Logo

Student Corner

Articles

मेराे देश
- Sophia Shrestha - 29034, Grad ... 14 July, 2021

मेराे देशकाे नाम नेपाल हाे । याे एसिया महादेशमा पर्छ । नेपालकाे हालकाे क्षेत्रफल १४७५१६ वर्गकिलाेमिटर छ । नेपाल भारत र चीनकाे बिचमा छ । नेपाललाई भाैगाेलिक रूपमा हिमाल,पहाड र तराइ प्रदेशमा बाँडिएकाे छ । यहाँ धेरै नदीनालाहरू छन् । विश्वकाे अग्लाे हिमाल सगरमाथा पनि हाम्राे देशमा छ । जसले गर्दा विश्वमा नेपाललाई चिनिन  मद्दत मिलेकाे छ । 
यहाँ धेरै जाति धर्म र संस्कृति अनि भाषा छन् । नेपालकाे राष्ट्रभाषा नेपाली हाे भने अन्य सबै भाषाहरू राष्ट्रिय भाषा हुन् । नेपालकाे राष्ट्रिय पाेशाक दाैरा सुरूवाल  र गुन्यूचाेली  हाे भने राष्ट्रिय जनावर गाई हाे । यसैगरी राष्ट्रिय फूल लालीगुराँस हाे । एसियाका तारा गाैतम बुद्ध जन्मिएकाे याे देश स्वर्ग भन्दा पनि सुन्दर छ । भृकुटी र सीता जन्मेकाे मेराे देशमा जन्मिन पाएकाेमा म अत्यन्तै खुसी छु । मलाई मेराे देशमाथि गर्व छ ।
 


Read More
बाढी र पहिराे
- Shuvee Lamichhane - 29033, Gr ... 13 July, 2021

बाढी र पहिराे एउटा प्राकृतिक प्रकाेप हाे। याे वर्षाकाे याममा आइपर्ने बिपत्ति हाे । धेरै पानी पर्दा बाढी र पहिराेले गर्दा हाम्राे देशमा वर्षेनी धन र जनकाे क्षति हुन्छ । पहिराेले जाँदा घरहरू भत्केर जान्छन् । कतै कतै त गाउँ नै पुरिन्छ ।  पहाडी क्षेत्रमा धेरै पहिराे जान्छ । 
तराइ क्षेत्रमा नदीनालामा पानी बढेर डुबानमा पर्छ । बाढी र पहिराे राेकथामका लागि रूखविरूवा काट्नुहुँदैन। पहिराेकाे जाेखिम भएका ठाउँबाट टाढा जानुपर्छ र त्यसकाे वरिपरि घर बनाउनु हुँदैन । नदीनालाका छेउछाउमा पनि रूखविरूवा राेप्ने, बाँध बाध्ने गरेर जाेखिम कम गर्न सकिन्छ । सतर्कता अपनाइ धन र जनकाे क्षति कम गर्न सकिन्छ । 
 


Read More
The Scariest Day of My Life
- Eva Adhikari - 29012, Grade V ... 12 July, 2021

We all probably have been scared many times.  Do you have the day that you are the most scared? Probably you do. First, let us talk about what being scared means?. A scare is a feeling. It is also called fear. Sometimes we get scared when we see a snake or any image in the dark etc. 
Today, I am going to share about my scariest day. 
When I was in grade two, my family planned to meet my little sister Kusum. Her house is in Dhapakhel. It was a long drive in the car and I have motion sickness. We reached there around 2:30 P.M and I was not feeling good. At that time, Kusum was in her school. After an hour my mother told me to pick her up from school. My aunt (Kushum’s mother) and I went to Kushum’s school. It took us twenty minutes to reach the school. I was so happy to see my sister, she was so surprised to see me there. We hugged each other. While returning home, my aunt had some work so, she asked me to take Kushum home. Now, being an elder sister it was my responsibility to take her home safely. On the way back home both of us were talking and laughing. After five minutes something unexpected happened. I noticed a person with a giant bag was following us. At first, he walked slowly, then he started to chase us. I was so scared. I ran as fast as I could. I carried Kushum and ran. I thought that was the last day of my life. I was so scared that I did not see anything. I  did not know where I was going, I just ran to the first path that came on my way. If I got lost, I could ask people and reach home, but I would never reach home if that person caught me. Those types of thoughts were coming to my mind. I prayed to God to save us. Luckily, I saw the gate of my house. I was so relieved and happy.  I quickly ran inside and locked the gate. I told everything to my mom. When she knew that, she was also scared. The next day, when I was going to the nearest shop, I saw the same person, he was staring at me but I was not afraid because my parents were near me but still whenever I think about that incident, it frightens me. That day was the scariest day of my life.
 


