कोरोनाभाइरस महामारीका कारण नेपालमा पनि लकडाउन सुरू भयाे । मैले यस्तो पहिले कहिल्यै अनुभव गरेको थिइनँ । कोरोनाभाइरस महामारीका कारणले नै हामी अनलाइन कक्षाको अनुभव गर्दै छाैँ । वास्तवमा, यो ठूलो मद्दत थियो किनकि हामी घरमा नै कतै पनि नगईकन सिक्न सक्थ्यौं। सुरुसुरूमा नेपालमा काेराेना भाइरसमा सङ्क्रमितहरूका कुनै घटनाहरू थिएनन् तर समय बित्दै जाँदा हजारौं घटनाहरू सुरु भए । त्यसपछि लकडाउन बिस्तारै सुरु भयो । बिस्तारै पुरै नेपालमा नै लकडाउन सुरू गरियो र त्यसपछि हामी सबैले आफ्नो पसल र कार्यालयहरू बन्द गर्नुपर्यो । कोरोनाभाइरसले हाम्रो पुरै संसार लै ध्वस्त परिसक्यो । लकडाउन अवधिका सुरूका दिनहरू रमाइला नै थिए । समय बढ्द जाँदा त त्यस्तो रमाइलो हुन सकेन । सबैजना घरमा नै बस्न बाध्य छाैँ । हामीले न हाम्रा साथीहरूलाई भेट्न पायाैँ न त आफन्तजनहरूलाई । तर राम्रो कुरा के भने हामी घरमा बसी सिक्न पायौँ ।
यो लकडाउनमा, मैले आफ्नै युटुब च्यानल सुरू गरें। फुसर्दकाे समयमा म त्यही च्यानलमा नयाँ भिडियाेहरू बनाउने गर्छु । हिजाेअाज मैले हरेक साँझ सरसफाइ गर्न थालेकाे छु । म मेरी सानी भतीजीसँग खेल्छु । उनका कुराहरू सुन्छु । उनका कुरा र उनीसँग खेलिदिँदा रमाइलाे मान्छिन् । हामी यहाँ अनलाइन कक्षा पढिरहेका छौं । समय बित्दै जाँदा हामी अनलाइन कक्षासँग परिचित पनि भयौँ । हामीले भर्खर पहिलाे चाैमासिक परीक्षा पनि समाप्त गरिसकेका छाैँ, जुन गुगल फर्ममा गरिएको थियो र यदि कोरोनाभाइरस समाप्त भएन भने हामी अझ बढी समयको लागि अनलाइनबाट नै पढ्छाैँहाेला हुन त, हामीसँ अरू कुनै विकल्प पनि छैन । जीवनमा यस्ताे अवस्था आउनु पनि हाम्रा लागि ठूलो अनुभव हाे । जब हामी स्कुलमा थियौं । हामीले छुट्टी भइदिए पनि हुने कुरा गर्थ्याैँ तर हरेक कुराकाे सीमा भएझैँ लकडाउन छुट्टी जस्तो छैन।
Sophia is a social robot developed by Hong-Kong based company Hanson Robotics. Sophia was the first human-robot made on February 12, 2016. And made her first public appearance at the south by the southwest festival. Sophia has been covered by media around the globe and has participated in many high-profile interviews. In October 2017, Sophia "became” a Saudi Arabian citizen, the first robot to receive citizenship of any country. In November 2017, Sophia was named the United Nations Development Programme's first-ever Innovation Champion and is the first non-human to be given any United Nation title. The robot, modeled after the ancient Egyptian Queen Nefertiti Audrey Hepburn, and her inventor's wife. Sophia's architecture includes scripting software, a chat system, and Open Cog. Sophia imitates human facial expressions and is able to answer certain questions and to make simple conversations. Sophia uses speech recognition technology from Alphabet Sophia's intelligence software designed by Hanson Robotics. Hanson designed Sophia to be a suitable companion for the elderly at nursing homes or to help crowds at large events or parks. Cameras within Sophia's eyes combined with computer algorithms allow her to see. She can follow faces, sustain eye contact, and recognize individuals. She is able to process speech and have conversations using a natural language subsystem. In January 2018, Sophia was upgraded with functional legs and the ability to walk.
