Logo

Student Corner

Articles

अनलाइन शैक्षिक भ्रमणकाे बारेमा साथीलाई चिठी
- Suprabh Acharya - 2026022, Gr ... 27 December, 2020

काठमाडौँ, नेपाल

२०७७/७/१


 

आत्मीय साथी सुरेश,

सुमधुर सम्झना ।

म  यहाँ सन्चै छु। तिमी त्यहाँ सन्चै छाैँ  होला भन्ने आशा  लिएको छु। कोरोना महामारीका कारण तिम्रो विद्यालयको पठनपाठन अनलाइन नै चलिरहेको होला । म पनि अनलाइन कक्षाबाट नै अध्ध्ययन गरिरहेको छु । विद्यालय लागेको बेला त हामी साथीभाइ मिलेर खेल्दै, पढ्दै गरिन्थ्यो तर अहिले घरबाट नै कक्षा चलेकाले साथीहरूसँग भेट हुन पाएको छैन।

कक्षा पाचँमा त सामाजिक शिक्षाकी गुरुआमाले हामीलाई कीर्तिपुर शैक्षिक भ्रमण लानुभाएको थियो । यो वर्ष सबैतिर बन्द भएकाले शैक्षिक भ्रमण जान पाइन्न होला भन्ने लागेको थियो तर हामीलाई त हाम्रो सामाजिक शिक्षाको गुरु र हाम्री कक्षा शिक्षिका मिलेर अनलाइन शैक्षिक भ्रमण गराउनुभयो। अनलाइन शैक्षिक भ्रमण पनि हुन्छ भन्ने कुरा मलाई थाहा थिएन तर मैले अनलाइनबाट नै अमेरिकाको प्राकृतिक इतिहासको स्मिथसोनियन राष्ट्रिय संग्रहालय र नासाबाट हाम्रो सोर्य प्रणाली देख्न पाइयो । यी ठाउँहरूबाट हामीले बोटबिरुवा, जनावरहरू, साैर्यमण्डलका ग्रहहरू, सूर्य, क्षुद्रग्रह,उल्का  र  उल्का पिण्डका बारेमा जान्न पाइयो । 

मलाई त यो धारणा धेरै नै मन पर्‍याे  र हामी सबैले नयाँ र धेरै कुरा जान्न पाइयो । यदि तिम्रो विद्यालयले पनि अनलाइन शैक्षिक भ्रमण गरेको छ भने मलाई लेखी पठाउ है। अरू कुरा भेटमा गरौँला। आजलाई यति नै ।

 

