Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Jiya Sapkota - 2024005, Grade VIII

Posted on: 10 November, 2020

वातावरण भनेको हाम्रो वरिपरि भएको स्थिति वा अवस्था हो ।  हाम्रो वरिपरि ढुङ्गा, माटो, हावा, पानी, डाँडाकाँडा रुखबिरुवा लगायत विभिन्न पशुपंक्षीहरू रहेका हुन्छन् ।  तिनीहरूको समूहलाई  प्राकृतिक वातावरण  भनिन्छ ।  त्यसै गरी हाम्रो वरपर रहेकाे  सामाजिक वस्तुस्थितिलाई कृतिम वातावरण  भनिन्छ ।  वातावरण मानवीय जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय हो ।  प्रदुषण भनेको सोही वातावरण  फोहोर हुने स्थिति वा अवस्था हो ।  अहिलेको युगमा मानिसहरूकै लापरबाहीले गर्दा वातावरण पदूषण हुँदै गइरहेको छ ।  वातावरणीय प्रदूषण अन्तर्गत जलप्रदूषण, वायुप्रदूषण, माटोप्रदूषण र ध्वनिप्रदूषण रहेका छन् । 

जल प्रदूषण भनेको,नदी, तालतलैयाहरू फोहोर हुनु हो ।  मानिसहरूले पानीका स्राेत वरिपरि ढल मिसाउँदा, फोहोर फाल्दा, गाईवस्तुहरूलाई चराउँदा र उद्योग कलकारखानाहरूबाट निस्केका रसायनहरू पानीका स्रोतहरूमा मिसाउदा जल प्रदूषित हुन्छ ।  त्यसै गरी उद्योग कलकारखाना बाट निस्केका ठूलाठूला आवाजहरूको व्यवस्थापन गर्न नसक्दा हाम्रो वरिपरि कान खाने खालका ठूलाठूला आवाजहरू निस्किन्छन् जसले गर्दा ध्वनि प्रदूषित हुन्छ ।  बाटोमा विषालु रासायनिक पदार्थहरू मिसाउँदा ,कीटनाशक विषादीको प्रयोग गर्दा माटोमा अम्लीयपन बढ्दै जान्छ र माटो प्रदूषित हुन्छ ।  त्यसै गरी घरबाट निस्केका प्लास्टिकहरू जलाउँदा, उद्योग कलकारखानाबाट  निस्केकाे  धुँवा हावामा मिसाउँदा ध्वनि प्रदूषण हुन्छ ।  वर्तमान अवस्थामा वातावरण प्रदुषणका कारण बाढी, पहिरो जस्ता समस्या भोग्नुपरेको छ रुख बिरुवाहरू काटिनाले मानिसहरूको अवस्था अत्यन्त नाजुक हुँदै  गइरहेको छ ।  प्राकृतिक सौन्दर्य मासिँदै गएको छ ।  नदीहरू सुक्दै गएका छन् ।  हिमालहरू आवश्यकताभन्दा बढी  पग्लिएका छन्  ।  यी सबै कुराको कारक तत्व भनेको मानिस नै हो ।  जसले गर्दा मानिसले नै घाटा बेहोर्नुपरेको छ ।  वातावरण प्रदूषण कै कारण हाल आएर विभिन्न जीव जनावरहरू  हराउँदै गएका छन् ।  जनावरहरू मरेका  छन् रुखबिरुवा मरेका छन् नदीनालाहरू सुक्दै गएका छन् आवश्यकताभन्दा बढी तातो बढ्दै गएको छ  । 

मानिस कल्पनाशील प्राणी हो । उसले आफ्नो कल्पनालाई साकार गर्ने क्रममा आफ्नो चेतनाको प्रयोग गरेर काम गर्न सक्छ र केही चमत्कार, आविष्कारभित्र प्रकृतिको विनास समेटिएर वातावरण प्रदुषण भइरहेको छ । वातावरण प्रदुषित हुन नदिन उद्योगधन्दालाई व्यवस्थित रुपमा  सञ्चालन गर्नुपर्छ । उद्योगधन्दाबाट निस्केको धुवाँ धुलो तरल पदार्थ र ठुला-ठुला आवाजहरूलाई व्यवस्थित गर्न सकेमा अथवा व्यवस्थापन गर्न सकेमा वातावरण प्रदूषणबाट हामी बस्न सक्छौं । यसबाट बच्न  आफ्नो घर टोल सधैँ सफा गर्नुपर्छ । प्लास्टिकको प्रयोग धेरै गर्नुहुँदैन । 

 वातावरणीय प्रदूषणका कारण हामी आफै सङ्कटमा परेका छौँ । वर्तमान अवस्थामा हामी सङ्कटमा आउनु भनेको पनि वातावरणीय प्रदुषणकाे कारणले हो त्यसैले महासङ्कटबाट मुक्ति पाउन हामीले आफ्नो वरपरको वातावरणलाई सफा राख्नुपर्दछ र सकेसम्म वातावरण प्रदूषण नै हुन दिनुहुँदैन । समस्या आएर समाधान खोज्नुभन्दा समस्या हुन नदिनु नै बुद्धिमानी हुन्छ भन्ने कुरा हामी सबैले भनाइमा मात्र होइन व्यवहारमा प्रयोग गर्न सकेमा हामी वातावरणीय प्रदूषणबाट मुक्ति पाउन सकिन्छ ।