मानिसमा भएको आत्मविश्वासलाई सुन्दरता भनिन्छ । संसारका धेरै मानिसहरूले सुन्दरतालाई शारीरिक रूपमा हेर्छन् तर यो धारणा बिल्कुल गलत हो । सुन्दरता भन्ने कुरा व्यवहारमा निहित हुन्छ शरीरमा हाेइन । सुन्दरताको बारेमा एउटा भनाइ छ सुन्दरता हेराइमा भर पर्छ । यो भनाइले चित्रण गर्न खोजेको कुरा यो हो कि सुन्दरतामा कुनै नियम हुँदैन । एक व्यक्तिका लागि कोही ग्रहमा सबैभन्दा सुन्दर व्यक्ति हुन सक्छ भने अरू कसैका लागि त्यो व्यक्ति धेरै साधारण हुन सक्छ । त्यसैले सुन्दरतामा कुनै नियम हुँदैन र यो मान्छेको धारणामा फरक पर्छ ।
सुन्दरता व्यक्तिकाे साेँच र हेराइमा भर पर्ने कुरा हाे । उदाहरणका लागि अफ्रिकामा लामो घाँटीलाई एक आकर्षणकाे रूपमा लिइन्छ । चिनमा साँघुरो खुट्टालाई सुन्दरताको विशाल प्रतीकको रूपमा लिइन्छ । अमेरिकामा पुरुषहरूलाई प्रायः जसो पातलो र कम्मर सानो भएकी महिला मन पर्छ जबकि घाना मुलुकमा पुरुषहरूलाई प्रायः मोटो र भद्दा जिउ भएकी महिला मन पर्छ । यसले बाहिरी सुन्दरता व्यक्तिको धारणामा निर्भर गर्दछ भनेर प्रमाणित गर्छ । सुन्दरताका दुई प्रकारहरु छन्; भित्री सुन्दरता र बाहिरी सुन्दरता । एक व्यक्तिको बाहिरी सुन्दरता मूलतः शारीरिक उपस्थिति, शरीरको आकार, अनुहारको विशेषता र उचाइमा केन्द्रित हुन्छ । यी सबै सर्तहरू मूल रूपमा एक व्यक्तिको बाहिरी सुन्दरताका कोटी अन्तर्गत पर्दछन् । एक व्यक्तिलाई बाहिरी सुन्दरताको आधारमा आँक्नुहुँदैन तर बितेका वर्षहरूमा अमेरिकामा बाहिरी सुन्दरतामा विभेद धेरै थियो। अमेरिकामा काला मानिसहरू थिए र अमेरिकामा कालो रङ भएका मानिस कुरूप हुन् भन्ने धारणा थियो । तिनीहरूलाई भेदभाव गरिन्थ्यो र समान व्यवहार गरिँदैनथ्यो । अमेरिकाका गोराहरूले उनीहरुलाई निम्न स्तरको व्यवहार गर्थे । गोरालाई सम्मानजनक सङ्गठनमा काम गर्ने अधिकार दिइएको थियो भने कालाहरूलाई कतै पनि जागिर दिइँदैनथ्यो वा नोकरहरू बनाइन्थ्यो । गोरा मान्छेले तिनीहरूलाई निकृष्ट मान्थे किनकि उनीहरूले काला मानिसहरूलाई कुरूप भेट्टाए । अहिलेको समयमा मानिस बाहिरी सुन्दरतामा बढी सचेत हुन थालेको छ । बाहिरी सुन्दरतासँग सम्बन्धित प्रविधिकाे ठूलो प्रचारप्रसार र प्रयोग भएको छ । अमेरिका र अन्य धेरै देशका मानिसहरूले सुन्दरतासम्बन्धी विभिन्न शल्यक्रिया गर्न थालेका छन् । सबैभन्दा व्यापक रूपमा चिनिने सर्जरीहरूमध्ये एक प्लास्टिक सर्जरी हो । केवल सुन्दर देखिन मानिसहरूले आफ्नो ओठ बढाउन