तिम्रो प्रिय साथी,

सुप्रभ आचार्य


Read More
साथीलाई चिठी
- Sunabi Pokhrel - 2024024, Gra ... 24 December, 2020
कटुन्जे,भक्तपुर मिति: २०७७/०८/१० प्यारी साथी निहारीका सुमधुर सम्झना । म यहाँ सन्चै छु । तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ सन्चै छ भन्ने कामना गर्दछु । तिमीले पठाएको चिठी मैले हिजो मात्र प्राप्त गरेँ । त्यस चिठीमा तिमीले आफ्नो जाडो बिदाको बारेमा वर्णन गरेकी रहिछाै । मलाई पनि आफ्नो वार्षिक परीक्षा पछाडिकाे बिदा कसरी बित्यो भनेर लेख्नु भनेकी रहेछौ । यस चिठीमा म त्यही सम्बन्धी लेख्न लागेकी छु । साथी, म मेरो बाबा र आमाका साथमा २०७६ साल बैशाख ३ गते पोखरा, पाल्पा, लुम्बिनी र चितवनको यात्रामा निस्किएँ । हाम्राे साथमा अन्य १० जना परिवारका सदस्यहरू पनि हुनुहुन्थ्यो । बिहान ७ः०० बजे हामी आफ्नो निजी निवास भक्तपुरबाट पोखरातर्फ लाग्यौँ । मैलै आफूसँग एउटा कलम, कापी र केही अध्ययन गर्ने पुस्तकहरू बोकेकी थिएँ । कापीमा मैले नौला र आफू गएका स्थानहरूको नाम टिप्न थालेँ । हामीले ग्वार्कोमा पुगेपछि एउटा पसलमा विभिन्न खानेकुराहरू किन्यौँ र बिहानको ८ः३० बजे कलङ्कीबाट थानकोट हुँदै ओरालो लाग्याैँ । घुमाउरो बाटो, चिल्लो सडक र हरियाली वातावरणसँग रमाउँदै हामी करिब ११ः०० बजे मलेखु पुगी त्यहाँ माछालगायतका मिठा परिकार सहित खाजा खाई करिब ११ः४५ मा पुनः ‍‍आफ्नो निरन्तर यात्रातर्फ अघि बढिरह्यौ । मैले बाटोमा हिँड्दा सुन्ने गीतहरू एउटा पेन ड्राइभमा सुरक्षित गरेकी थिएँ । यात्राको दौरानमा तिनै गीतहरू सुन्दै र विभिन्न समयमा गीतको अन्ताक्षरी खेल्दै हामी १ः०० बजे मुङ्लिङ पुगी आफूलाई मनपर्ने खानाहरू खायाैँ । त्यहाँबाट हामी बिस्तारै पोखरातर्फ लाग्याैँ । हामी खैरेनीटार, मर्स्याङ्दीकाे जलविद्युत परियाेजना र तनहुस्थित घाँसीकुवा हुँदै करिब ४ः३० बजे पोखरा पुग्यौँ । पोखरामा पुग्दा ठूलो पानी परिरहेकाले फेवाताल र लेक साइड गएर रातको रमाइलो हेर्ने हाम्रो चाहना पूरा भएन तर भोलिपल्ट बिहान ६ः३० बजे हामी पोखराको फेवाताल पुग्याैँ । फेवातालमा जलविहार गरी बिचमा रहेको ताल बाराही मन्दिर जान हामीले ३ वटा डुङ्गा भाडामा लिई फेवातालभन्दा पारिको हरियाली जङ्गलछेऊ पुग्याैँ र ताल बाराही मन्दिरको दर्शन गर्‍याैँ । त्यहाँबाट हामी करिब ९ः०० बजे पाताले छाँगो र हामी फेवाताल माथि रहेको शान्ति स्तुपातर्फ अघि बढ्याैँ । शान्ति स्तुपा पुग्न गाडीबाट ओर्लिएपछि झण्डै आधा घण्टाको उकालै उकालोको पैदल यात्रा गर्नुपर्दो रहेछ । पसिनै पसिना भई हामी रमणीय शान्ति स्तुपा पुग्यौँ । त्यहाँ पुगेपछि बिस्तारै बोल्नुपर्ने रहेछ । हाम्रो ठुलो समूह भएकोले कुनै बेला अलि धेरै बोल्दा त्यहाँका सुरक्षाकर्मीले हामीलाई बिस्तारै बोल्न सुझाएका थिए । त्यहाँबाट हामीले पोखरालाई राम्ररी अवलोकन गर्‍याैँ र छोरेपाटन स्थित अन्तराष्ट्रिय हिमालयन सङ्ग्रहालयकाे अवलोकन गर्‍याैँ । हामी पूनः होटलमा आई आराम गर्‍याैँ । रातको समयमा हामीले लेकसाइडको रमाइलो समेत हेर्न भुलेनौँ । भोलिपल्ट बिहानै हामी डा.के.आई.सिङ पुल गई सेती नदिको गहिराई र अनौठोपनालाई अवलोकन गर्‍याैँ । त्यहाँ नजिकै रहेको महेन्द्र गुफा र चमेरे गुफाको समेत यात्रा सकेर हामी पोखरा विमानस्थलको बाटो हुँदै पाल्पातर्फ यात्राका लागि अघि बढ्याैँ । पाल्पा, लुम्बिनी र चितवनमा थप ३ दिन व्यतित गरी यात्रा गरिएका रमणीय स्थान र अनुभवहरूको आदान प्रदान गर्दै २०७६ वैशाख ८ गते हामी आफ्नो घर आइपुग्याैँ । ती रमणीय दिनहरू अझै पनि मेरो मानस्पटलमा ताजै छन् । साथी ती रमणीय दिनहरू अझै पनि मेरो मानस्पटलमा ताजै छन् ।त्यो भ्रमण निकै नै अविस्मरणीय भ्रमण रहेको थियो । चिठी पनि लेख्दा लेख्दै लामो भएछ । बाँकी कुरा अर्को चिठीमा लेखौँला । आजलाई यति नै । तिमी अर्को चिठीमा आफ्नो विद्यालयको बारेमा वर्णन गर ल तिम्री प्यारी साथी सुनबी पोखरेल

