Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Sunabi Pokharel - 2024024, Grade VIII

Posted on: 05 November, 2020

हामी वरिपरि भएका वस्तु र तिनका अवस्था आदिलाई वातवरण भनिन्छ र  हानिकारक सामग्रीहरूलाई वातावरणमा छाडिदिनु भनेको नै वातावरण प्रदुषण गर्नु हो । पहिलाको समयमा वातावरण त्यस्तो सारो प्रदूषित हुँदैनथ्यो तर अहिलेको समयमा आएर वातावरण प्रदूषित हुने समस्या धेरै देखिन थालेको छ । पहिलेका मानिसहरू वैज्ञानिक चमत्कार गर्न जान्दैनथे त्यसैले वातावरण प्रदूषित हुने कारण धेरै कम थियो । कि त मानिसहरूको अव्यवस्थित रूपमा दिसापिसाब गर्ने कि त फोहोरी जनावरहरूलाई पानीको श्रोत भित्र छिर्न दिने कुराले मात्र वातावरण प्रदूषित बनाउँथ्यो तर अहिले दुनिया बदलिन थालेको छ । संसारमा वैज्ञानिक चमत्कारहरू हुन थालेका छन् । एक रूपले हेर्ने हो भने यो धेरै राम्रो कुरा हो । यसले मानव जीवनलाई अझै राम्रो बनाउन सक्छ तर यी वैज्ञानिक चमत्कारहरू धेरै अव्यवस्थित ढङ्गले चलिरहेका छन्।

बढ्दाे वैज्ञानिक चमत्कारहरूले गर्दा मानिसले वातावरणको रक्षाका लागि  ध्यान नै दिन छोडेको छ । यसले वातावरणलाई कति हानि पुर्‍याएको छ भन्ने कुरामा कसैले वास्ता नै गर्दैनन् ।  सबैलाई जीवन सहज त बनाउनु छ तर आफ्नो जीवन जहाँ बिताउने हो त्यस ठाउँलाई राम्रो र व्यवस्थित बनाउने कुरामा कसैलाई मतलब छैन । हामी कलकारखाना त खोल्न चाहन्छौँ तर त्यहाँ भएका यन्त्रहरूले निकाल्ने धुवाँले हावालाई कसरी प्रदूषित गरेको छ भन्ने कुरा मानिसले बिरलै सोचेको छ । अहिलेका मानिसलाई किन बढी रुघाखोकी लागेको होला ? धुवाँ र धुलो मिसिएको हावामा सास फेर्‍याे भने मानिस स्वस्थ हुन सक्ने सम्भावना नै छैन । हामी कुनै ठाउँ छिटो पुग्नका लागि यातायतको प्रयोग गर्छौँ । यसले हामीलाई जुनसुकै ठाउँमा छिटो पुर्‍याइदिन्छ तर यी यातायतका साधनबाट निक्लिने आवाजले ध्वनि प्रदूषण बढाउँछ । ध्वनि प्रदूषण मात्र कहाँ हो र यसका अरू धेरै बेफाइदाहरू छन् । यातायतका साधनको दुरुपयोग हुन थालेको छ । अलिक टाढा भएको ठाउँमा जानका लागि यातायतको प्रयोग गर्न त ठिक हो तर १०-२० मिनेटको बाटो हिँड्नका लागि पनि गाडी चाहिन थालेको छ अनि यहाँ समस्या आउँछ मोटोपनको । केही मानिसहरू त पैसा खर्च गरेर जिम जान थाल्छन् । त्यो जिममा पैसा खर्च गर्नुभन्दा त आफूले नि:शुल्क प्राप्त गरेको बाटोमा हिड्नु धेरै फाइदा हुन्छ ।  ढलनलको नराम्रो व्यवस्थाका कारण पानीका श्रोतहरू प्रदूषित हुन थालेका छन् । कलकरखानाबाट निस्कने रसायनहरूलाई जमिनमा यत्तिकै छोडिएको छ । हामीले खाने फलफूल र तरकारीहरूलाई रसायनको भण्डार बनाइएको छ । यसले माटोलाई प्रदूषित गराउँछ । यी सबै प्रदूषणको असर हाम्रो वरिपरिको वतावरण, जनावर, चराचुरुङ्गी, बोटबिरुवा र हामीमा नै पर्छ ।

वैज्ञानिक चमत्कार गर्नु नराम्रो त पक्कै पनि हैन  तर यी चमत्कारहरू गर्दा राम्रो व्यवस्था मिलाउनु पर्छ । रसायनको कम उपयोग गर्न सकिन्छ, कलकरखानाबाट निस्कने पदार्थहरूको राम्ररी व्यवस्थित गर्नुपर्छ । ढलनललाई व्यवस्थित रूपमा कतैतिर फाल्न सक्यो भने धेरै राम्रो हुन्छ । मानिस सबैभन्दा विवेकशील प्राणी हो । मानिसले वातावरणलाई प्रदूषित बनाएर बिगार्न सक्छ भने सफा परेर सपार्न पनि सक्छ । वातावरण प्रदूषित भएका कारणले सूर्यका हानिकारक किरणबाट बचाउने ओजोन तह पातलिँदै छ । प्रदूषणकै कारण अहिले पृथिविको तापक्रम एकदमै बढ्न थालेको छ । हामीले जे भयो त्यसलाई मिलाउन सक्दैनौँ तर जे हुने वाला छ त्यसलाई रोक्न पक्कै पनि सक्छौँ । अत: विकासका कार्यहरू वातावरणकाे संरक्षणलाई प्रदूषित नगरी गर्न सक्यो भने हाम्रो यो संसार अझ राम्रो हुन सक्छ ।