वा नाक घटाउनका लागि अरबौं डलर खर्च गर्न सुरु गरेका छन् । यस प्रवृत्तिले यो देखाउँछ भने बितेको वर्षहरूसँगै देशविदेशमा भित्री सुन्दरताको सट्टा बाहिरी सुन्दरतालाई बढी महत्त्व दिइरहेको छ तर ती मानिसहरूलाई कसले सिकाउँछ सुन्दरता हृदयबाट आउछ मुहार र शरीरबाट हाेइन । बजारमा नयाँ प्रविधि आइरहेको छ जसले मानिसहरूको अनुहारलाई राम्रो बनाउँछ । यस्ता प्रविधिहरूमध्ये बोटक्स धेरै लोकप्रिय प्रविधि हो । बोटक्स एक यस्तो औषधि हो जुन अनुहारबाट चाउरी हटाउनको लागि एकदम थोरै मात्रामा प्रयोग गरिन्छ । हामीले त्यो औसधि प्रयोग गरेर चाउरी त हटाऔँला तर त्यसले छालामा गरेको असरलाई के गरी हटाउने ? मानिसहरू मेकअप प्रयोग गरेर जवान देखिन चाहन्छन् तर उनीहरू त्यस्ता उत्पादनहरू प्रयोग गरेर आफ्नो आयु कम गर्दैछन् । हरेक मान्छेले यो कुरा थाहा पाउनु पर्छ मेकअपले हाम्रो अनुहारलाई छिटो बुढो पार्छ ।
अब भित्री सुन्दरताकाे कुरा गराैँ ? भित्री सुन्दरता मानिसको व्यक्तित्व हो । बाहिरी सुन्दरता भगवानद्वारा उपहार स्वरूप दिइएको हो त्यसैले बाहिरी सुन्दरताको कारण एक व्यक्तिलाई हेप्नु भनेको परमेश्वरको सृष्टिलाई हेप्नुजस्तै हो । हामीले मानिसको व्यक्तित्वको आधारमा मात्र आँक्नुपर्छ । एक व्यक्तिले आफैँ निर्णय गर्छ कि ऊ कस्तो बन्न चाहन्छ । ऊ मिलनसार, इमानदार, नम्र र राम्रो व्यवहार भएको मानिस बन्न चाहन्छ कि घमन्डी, असभ्य र दुर्व्यवहारयुक्त हुन चाहन्छ ? मानिसहरू कसरी आफूलाई परिवर्तन गर्न चाहन्छन् भन्ने कुरा उनीहरूमा निर्भर हुन्छ। भित्री सुन्दरता यस्तो चीज हो जुन आजको प्रविधि प्रयोग गरेर परिमार्जन गर्न सकिँदैन तर यो त्यस्तो चिज हो जुन सबैले देख्न सक्छ र त्यसकाे आधारमा आँक्न सक्छ । एक व्यक्तिको भित्री सुन्दरताले सोही व्यक्तिको आचरण र वास्तविकता देखाउँछ । जो बाहिरबाट अत्यन्त सुन्दर देखिन्छ त्यो व्यक्ति धेरै दयालु मनको छ र धेरै ज्ञानी छ भन्ने कुरा दर्साउँदैन । त्यस्तै, कुनै व्यक्तिको शरीर र अनुहार धेरै आकर्षक छैन भने त्यो व्यक्ति खराब आचरणको छ भन्ने कुरा पनि दर्साउँदैन ।
भित्री सुन्दरताले मानिस कति सुन्दर छ भन्ने कुरा प्रमाणित गर्छ न कि बाहिरी सुन्दरताले । राम्रो स्वभाव र दयालु हृदय भएका व्यक्ति सुन्दर व्यक्ति हुन् । यदि कुनै मानिसले कसैलाई उसको रङ वा शरीरको आधारमा हेप्छ भने त्यस व्यक्तिलाई सजाय दिनुपर्छ किनभने त्यो भेदभावको एक रूप हो ।
What kind of virus has come about?