Read More
साथीलाई चिठी
- Niharika Chapagain - 2024008, ... 23 December, 2020

सानागाउँ, ललितपुर 

मिति: २०७७/०८/१२

प्रिय साथी नुमा, 

सुमधुर सम्झना, 

 

कुशल रही कुशलताको कामना गर्दछु ।  तिमीले आफ्ना आमा बुबासँग पोखरा गएको कुरा लेखेको चिठी मैले हिजो मात्र प्राप्त गरे । तिमीले मलाई त्यस चिठीमा म आफ्नो परिवारसँग जाडो बिदामा गएको रमणीय ठाउँको बारे लेख्नु भनेकी थियौ त्यसकारण मैले यो चिठी लेखेकी हुँ ।

२०७६ सालको जाडो बिदामा म आफ्नो परिवारसँग नगरकोट गएकी थिएँ । बिहान ९ बजेतिर हामी तातो र  मोट्टो लुगा लगाएर घर बाहिर निस्कियौँ । मैले गाडीमा खान चक्लेट र पाचक किनेँ। बाबाले गाडी घरबाट निकाल्नुभयो ।  म, आमा, मेरो दादा र मेरी सानी बहिनी, हामी सबै गाडीमा चढ्यौं। मेरी फुपू र फुपाजु भने बाइकमा आउने भन्नुभयो। हामी गाडीमा चढेर गीत लगाएर गुड्न थाल्यौँ । मलाई बाबाले लगाएको गीत मन परेन त्यसकारण मैले मेरो फोनमा भएको गीतलाई बजाएर सुनेँ । बाटोमा गीत सुन्दै, गफ गर्दै हामी रमाउँदै हिड्न थाल्यौँ । एकछिन पछि हामीले राम्रो राम्रो दृश्य देख्न थाल्यौँ । म झ्याल नजिक बसेकोले मैले काठमाडौँलाई नियालेर हेर्न पाएँ । मैले झ्याल खोलेकी  थिएँ त्यसैले होला त्यो चिसो हावाले मेरो जिउलाई जाडोले शिरिङ्ग बनायो। हामी नगरकोटको ‘भिउ टावर’ जाने सिंढीमा आइपुग्यौँ । आइपुग्दा ११ बजिसकेको थियो किनभने बाटोमा हामी जाममा अड्किएका थियौँ । हामीलाई चिसो मौसममा पिरो खान मन लाग्यो त्यसैले हामीले पिरो चटपटे खाने विचार गर्यौँ। हामीले चटपटे खायौँ र चिसोमा स्वाँ स्वाँ गर्दै सिंढी चढ्न थाल्यौँ । भिउ टावर धेरै टाढा रहेनछ त्यसैले हामी माथि पुग्यौँ । जाडो भए तापनि घाम मज्जाले लागेको थियो त्यसैले हिमाल स्पष्ट देखिएको थियो। भिउ टावर अलिक माथि नै रहेछ त्यसैले मलाई चढ्ने आँट आएन । हामीले फोटाहरू खिच्यौं र एकछिन दृश्य हेरेर बस्यौँ । त्यसपछि हामी त्यहाँबाट निस्कियौं र बाटोमा हामीले एक खालि ठाउँ देख्यौं। त्यहाँबाट दृश्य झन राम्रो देखिने रहेछ र हामीसँग खानेकुरा पनि थियो । हामीले त्यहाँ बसेर दृश्य हेर्दै खानेकुरा खाने विचार गर्‍याैँ र खाएर सफा गरेर घर फर्कियौँ।

तिमीलाई मेरो अनुभव सुनाउन पाउँदा मलाई निकै रमाइलो लाग्यो । तिमी नगरकोट गएकी छैनौ भने म तिमीलाई एकचोटी आफ्नो परिवारसँग गएर आऊ भन्छु र गैसकेकी छौ भने, अर्को चिठीमा मलाई तिम्रो अनुभव सुनाऊ ल । अब म चिठी लम्ब्याउदिन, अर्को चिठीको आशा गर्छु। 

तिम्री प्यारी साथी 

निहारीका 

 

 



Read More
विद्यार्थी जीवनमा अनुशासनको महत्त्व
- Prasanna Shrestha - 2024014, ... 22 December, 2020

