Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Niharika Chapagain - 2024008, Grade VIII

Posted on: 08 November, 2020

वातावरण शब्दले मूल रुपमा पृथ्वी वरिपरिको हावालाई जनाउँछ। वातावरणलाई मानिस, वनस्पति र जीव जन्तुहरूको घर मान्न सकिन्छ । हामी सबै प्राणी र वनस्पतिको जीवन वातावरणमा निर्भर हुन्छ। मानिस वातावरणमै बाँच्छ र वातावरणलाई मानिसले नै बचाउन वा बिगार्न सक्छ। पहिला वातावरण प्रदूषण भनेको के हो त? हामी वरिपरी भएको हावा, पानी वा जमिनलाई फोहोर पार्नु भनेको वातावरण प्रदुण हुनु हो ।     

अहिलेको समयमा मानिसहरूले आफ्ना सुख सुविधाका लागि गर्ने क्रियाकलापहरूका कारण वातावारण प्रतिकूल भएको छ । मानवीय क्रियाकलापले वातावरण प्रतिकूल भएको र साे कारणले मानिसहरूका साथ साथै वनस्पति र प्राणी जगतका सबै प्राणीहरू धेरै सङ्कटहरूको भूमरीमा फसेको कुरा मानिसहरूले देखेर पनि नदेखे जस्तो गरेका छन् । आफ्नो जीवन सरल बनाउनका निम्ति हामी मानिसहरूले उद्योगधन्दा स्थापना गरेका छौँ र कल कारखाना चलाएका छौँ । ती कल कारखाना र उद्योगधन्दाको कारण वातावरणमा रहेको हावा, पानी, र जमिन प्रदूषित भएको छ । त्यस्ता खतरनाक कलकारखाना, उद्योगधन्दाबाट निस्किएको विषादी, धुलो, धुँवाको धेरै असर वातावरण र मानिसमा देखिएको छ।  यस्ता विषादीको कारण बोटबिरुवाका साथसाथै धेरै प्राणीहरूको अस्तित्व नै सङ्कटमा पुगेको छ । मानिसहरूका त्यस्ता क्रियाकलापका कारण धेरै वनस्पति र जीवजन्तुहरू लोप भएका छन् । मानिसहरू यति लोभी भइसकेका छन् कि उनीहरूले वनस्पति र जीवजन्तुको जीवन त के आफ्नै जीवन पनि खतरामा राखेका छन्। तपाइँहरूले आजकल बढिरहेका रोगहरू र भाइरल ज्वरो, रुगा खोकी जस्ता कुराहरू पक्कै पनि सुन्नु भएको होला । यस्ता रोगहरू बढ्ने र नयाँ रोगहरू निर्माण हुनुको मूल समस्या वातावरण प्रदुषण हो । वातावरण प्रदुषणले वनस्पति, जीव जन्तुलाई मात्र नभएर मानिसहरूमा पनि ठुलो असर पारेको छ यसर्थ वातावरण प्रदूषित हुन नदिन मानिसले नै प्रयास गर्नुपर्छ । वातावरण प्रदुषित हुन नदिन मानिसहरूले रुख बिरुवा रोप्ने, आफ्नो वरिपरिको वातावरण सफा राख्ने, कलकारखाना, उद्योगधन्दा आदि मानिसहरूभन्दा टाढा खोल्ने, हरीयाली कायम राख्ने गर्नुपर्छ । वातावरण सफा भयो भने मानिसको स्वास्थ्य राम्रो हुन्छ । स्वच्छ वातावरण भनेको मानिसहरूको जीवन हो । 

मानिसको जीवन र स्वास्थ्यका लागि वातावरण स्वच्छ राख्नुपर्छ। स्वच्छ वातावरणले स्वच्छ विचार जन्माउँछ । वातावरण प्रदुषित भए मानिसको मन र मस्तिष्क स्वस्थ रहदैन त्यसका साथ साथै वनस्पति र जीवजन्तु पनि लोप हुन्छन् । वातावरण विनाश भए मानिसको अस्तित्वमा सङ्कट पर्छ । त्यसैले हरेक विकासका कार्यहरू गर्दा स्वच्छ वातावरणलाहरु केन्द्रमा राखेर सुचारू गर्नुपर्छ । वृक्षराेपणलाई विशेष महत्त्व दिनुपर्छ । हाम्राे साझा घर पृथ्वीलाई सधैँ स्वच्छ, सफा र हराभरा बनाउनुपर्छ ।