That kills people in many a number
Coronavirus; that’s what they call it
And from China it originated!
It started from bats or snakes—that’s what they say
It has recorded the maximum no. of deaths every day
But still some people say that it’s fake
Can’t they see how many lives a day it takes?
The world that we are seeing today is all very beautiful. It’s endless. But beauty doesn’t last forever. But every beauty has to get old. And so will the beautiful and unexplored universe. What we see in our world today is an endless universe, beautiful earth, our 8 planet orbit roaming around the sun, and huge shining stars. But that is only what we can see. There may be more than that in this unexplored universe. Something that has not been encountered by us human beings. There may be life outside of our milky way galaxy. There may be thousands of universes. Our universe might just be an endless pitch of darkness. Who knows what will happen to this universe in 1,000,000,000,000,000,000 years. It might even survive longer than that. Or, maybe all the planets and stars might get destroyed and maybe one day there will be nothing in this universe except darkness. And that would be known as the death of the universe which we may not be alive to encounter. So, we really should understand this endless darkness and try to find out what is in this endless path. Or, does it have an end?
How many of us have heard about time travel? Almost all of us. But is it possible to make a time machine like one of the cartoons and anime we see?
Time traveling can be possible and also transportation. We might have heard many theories about time travel. Some say they have even experienced time travel. It can be true but not exactly what we expect. We can either time travel from a black hole or a wormhole or make a time machine. If we try transporting through wormholes we may be in the future in time because it takes us years to reach but just feel seconds. Even if we successfully make a quantum teleportation machine we can also do time travel through that. What a teleporting machine does is destroy our body and make another duplicate at the destination. If there's anyone in the machine then we might end up colliding with the insect or object that's inside the machine and end up being a new species. During time travel we either have to go through a black hole or a wormhole, which might be too tough but we will end up being in a good place if we are lucky enough or get to another planet or end up dying.
It's possible to make a teleporting machine by 2050 or a time travel machine in that period. There are many chances of quantum teleportation till that time.