नियमित रूपमा विद्या आर्जन गर्ने व्यक्तिलाई विद्यार्थी भनिन्छ भने खास नियम मर्यादा बस्नु नै अनुशासन हो । विद्यार्थी जीवनमा अनुशासनको महत्त्व विशेष रूपमा हुने गर्दछ । अनुशासन आमाको काखदेखि नै सिकिन्छ । प्रकृतिका हरेक वस्तु नियमानुसार नै चलेका हुन्छन् । बिहान हुन्छ, घाम लाग्छ साँझ पर्छ, फूलहरू फुल्छन्, ऋतुहरू आउँछन् र त्यसैगरी जान्छन् पनि । सबैका आफ्नै इच्छा हुन्छन् । 

विद्यार्थीले पनि उठ्ने, बस्ने , काम गर्ने, आराम गर्ने, गृहकार्य गर्ने आदि सबै कुरा नियमअनुसार गर्नुपर्छ। विद्यार्थी अनुशासन प्रेमी हुनुपर्छ। अनुशासनले विद्यार्थीलाई असल व्यक्ति बनाउँछ। अनुशासित विद्यार्थीले आफ्ना बुबा, आमा, गुरु र समाजकाे इज्जत राख्दछ  । ठूलाको आदर गर्नु , सानालाई माया गर्नु , असहायलाई सहयोग गर्नुजस्ता कुरा विद्यार्थी जीवनकै अनुशासनभित्र पर्न आउँछन् । अनुशासनको पालना गर्नाले हरेक विद्यार्थीको जीवन सफल हुन्छ त्यसैले अनुशासनको क्षेत्र धेरै फराकिलो छ। अनुशासित विद्यार्थी शिक्षकको आँखाको नानी मात्र होइन हरेकका लागि मायाको खानी बनेको हुन्छ । अनुशासनले विद्यार्थीलाई सफलताकाे सिँढी चढ्न सहयोग गर्छ । आजको विद्यार्थी अनुशासनको पालनाबाट नै  भोलि देशको कर्णधार हुन्छ । विद्यार्थीको जीवनमा अनुशासन नभए विद्यार्थी छाडा हुन्छन् । 

अनुशासित विद्यार्थीले देशको, समाजको, परिवारको हित र कल्याणबारे सोच्दछ । अनुशासन विद्यार्थी जीवनका निम्ति महत्वपूर्ण कुरा हो । असल बिहानीले असल दिनको सङ्केत दिन्छ त्यसैले अनुशासित विद्यार्थीले नै जीवनमा पनि अनुशासित हुन सिक्छन् । अनुशासित विद्यार्थी जीवनमा कहिल्यै असफल हुँदैन त्यसैले विद्यार्थी जीवनमा अनुशासनको धेरै महत्वपूर्ण स्थान छ।


Read More
Stray Kids
- Aayusi Shrestha - 2025002, G ... 21 December, 2020

Stray Kids is a South Korean boy band formed by JYP entertainment in 2017. Stray kids were formed during a reality show of the same name. The group consisted of 9 members but a member named Woojin left the group in October 2019 due to some reasons. So basically now Stray kids consist of 8 members who are: Changbin, Jisung, Seungmin, Lee know, Jeongin, Bangchan, Hyunjin, and Felix. Stray Kids is also written as SKZ in a shorter form. The group officially debuted on March 25, 2018. On October 17, JYP released Stray Kids' first music video for a song titled Hellevator. Stray Kids' fandom or fans' name is STAY. 

About the members of stray kids

Bang chan: Bangchan is the oldest member of Stray kids. He is well known as Bang chan or chan. His birth name is Christopher Bang. He is also the leader of the group. He was born on October 3, 1997. He trained for 7 years. He is also a rapper and vocalist.

Lee know: Lee know is the second oldest member of stray kids. He is known as Minho and his stage name is Lee know. His birth name is Lee Min Ho. He was born on October 25, 1998. He was a trainee for 1 year. He was a backup dancer for BTS during their Japan tour. He is a vocalist and rapper.

Changbin: Changbin is his stage name. His birth name is Seo Chang-bin. He was born on August 11, 1999, in Yongin, South Korea. He trained for 2 years. He helps in producing songs. He is a rapper.

Jisung: Jisung is well known as Han and it's his stage name too. His birth name is Han Ji Sung. He was born on September 14, 2000, in Incheon, South Korea. He used to live and study in Malaysia. He trained for 3 years. He is a rapper and vocalist. 

Hyunjin: Hyunjin is well known as Hyunijn only. His birth name is Hwang Hyun-jin. He was born on March 20, 2000, in Seoul, South Korea. When he was a kid he lived for a while in Las Vegas. He trained for 2 years. He is a rapper. 

