे भयो त्यसलाई मिलाउन सक्दैनौँ तर जे हुने वाला छ त्यसलाई रोक्न पक्कै पनि सक्छौँ । अत: विकासका कार्यहरू वातावरणकाे संरक्षणलाई प्रदूषित नगरी गर्न सक्यो भने हाम्रो यो संसार अझ राम्रो हुन सक्छ । 
 


Read More
My Experience Of Shifting To A New House For The First Time
- Rushina Tamang - 2025014, Gra ... 02 November, 2020

Four months ago, I moved to a new house. I didn’t move that far. My old house is quite near. I didn’t move that far because of my school. We had decided to move a few months ago because we wanted a change and a bigger house. Shifting to a new location made a huge impact in my life because this was my first time and I don't know many people in my new house. This environment is completely new for me. I had already started online classes by the time we were moving. While shifting, I had gone to my aunt’s house to study for a few days. So, I didn’t help much in moving things. And I didn’t know what my new house looked like at that time. But when I came back, I saw my new house. It was much bigger and nicer than the previous one. My room was much bigger. Since my room faced the sun, there was much more light in my room. And I hate a dark room. So, I loved it. I started decorating my room as much as I could. From the time we moved, the internet was down for 2 weeks because the man who fixed the internet wasn’t able to come because of corona. Till then, I had to use my neighbour’s internet which kept on lagging. But eventually our internet got fixed. I was literally so happy. When there was no internet, we just used to watch movies on my brother’s laptop. We watched Train to Busan, a zombie movie and I couldn't sleep for a week. Also we live on the top floor and right beside our house there is a huge plot with many trees and grass. In the morning and evening, a cool breeze comes through the windows and I just like to stare at the trees through the window having my snacks. We can even see a beautiful sunset from my window. Sometimes the sky even becomes pink. We can see the whole Kathmandu city from my window. So, now I am  used to my new house and I love it. So, that was my experience of shifting to a new house for the first time.


Read More
My Memorable Trip
- Sauharda Bajracharya - 202501 ... 01 November, 2020

On our visit to Singapore, Thailand, and Malaysia, I actually got lost. I went to a cruise ship and we lost our way to the hotel. 

We had taken a flight from Malaysia and reached Singapore. We checked at the airport and after three hours, we finally got out of the airport. We visited Marret street and we were making our way to an Aquatic museum. We stopped to take a rest and I went to the restroom. When I came out of the restroom, I was lost. I searched everyone for fifteen minutes and on the same trip one of my cousins also got lost. But after some time, I saw my brother and he took me to others and we started looking for my cousin. Hopefully, we soon found him. After that we went to visit an Aquatic museum. It was like I was in the middle of an ocean. The day was about to get over and we decided to visit a replica of a cruise ship.

We went inside the ship and it seemed luxurious but the food was not at all good, it was smelly and we saw people fishing in the dirty river.  We got out of the Cruise ship and we went back to our hotel. But the very next day, we lost our way to the hotel. We had visited a racing club and we went to a nearby shop and asked them and they guided us back to our hotel. We went back to the hotel and the next day we flew to Thailand. We visited, ‘The Great Buddha’ but when we reached Thailand, the King of Thailand passed away just a day later. It was our misfortune. We were stuck in Thailand and there was a curfew, we couldn’t visit any more places and after some days, after curfew was lifted, we took a flight and came back to Nepal. I still cannot believe I spent several days in a hotel in Thailand. Upon our arrival, I was surprised to know one of my relatives had a baby. It was a good surprise of course!  So this trip and those days on the trip, I can never forget!


Read More
 कम्प्युटर
- Ravi Raj Singh - 2026016, Gra ... 18 October, 2020

कम्प्युटर एक विद्युतीय  उपकरण हो जुन सूचना आदानप्रदान गरिने महत्त्वपूर्ण माध्यम हाे ।   कम्प्युटर शब्द ल्याटिन शब्द ‘कम्प्युटेयर’ बाट आएको हो ।  यसकाे अर्थ गणना वा कार्यक्रम संयन्त्र भन्ने हुन्छ ।  कम्प्युटरले कार्यक्रम संयन्त्रबिना  केही काम  गर्न सक्दैन।  यो बाइनरी अङ्कको एक स्ट्रिंग को माध्यबाट दशमलव संख्याको प्रतिनिधित्व गर्दछ।  'कम्प्युटर'   शब्दले सामान्यतया केन्द्र प्रोसेसर एकाई प्लस आन्तरिक स्मरणलाई  जनाउँछ। चार्ल्स बाबेजलाई कम्प्युटरको पिता मानिन्छ ।  चार्ल्स बाबेजद्वारा डिजाइन गरिएको पहिलो मेकानिकल कम्प्युटरलाई एनालिटिकल इञ्जिन भनिन्थ्यो।  यसलाई  पढ्ने र स्मृति  गर्ने काममा प्रयोग गरिन्थ्याे । कम्प्युटर एक उन्नत इलेक्ट्रोनिक उपकरण हो जसकाे प्रयोगबाट इनपुटको रूपमा कच्चा डाटा लिन्छ र निर्देशकहरूको नियन्त्रणमा यी डाटालाई भण्डारण गर्दछ । यसलाई  कार्यक्रम भनिन्छ र यसले  परिणाम दिन्छ  र पछि  प्रयोग गर्नकाे  लागि आउटपुट बचत गर्दछ।  यसले दुबै संख्यात्मक र गैर-संख्यात्मक (अंकगणित र तार्किक) गणना  गर्न सक्छ।