जब मेरो अन्तिम परीक्षा समाप्त भयो, म खुसी थिएँ किनकि मैले छुट्टिहरूका लागि धेरै रमाइला योजनाहरू बनाएकी थिएँ । मलाई कोरोनाको बारेमा धेरै थाहा थिएन । कोरोनाको बारेमा थाहा पाएपछि म डराएँ पनि । लकडाउन चाँडै सुरु भएकाले न त हामी छुट्टिमा कतै गयौं वा बाहिर खेल्यौं नै। यही बिचमा हामीले चलचित्र र टिभी हेर्यौं। सुरु सुरु मा त दिनहरू रमाइला नै भए तर पछि पछि भने जब लकडाउन लामो हुन थाल्यो, हामी सबैलाई अल्छि लाग्दै जान थाल्यो थियौं र बाहिर जान मन लाग्यो । हामी हाम्रो जीवनलाई जोखिममा पार्न पनि सकेनाैँ। मलाई कसैले घरभित्र थुनिदिएको जस्तो लाग्न थाल्यो। तर समय बित्दै जाँदा मैले महसुस गरेँ कि लकडाउनले मलाई मन पर्ने चीजहरू गर्न बढी समय दिएकाे छ । मैले यसकाे सक्दाे सदुपयाेग गर्न जरूरी छ । पहिला त त्यो समयमा विद्यालयको काम गर्दा जान्थ्यो तर अब मैले धेरै समय पाएकी छु। मैले रेखाचित्र, बेकिंङ्ग, र फेरि लेख्न सुरु गरेँ र महिनौँपछि पहिलो पटक स्वतन्त्रताकाे महसुस गरेँ । म सिर्जनात्मक भएकोमा कति राम्रो महसुस गरें भनेर बिर्सिसकेकी थिएँ । मैले आफ्नो परिवारसँग बढी समय बिताउन थालें । हामीले महसुस गर्यौं कि बाहिर जानेले जोखिम बढी पार्दछन् त्यसैले हामी घरमै बस्यौं। मैले मेरो मन पर्ने पुस्तक 'Diary of a wimpy kid' पढें। मैले कद्दू, आलु, खुर्सानी, पालक, गेडागुडीहरू, पानी लौकी, टमाटर आदि लगाएँ । समय बितेपछि स्कुलले अनलाइन कक्षा सुरु गर्यो । सुरुमा यो बुझ्न कठिन भयो कि कसरी अनलाइन कक्षाको उपयोग गर्ने। अब एक महिना भयो र मैले चकलेट केक, एक कागती केक, रोटी, केरा र अखरोट केक बनाएँ । मैले यो पनि सिकेँ कि खाना पकाउनु र बेकिंङ्ग कुनै ठूलो कुरा त होइन रहेछ । मात्र चाहाना र कामप्रतिकाे लगनशीलता आवश्यक पर्दाेरहेछ ।
लकडाउनले हामीलाई सिकायो कि चीजहरू हतारमा गर्नुपर्दैन । लकडाउनले हाम्रो जीवनमा धेरै प्रभावहरू पारिरहेकाे छ तर हामीले यो महसुस गर्नुपर्दछ कि समय अनमोल छ र हामी फलदायी हुनुपर्दछ ।
Animal rights are the rights of animals that prevent the exploitation and abuse of them by humans.
The Earth is not only home to us humans. It is also the home to various species. They have the equal right to live free from abuse and exploitation just like us. The abusers of animals should be punished accordingly. Some of the animal rights include no hunting, no experimenting on animals, no use of animals for entertainment, no use of animals for hard labor, and many more. Animal cruelty is one of the serious problems in the world today. No living being should be put in such pain and difficulty. The habitat of animals is being destroyed day by day. Humans should stop this soon because most of the animals are being endangered because of this. There are animals which are a very important part of the ecosystem. If they are put in harm, the ecosystem will be unbalanced. Every animal, domestic or wild should get animal rights because they have the right to live free too. The domestic animals should be cared for properly by their owners/caretakers and the habitat of wild animals should not be destroyed.