Seungmin: Seungmin is his stage name too. His Birth Name is Kim Seung-min. He was born on September 22, 2000, in Seoul, South Korea. He trained for 2 years. He is a vocalist.

Felix: Felix is well known as Felix as it is also his stage name. His birth name is Lee Felix. His Korean name is Lee Yong-bok. He was born on September 15, 2000. His parents are Korean, but he was born in Sydney, Australia. He trained for 1 year. He is a rapper. 

Jeongin: Jeongin is well known as I.N and his birth Name is Yang Jeong-in. He was born on February 8, 2001, in Busan, South Korea. He is the Maknae (youngest member) of stray kids. He trained for 2 years. He is a vocalist. 

Source: kpop profiles, Wikipedia.


Read More
तिहार मेराे अनुभव
- Sufiyana Ghimire - 2026024, G ... 21 December, 2020

नेपाल धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश हाे । भौगोलिक विविधतासँगै  यहाँका मानिसहरूले पनि विभिन्न चाडपर्वहरू मनाउँछन् । दसैँपछिकाे दाेस्राे चाड तिहार उनीहरूले मनाउने मध्ये एक हो ।  तिहार भनेको आफ्नो परिवारसँग बसेर आफ्नो दु:ख र सुखको बारेमा कुरा गर्ने चाडपर्व हो । यस चाडले कामबाट छुट्टिएका  परिवारहरूलाई एक साथमा ल्याउँदछ र हामी बीचको माया अझै बढ्छ। तिहार पाँच दिनसम्म मनाइन्छ । याे बिचमा हामी कुकुर, काग र गाईको पनि पूजा गर्छौं । यो पर्वमा हामीले आफ्नो दाइ वा भाइलाई टीका लगाइ दिन्छाैँ र मिठामिठा परिकार बनाएर खान पनि दिन्छाैँ ।  

यसपटक मसँगै मेराे परिवारले लक्ष्मीपूजाका दिन रङ्गोली पनि बनायाैँ तर यसपाली  साथीहरूसँग देउसीभैलेा चाहिँ खेलेनाैँ । यसपटक मैलेआमाबुबा सँगसँगै खुरमा, फिनी, र सिन्के रोटीजस्ता परिकारहरू बनाएर रमाइलाे गरेँ । भाइटीकाका दिन  भाइ र दाइलाई टीका र माला लगाए दिएँ ।

 कोरोना भाइरस महामारीका कारण पाेहाेरजस्ताे रमाइलाे याे सालकाे तिहार हुन सकेन । जहाँ पनि डर त्रासमा देखिन्थ्याे । हुन शरीर रह्याे भने चाडपर्व त अर्काे साल पनि मनाउन सकिन्छ । त्यही कुरालाई हामी सबैजनाले स्वीकार पनि गरेका थियाैँ । अनि अहिले आवश्यकता पनि यही त हाे नि । है न र!


Read More
Back to on-school learning
- Roji Gurung - 2025013, Grade ... 20 December, 2020

Due to Covid-19, many people lost their lives and still many are infected. Schools from different countries have been closed for a long time. Our school has also shut down physically. Since physical presence in the school was not possible, every school from different countries, even schools from Nepal, decided to start e-learning also known as online classes. We all were excited as well as nervous about online classes because it was our first time learning through online classes. We are taking our classes with the help of GoogleMeet and have been submitting our classwork/homework through google classroom. 

We even took the first term examination through google forms. It has already been eight months that we have started taking online classes. Still the coronavirus pandemic hasn’t stopped. Since the schools have been closed for many months, the Nepal government has decided to reopen the schools. Many schools have already been opened outside the valley. Our school might as well open soon. I am sad as well as excited to go back to school. The good thing is I get to meet my friends and teachers after a long time. I am sad because it was fun learning in online classes. Learning through online classes was a great experience. We were also used to it.

Now, if the school reopens we will all go to school with great precautions. Through online classes, we learned to use different applications for doing homework and also got to know more about using computers. But there are also disadvantages to taking online classes. It hampers our eyes and our handwriting also changes from good to bad as we often type. Advantages of learning in school are; we learn all 8 subjects, there will be an improvement in handwriting, classroom discussions, and activities, and we can interact with teachers and friends. It’s better to study books instead of e-books. In my opinion, learning at school is better than learning through online classes.