 

सही प्रकारको जानकारी पाउनु एउटा ठूलो चुनौती हो किनकि सूचना प्राप्त गर्नु भनेको अर्थपूर्ण हुनु हो।  विद्यार्थीहरूले हप्ताको ५६ घण्टा इन्टरनेटमा  समय खर्च गर्छन्। अनुसन्धानले देखाउँछ कि कम्प्युटरले सिक्ने क्रममा प्रदर्शनलाई वृद्धि गर्न सक्छ।  इन्टरनेटमा खुला विद्यार्थीहरूले भनेका छन् कि वेबले सबैलाई उनीहरूको शैक्षिक अनुसन्धान र लिखित कार्यको गुणस्तर सुधार गर्न मद्दत गरेको छ।  शिक्षामा एउटा क्रान्ति भनेको दूर शिक्षाको आगमन हो।  यसले इन्टरनेट र भिडियोमा आधारित अनलाइन कोर्सहरू प्रदान गर्दछ। कम्प्युटर प्रविधिले  औषधीका उपकरणहरूलाई आमूल परिवर्तन गर्दै छ।  सबै चिकित्सा जानकारी अब डिजिटल गर्न सकिन्छ।  सफ्टवेयरले अब एक रोगको जोखिम  कम गर्न कम्प्युटर सक्षम छभन्ने कुरा देखाएकाे छ ।  मानसिक स्वास्थ्य अनुसन्धानकर्ताहरूले मनोचिकित्साको खाँचोमा परेका किशोर किशोरीहरूलाई स्क्रिन गर्न कम्प्युटरहरू प्रयोग गरिरहेका छन्।  वैज्ञानिकहरूको बिच एउटा नयाँ एडभेन्चर भनेको "सहयोगी" हो, एक इन्टरनेटमा आधारित सहयोगी प्रयोगशाला, जुन विश्वभरिका अन्वेषकहरूले समेत सजिलै सँगै काम गर्न सक्दछन्।  आज, हाम्रो दैनिक जीवनमा धेरै प्रकारका कम्प्युटरहरू प्रयोग गरिन्छन्।  विश्वकाधेरैजसो भागहरूमा कम्प्यूटरको उपयोग नगर्ने उत्पादन वा सेवा प्रयोग गर्न असम्भव छ।  तल कम्प्युटरहरू प्रयोग गर्ने उद्योग, क्षेत्र र विभिन्न क्षेत्रका उदाहरणहरू छन् ।

 

कम्प्युटर एक इलेक्ट्रोनिक उपकरण हो जुन प्राय: सबै क्षेत्रमा प्रयोग गरिन्छ जहाँ यो अत्यन्त अप्रत्यासित पनि हुन्छ।  यस युगलाई सूचना प्रविधिकाेको युग भनिन्छ र अब हामी कम्प्युटर बिनाको संसार कल्पना गर्न सक्दैनौँ।  यी  दुई चीजहरू मिलेर बनेको एउटा हार्डवेयर हो र अर्को सफ्टवेयर हो।  कम्प्युटरका सबै भौतिक घटकहरू जस्तै किबोर्ड, माउस, मोनिटर आदि हार्डवेयर अन्तर्गत आउँदछन् जबकि सबै प्रोग्रामहरू र कम्प्युटरले प्रयोग गर्ने भाषाहरूलाई सफ्टवेयर भनिन्छ।  आजका दिनहरूमा कम्प्युटरहरू, इन्जिनियरहरू र वैज्ञानिकहरूको लागि मात्र होइन तर उनीहरू संसारभरका लाखौं मानिसहरूले प्रयोग गरिरहेका छन्। कम्प्युटर आजकल धेरै महत्त्वपूर्ण भएको छ किनकि यो सही र  छिटो काम गर्ने उपकरण हाे । यसले  धेरै कार्यहरू सजिलैसँग पूरा गर्न सक्छ। कम्प्युटरबिना हरेक काम गर्न कठिन छ । यसले  एक सेकेन्डको एक अंशमा धेरै ठुलो गणना गर्न सक्दछ ।  यसले तथ्याङ्कलाई  ठुलो मात्रा भण्डार गर्न सक्दछ।  हामी हाम्रो कम्प्युटरमा इन्टरनेटको प्रयोग गरेर विभिन्न पक्षहरूको जानकारी पनि पाउँछौं।


Read More