We should not forget that animals are part of nature too and have the right to live freely in their habitat. It is our loss if we do not think about this matter before it's too late.
हामी साना बालबालिका हाैँ । अहिले हाम्रा हरेक कुरामा रेखदेख गर्ने काम हाम्रा अभिभावकहरूले गर्नुहुन्छ । हाम्रो उज्ज्वल भविष्यको सपनालाई साकार पार्नका लागि हाम्रा शिक्षकहरूले पनि उत्तिकै मार्गनिर्देशन गरिरहनुभएको छ । हामी भविष्यमा केही बन्नुछ । हामीले भविष्यका लागि केही लक्ष्य लिनु छ । यसरी भविष्यमा के भन्ने कुराको निर्णय लिनु अर्थात योजना बनाउनु नै भविष्यको योजना हो ।
हामी साना बालबालिका ठुलो भएर केही गर्नुछ । केही गर्नु नै हाम्रो जिम्मेवारी हो त्यसैले हामीले सानैदेखि भविष्यमा के बन्ने भनी योजना बनाउछौँ । योजना बनाएर मात्र हामी आफ्नो लक्ष्यमा पुग्न सक्दैनौँ । त्यसका लागि हामीले निरन्तर परिश्रम गर्नुपर्छ । हामीले गर्ने परिश्रम पनि यस्तो होस् जसले हामीले भविष्यमा लिएको लक्ष्य अर्थात् आफूले बनाएको योजनालाई सफल पार्न सकियोस् । सबै बालबालिकाहरूमा आफ्नो योजना हुन्छ । मैले भविष्यमा गायिका बन्ने योजना बनाएकी छु अर्थात् मेरो भविष्यको लक्ष्य भनेको गायिका बन्नु हो । गायिका बनेर म राम्रो गीत गाउन चाहन्छु । म नेपालका सम्पूर्ण मानिसहरूलाई राम्रो गीत गाएर मनोरञ्जन दिन चाहन्छु त्यतिमात्र होइन मैले आफ्ना गीतको माध्यमबाट सन्देश दिन चाहन्छु । गीतको माध्यमबाट मैले संसारमा छाप छोड्ने छु अर्थात् आफ्नो नाम विश्वमा कमाउने छु । त्यसका लागि मैले आजैदेखि सङ्गीत सिक्ने काम गरेकी छु । मेरो मुखमा जति बेला पनि गीतकै बास गरेको छ अर्थात् म धेरै समयसम्म गीत नै गाइरहेकी छु । म गायिका बनेर विश्वका ठुलाठुला मानिसहरूले जस्तै नाम कमाउन चाहन्छु । म चाहन्छु जब विश्वका धेरै ठुलाठुला गायकहरूको नाम आउँछ त्यतिबेला मेरो नाम पनि होस् । गीत सङ्गीतबाट नै इज्जत कमाउने भन्ने मेराे चाहना छ । यसका लागि म निरन्तर गीतसङ्गीतको साधनामा लाग्नेछु निरन्तर गीत गाउने छु र सङ्गीतको क्षेत्रमा निकै परिश्रम गर्नेछु । गीत सङ्गीतबाट मात्र नभएर मैले मेरो देशको नाम अन्य राम्रा राम्रा काम गरेर राख्नेछु । मेरो गायिका बन्ने सपनामा मेरा अभिभावकहरूले पनि साथ दिनुभएको छ र दिनु नै हुनेछ भन्ने कुराको आशा गर्दछु । म ठुलाे भएर आफ्नो सपनालाई विपनामा बदल्नको लागि निरन्तर लागि पर्नेछु ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भन्नुभएको छ, “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।” यस भनाइले भविष्यमा केही बन्नुछ भने उद्देश्य लिनुपर्छ भन्ने कुराको पुष्टि गर्दछ त्यसैले मेरो भविष्यको योजना अर्थात् उद्देश्य भनेको गायिका बन्नु हो । गायिका बनेर नाम कमाउनको लागि म निरन्तर अगाडि बढेकी छु र बढ्ने नै छु ।