Read More
काेराेना
- Samip Aryal - 2024018, Grade ... 17 December, 2020

विश्वमा कोरोनाकाे महामारी छ । अहिलै विश्वका धेरैजसाे देशहरूका मानिसहरूलाई कोरोना लागेको छ भने नेपालमा पनि महामारीकाे क्रम बढिरहेकाे छ । विश्वमा कोरोना सङ्क्रमित भई मृत्यु हुनेकाे सङ्ख्या काेराेडाैँ पुगेकाे छ भने नेपालमा पनि  मृत्यु हुनेकाे सङ्ख्या बढ्दाे देखिन्छ । कोरोनाको कारण नेपालमा पनि लामाे समयसम्म लकडाउन भएकाे अवस्था थियाे  । 

कोरोना डिसेम्बर २०१९ मा चीनको बुहानबाट शुरू भएको थियाे । पछि अमेरिकामा काेराेनाकाे सङ्क्रमण व्यापक हुन पुग्याे । त्यहाँ हजाराैँ  मानिसहरूलाई कोरोना लागेको छ । हुन त अहिले काेराेना भाइरसकाे खाेप पनि विभिन्न देशका परीक्षण पनि भइरहेका छन् । 

काेराेनाबाट बच्न हामीले सामाजिक दुरी कायम गर्नपर्छ। दिनमा पटक पटक कम्तिमा पनि पाँच मिनेटसम्म हात धुनुपर्छ। बाहिर जाँदा मास्क लगाउनुपर्छ।  काेराेना महामारीका कारण अझैसम्म पनि विद्यालय खुलेका छैनन् । त्यसैले पनि अरूजस्तै म र  मेरो परिवार घरमा नै बसिरहेका छौं । तर घरमा नै अनलाइन कक्षा पढिरहेका  छाैँ।


Read More
Book Blurb: Tuck Everlasting
- Manaswi Sapkota - 2025008, G ... 16 December, 2020

Three things happened in the first week of August. None of them were connected until, Winnie Foster, a 10-year-old, loses patience after being stuck in her rich but very strict household and finally decides to run away. Then on the other side, a mother named Mae goes out to reunite with her sons as she does every 10 years. Then in the evening, a man in a yellow suit was in front of Foster’s gate. These three things seem very different, right? Well, within no time they get connected by something that makes living creatures immortal. Winnie Foster being the girl who was stuck in her strict household was willing to go out and make friends. She then decides to run away. Mae Tuck is someone who was out to meet her sons and the man in the yellow suit who seemed to be nice. All the three things mentioned above get connected after Winnie Foster runs away from her house. Well, the one reason that connects all was also the stuff that made living creatures immortal. Well, there is one more reason, Winnie Foster meeting Jesse Tuck and thinking she was in love when it was a mere infatuation. The Tucks are good people who tend to save Winnie and the man in a yellow suit, having bad intentions, acts as if he is the savior of Winnie. Well, how did all this happen? Who is the man in the yellow suit and why is he bad or is he and who are the Tucks and are they really good? Well, what was the thing that made living creatures immortal? What will happen when the man in the yellow suit finds out about it? Will he make the world a bad place or will Winnie and the Tucks be able to save it and keep the secret that they held for so long? When you read the book all these questions will be answered and gives you a deeper perspective about life. 


Read More
उसको आवाज
- Krituka Sapkota - 2024007, Gr ... 15 December, 2020

" नाई आमा , नाई बाबा " भनेर मिरा रुदै कराइन् |

 

एक साल आगाडिको कुरा हो |

 

मिरा नाम  गरेकी एक किशोरीले आफ्नो कामुकताको बारेमा आफ्नो परिवारबाट लुकाइरहेकी थिई । ऊ उभयलिङ्गी भएको कुरा उसले आफू १५ वर्षकी भएपछि थाहा पाएकी थिई ।

 

ऊ पुरुष र महिला दुबैप्रति आकर्षित हुन थालेकी थिई । सुरुमा ऊ धेरै अलमल्लमा परेकी थिई । एक दिन ऊ यूट्यूब हेर्दै गर्दा उसले आफूजस्तै व्यक्तिहरूको  भिडियोहरू भेट्टाई ।यसरी उसलाई उसको वास्तविक चिनारी थाहा भयो । ऊ यो कुराले निकै डराएर एक वर्षको लागि उसको परिवार र अभिभावकबाट अाफ्नाे वास्तविकता  लुकाएर राखी |