Read More
पृथ्वी
- Aarjan Khadka - 29003, Grade ... 11 July, 2021

सौर्य मण्डलमा आठ ग्रहहरु छन्। ती मध्ये एउटा ग्रह पृथ्वी हो। पृथ्वी एक मात्र ग्रह हो जसमा जीवित प्राणी वा हामी बस्न सक्दछौं।  पृथ्वी लगभग ४.५ अरब वर्ष पहिले बनेको थियो भन्ने अनुमान गरिन्छ ।

पृथ्वी मात्र यस्ताे  ग्रह हो जसले बोटबिरुवा र जनावरहरु जस्ता  लाखौं प्रजातिहरुलाई बास प्रदान गर्दछ।  पृथ्वीको सम्पूर्ण सतहको  लगभग ७३ प्रतिशत पानीले ढाकिएको छ। पृथ्वीमा २१ प्रतिशत अक्सिजन रहेको वातावरण छ जसले जीवित प्राणीहरूको अस्तित्व रहन मद्दत गर्दछ। पृथ्वी गोलो आकारमा छ र बुध ,ग्रह, शुक्र, र मंगल ग्रहहरु भन्दा ठूलो छ। पृथ्वीले हामीलाई हावा, पानी, खाना र बस्नको लागि आश्रय प्रदान गर्दछ। 

पृथ्वीको  एक मात्र प्राकृतिक उपग्रह चन्द्रमा हो; जुन पृथ्वीको चारै तिर घुम्छ। पृथ्वीको सबैभन्दा चिसो ठाउँ अन्टार्कटिका हो र सबैभन्दा तातो ठाउँ लिबिया हो। पृथ्वीमा कोइला, पानी र खनिज जस्ता धेरै प्राकृतिक स्रोतहरू छन्। यो पृथ्वीको रक्षा गर्नु हाम्रो दायित्व हो र हामीले प्राकृतिक स्रोत खेर फाल्नु हुँदैन।
 


Read More
समय
- Agraj Rijal - 29004, Grade V ... 08 July, 2021

समय भनेकाे बेला वा काल हाे । समय जीवनकै महत्वपूर्ण कुरा हो । हामीले समय खेर फाल्नु हुँदैन । हामीले समयमै काम गर्नु पर्छ । समयले कसैलाई पनि पर्खदैन। हामीले ठिक समयमा ठिक काम गर्याैँ भने हामी महान बन्न सक्छौँ ।बितिसकेकाे समय फिर्ता आउँदैन । हामीले जति  सम्पत्तिले पनि गएको समय फिर्ता ल्याउन सक्दैनाैँ । अनि समयलाई रोक्न  खोजे पनि रोकिदैन । आउने समयकाे कुनै निश्चितता हुँदैन । हामीले समयलाइ देख्न सक्दैनाैँ अनुभव गर्न मात्र सक्दैनाैँ । सबैभन्दा महत्वपुर्ण समय वर्तमान समय हो । वर्तमान समयलाई सदुपयोग गर्न सके हाम्रो जीवन सुन्दर बन्छ । समय न छिटो चल्छ न ढिलो चल्छ । समय बलवान हुन्छ ।  समयसँगै चल्न सकेमा हामी सफल हुन सकिन्छ । त्यसैले यसकाे महत्व बुझ्नु आवश्यक छ । 
 


Read More
मेराे विद्यालय
- Livana Karmacharya - 30013, G ... 07 July, 2021

विद्यालय भनेको हाम्रो मन्दिर हो । विद्यालय भनेको हाम्रो दोस्रो घर पनि हो। यहाँ हामी ज्ञान‌ हाँसिल गर्छौँ। मेरो विद्यालयको नाम सिफल माध्यमिक विद्यालय हो। मेरो विद्यालयमा पढाइका साथसाथै खेलकुद पनि हुन्छ । मेरो विद्यालयमा अनुभवी शिक्षक र शिक्षिकाहरू हुनुहुन्छ । उहाँहरुले हामीलाई आफ्नै सन्तानलाई जसरी नजानेको कुरा सिकाउनु हुन्छ। मेरो विद्यालयमा एक देखी बाह्र सम्मका कक्षाहरूमा   अध्ययन अध्यापन हुन्छ। मेरो विद्यालयमा धेरै जना शिक्षक शिक्षिका र साथिहरु हुनुहुन्छ। हामी हाम्रो विद्यालयमा फुटबल, भलिबल, टेबलटेनिस  जस्ता खेलहरू खेल्ने गछौँ, साथै योगा पनि गर्ने गछौँ। मेरो विधालयमा पढाई हुने विषयहरू, नेपाली, सामाजिक, गणित,विज्ञान, अङ्ग्रेजी, कम्पुटरका साथै संस्कृत र चाइनिज पनि पढाई हुन्छ। मेरो विद्यालयमा, नाचगान, नाटक र कराते कक्षाहरू सञ्चालित छन्।यस विद्यालयमा म कक्षा एक देखि पढ्दै आइरहेकी छु। यस विद्यालयमा पढ्न पाएकोमा म आफुलाई भाग्यमानी ठान्छु।  


Read More