आज मान्छेहरू आफ्ना आफ्ना मोबाइललाई छोड्दैनन् र मोबाइलमा नै अधिकांश समय बिताएका हुन्छन् । न मान्छेहरू खेलकुदमा सक्रिय छन् न राम्ररी हिलडुल गर्छन् । मानिसहरू यसरी घरमा मात्र बसे भने जिउ मोटाउॅछ र एकदिन मान्छेहरू राम्ररी हिलडुल गर्न सक्दैनन् र एउटा सानो काम गर्न पनि अल्छी मान्छन् । यस्ता किसिमका बानीबाट हट्न वा हटाउन हामी खेल्नुपर्छ वा खेलकुदमा सहभागी हुनुपर्छ र यस्तै विभिन्न किसिमका खेलहरूमध्ये बास्केटबल पनि एक हो ।
बास्केटबल दुई टोलीका बीचमा खेल्ने खेल हो र यो खेलमा भकुन्डाे एउटा टोलीले अर्को टोलीको गोलो टाेकरीमा हाल्नुपर्छ। यो खेलमा एउटा टोलीमा ५ जना र अकोॅ टोलीमा ५ जना हुन्छन् । यो खेल ५/५ वा ३/३ जनाकाे समूहमा पनि खेलिन्छ । बास्केटबलमा एउटा ठुलो सङ्घ छ र त्याे सङ्घलाई एन. बिइ. ए ( नेसनल बास्केटबल एसोसिएसन ) भनिन्छ । एन. बिइ.एमा चाहिँ ५/५ जनाकाे समूहमा खेलिन्छ । बास्केटबलमा धेरै रणनीति हुन्छन् । बास्केटबलमा धेरै नियमहरू पनि छन् । जस्तै-बास्केटबलमा बल समातेपछि २ चरणभन्दा धेरै चरणहरू लिन पाइँदैन र अर्को टोलीको मान्छेलाई हान्न पाइँदैन । लाइनभन्दा बाहिर जान पाइँदैन । बास्केटबलका धेरै फाइदाहरू पनि छन् । यसले शरीरकाे उचाइ बढाउन सहयोग गर्छ । हाम्राे स्वास्थ्यलालाई राम्राे पार्छ । त्यसैले हामी बास्केटबल खेल्नुपर्छ ।
मलाई बास्केटबल खेल्न मन पर्छ । म भविष्यमा देशको ठुलो बास्केटबल खेलाडी बन्नेछु । आफ्नो स्वास्थ्य राम्रो राख्न कुनै न कुनै खेल खेल्नुपर्छ र म बास्केटबल खेल्छु र सबै जनालाई बास्केटबल खेल्ने सुझाव दिन्छु ।
हाम्रो स्कुल हामीलाई लाग्छ साह्रै जाती
सबै कुरा पाउँछु मैले स्कुल मेराे साथी ।
वातावरण राम्रो हुन्छ घाम पनि लाग्छ
जाडोयाममा घाम ताप्दा न्यानो धेरै हुन्छ
हरियाली जताततै चिसो हावा लाग्छ
साथीसँग खेल्दा पढ्दा मनै रमाउँछ ।
शिक्षक मेरा साथीजस्ता धेरै मायालु छन्
पाठशालामा खेल्दा बस्ता रम्छ मेरो मन ।
विद्यालय वरपर सफा सुन्दर शान्त
तन घरमा मन मेराे विद्यालय जान्छ ।
मेरो देशको नाम नेपाल हो । हिमाल, पहाड र तराई गरी मेरो देश नेपाल तीन भागमा विभाजन गरिएको छ। “नेपालीमा एउटा भनाइ पनि छ हिमाल, पहाड र तराई कोही छैन पराइ” यसले हामी सबै नेपाली एक हाैँ भन्ने बुझाउँछ ।
मेरो देश नेपाललाई विश्वमा जलस्रोतको दोश्रो धनी देश भनेर चिनिनुको साथै गौतम बुद्घ जन्मेको देश भनेर चिनिन्छ।यति मात्र नभई विश्वको अग्लो शिखर सगरमाथा मेरो देश नेपालमा रहेको छ। उक्त सगरमाथा सोलुखुम्बुमा अवस्थित छ । सगरमाथाको उचाई ८,८४८ मिटर रहेको छ । उक्त सगरमाथा आरोहण गर्नका निम्ति विश्वका धेरै देशका पर्यटकहरू आउने गर्छन् ।मेरो देश नेपालमा धेरै प्रकारका मठमन्दिर, गुम्बा इत्यादि रहेका छन् । मेरो देश नेपालमा विभिन्न किसिमका भाषा, धर्म मान्ने मानिसहरू एक आपसमा मिलेर बस्छन् । फरक फरक जाति धर्मअनुसार फरक फरक मान्यता रहेका छन् । यहाँका मानिसहरू धार्मिक आस्था राख्दछन् । धर्म जातअनुसार भेषभूषा पनि फरक छन् ।
मेरो देश नेपाल वनजङ्गल तथा जडीबुटीले भरिपूर्ण छ । हरियाली डाँडाकाँडा, नदीनाला, झरना, ताल, हिकाली सुन्दरता आदिले मेराे देशलाई अत्यन्त सुन्दर बनाएका छन् । मेराे देश नेपाल हामी सबै नेपालीकाे मुटु हाे किनभने नेपालविना हामी नेपाली रहन सक्दैनाैँ ।