 

एक दिन उसले यो कुरा आफ्नो परिवारलाई भन्ने निर्णय गरी  तर उसले आफ्नो परिवारलाई यो कुरा भनेपछि उनीहरू यो कुरामा पूर्ण रूपमा असहमत भए । मिरा आफ्ना भाइ बहिनीलाई आफूजस्तो भएको देख्न चाहिन । उसको परिवारले एउटा उभयलिङ्गीलाई जन्म दिएको होइन भनेर उसलाई घरबाट निकाले । ऊ आफ्नो मिल्ने साथीको घर गएर सबै कुरा भनी तर उसले पनि मिरालाई स्वीकार गरिन । ऊ मद्दतको खोजीमा अरू पनि साथीहरूको घर गई । कोहीले आफ्नो आमा बाबुले मान्दैनन् भने त कसैले आफ्नो आर्थिक अवस्था कमजाेर भएको बताए ।

 

ऊ अब जाने ठाउँ थिएन  र मद्दत गर्ने पनि कोही थिएन । उसले कामको खोज गरी । काम गर्ने उमेर नपुगेर उसले केही काम पाइन  ।ऊ बाटो छेउ सुत्न थाली । उसको आवाज निकै राम्रो थियो । यसरी उसले बाटोमा गीत गाएर पेट भर्ने पैसा जुटाउथी । एक दिन ऊ बाटोमा गीत गाउदै गर्दा एउटी महिलाले उसलाई देखिन् । उनलाई मिराको आवाज पनि सारै मिठो लग्यो । उनले मिरालाई उसको बारेमा सोधिन् । मिराको बारेमा सुनेर उनी निकै दुखी भइन् । त्यसपछि उनले मिरालाई अपनाइन् । उनले मिरालाई आफ्नै बच्चा जसरी माया गरेर उसलाई राम्रो जीवन दिइन् । मिराले गीत गएर युट्युबमा हालिन् र त्यो गीत देशभरि फैलियो ।

 

 यसरी मिराले प्रसिद्ध भएर सुखी जीवन पाई । उसका परिवारलाई पनि उसलाई घरबाट निकालेकाेमा पछुतो भयो |


Read More
बुबाको चाहाना
- Niharika Chapagain - 2024008, ... 14 December, 2020

“बुबा!” भनेर रुँदै सबिताले आफ्ना आँखाबाट खुसीका आँसु झार्दै कराई। उसले पहिलो पटक आफ्नो बुबालाई गर्वकाे महसुस गराएकी थिई। 

सबिता रामकोट गाउँको एक धनी र असल मानिसकी छोरी थिई। सबिताका बुबा गाउँकम सबैभन्दा धनी मानिस थिए तर धनी भए तापनि उनमा कुनै किसिमको घमन्ड थिएन। उनी आफ्नी छोरीलाई यति माया गर्थे कि छोरीलाई सधैँ आफ्नै आँखाको सामु राख्न चाहान्थे। 
उनले आफ्नी छोरीलाई आफ्नै आँखाको ताराझैँ सजाएका थिए । उनको घरमा सबिताको जन्म हुँदा उनी जस्तो खुसी कोही पनि थिएन। गाउँलेहरू “छोरी ?” भन्दै घृणाको नजर देखाउँथे तर सबिताका बुबा माथि गाउँलेको  कुराको केही असर परेन। 
उनी बस ती गाउँलेलाई गलत साबित गर्न चाहन्थे।   त्यही कारणले होला सबिताको पालनपाेषण राम्रोसँग भयो। सबिता भने सानैदेखि आमा र बुबाको मायाले गर्दा पुल्पुलिएकी एक जिद्दी केटी थिई ।
 उसले सानैदेखि जे मागे पनि उसका आमा बुबाले उसलाई ल्यइदिएका थिए। ऊ पढाइ र खेलाइ दुबैमा राम्रो थिई तर ऊ अलिकति धेरै नै पुल्पुलिएर बिग्रिएकी थिई । 
ऊ गाउँकै एउटा विद्यालयमा पढ्थी। गाउँको विद्यालय भए तापनि विद्यालय राम्रो थियो किनभने सबिताका बुबाले विद्यालयमा हुनुपर्ने सुविधा ल्याउन विद्यालयका प्रधानध्यापकलाई सहयोग गरेका थिए। 
त्यसकारण गाउँका अरु बालबालिकाले पनि राम्रो शिक्षा प्राप्त गरेका थिए। 

