Logo

Student Corner

तिहारकाे कामना

Written by: Krituka Sapkota - 2024007, Grade VIII

Posted on: 12 November, 2020

तिहार हो हाम्रो रमाइलो पर्व

 सदैव हामी गर्दथ्याैँ  गर्व

सबै मिली काम मिलिजुली

 चारैतिर  थ्याे अति झिलिमिली

 

दिदी बहिनी अनि दाजुभाइ

भेटघाट गर्थ्याैँ  रमाइ रमाइ

 मखमली अनि सयपत्री फूल

 जुवातास खेली नगराैँ भूल

 

सजाउने थ्याैँ  घर जाेर बत्ति बाली 

चम्काउने थ्याैँ  सहर सपना सजाई

रङ्गीचङ्गी ‌रङ्गोली बनाई

स्वागत गर्थ्याैँ  लक्ष्मीलाई

 

अहाे! यसपालि चारैतिर शून्य

पाेहारकाे तिहार हाे कसरी भुल्ने

न त आउने भए  देउसी भैलो कोही

दुःख पीडाले बस्याे विश्व राेई

 

ए कोरोना भाइरस जाऊ छिटो तिमी

हामी ‌फेरी मनाउछौँ चाडवाड उसै गरी

सबमा सदा गर्छु  कामना

सुस्वास्थ्य दीर्घायू छाओस् सबमा