सबिता एक दिन लुगा लगाई खाना खाएर झोला बोकेर विद्यालय जादैँ थिई ।
बाटोमा हिँड्दै गर्दा उसलाई “ओइ तैँले सुनिस् ?” भनेर कसैले बोलायो। 
पछाडि फर्केर हेर्दा त उसलाई सीमाले बोलाएकी रहिछ। “के ?” भनेर सबिताले चासो लागे जस्तो गरेर सीमालाई सोधी।
 सीमाले निराश हुँदै सबितालाई भनी, “तँलाई थाहा छैन ? पुरै गाउँलेले थाहा पाइसके।
 रिमाको बिहे अर्को हप्ता अरे त!” सिमाले बोल्ना साथ सबितालाई एक झट्का लाग्याे।
 रिमा सबिताकी एक मात्र घनिष्ट मित्र थिई । सबितासँग साथी बन्नेहरू सब उसका पैसाको कारण उसकम साथी थिए तर रिमा भने सबिताकी एक मात्र साँचो मित्र थिई । 
रिमाको विवाहको खबर सुन्दा सबिता दङ्ग परी र ऊ विद्यालय जानको साटो रिमाको घरतिर लागी । 

सबितालाई आफ्नो घरमा देख्दा रिमा अत्ति नै खुसी भई तर सबिताले उसको विवाहको कुरा के हो भनेर सोध्दा उसको हँसिलो अनुहारमा कालोपन छायो।
 रिमाले दु:खी भए। खाटमा बस्दै भनी “तँ कति भाग्यमानी ! तेरा त बाआमाले तँलाई यति माया गर्छन् कि तँलाई कहिी पनि जान दिँदैनन्। मेरा बाआमा त छोरी जन्मिनेबित्तिकै विवाह गरेर पठाइदिनुपर्छ भनेर भन्छन् । 
म उनीहरूका लागि बोज हुँ जस्तो गर्छन्।” यति भन्दै नभन्दै सबिताका आँखाबाट आँसु झरे।
 उसले रुन्चे स्वरमा सोधी “तैँले तेरो सहर गएर जागिर गर्ने सपना तेरा आमा बुबालाई भनिस् त ?” यति भन्दैमा रिमा ह्वाँ हवाँ गर्दै रुन पाे थाली । उसकाे रूवाइ अर्थ राम्राेसँग बुझी।        

त्यो दिन सबिनाले आफ्नो आमाबुबाले ऊप्रति देखाएको माया बुझी र उसलाई आफ्नो आमाबुबालाई गर्व महसुस गराउन मन लाग्यो ।
 सोही दिन आमाबुबाले ऊप्रति गरेको विश्वास बुझी र आफ्नो जिद्दीपन र अट्टेरीपन हटाएर  मेहेनत गरेर आफ्नो आमा बुवालाई गर्व महसुस गराउने प्रण लिई।
 उसले मेहेनत गरेर झन् राम्रोसँग पढ्न थाली केही कुराले उसको ध्यान विचलित भयो कि उसकी साथी रिमा र उसले लिएको प्रणको बारेमा सोच्थी।
 त्यसो गर्दा गर्दै १० बर्ष बित्यो। सबिता पढ्न सहर गएकी थिई । उसले डाक्टरी पढ्न सहर जान जसोतसो गरेर आफ्नो बुबालाई मनाएकी थिई । ६ वर्ष जति सहरमै पढी पनि । पछि डाक्टर भएर आफ्नो गाउँ फर्की । 
६ वर्षमा पटक पटक आमा बुवालाई भेट्न आइरहन्थी तर यस पटक ऊ पढाइ सकेर सधैँको लागि गाउँ फर्किदै थिई।
 गाउँ फर्किएर उसले गाउँको अस्पतालमा काम गर्न थाली र उसले सुरूकाे दिन अस्पतालमा एक मानिसको उपचार गरी र आफ्नो बुबाको शिर ठाडो पारी । उसको बुवाको नाक गर्वले फुलेकाे भएको थियो।
 सबिताले मेहेनत गरेर सबै गाउँलेको अनुहार हेर्नलायक बनाई । त्यसपछि सबैले आफ्ना छोरीहरूलाई पढाउन थाले । त्यसपछि त्यस गाउँमा बालविवाह पनि हुन छोड्यो। 
 


Read More