Logo

Student Corner

समय

Written by: Agraj Rijal - 29004, Grade V

Posted on: 08 July, 2021

समय भनेकाे बेला वा काल हाे । समय जीवनकै महत्वपूर्ण कुरा हो । हामीले समय खेर फाल्नु हुँदैन । हामीले समयमै काम गर्नु पर्छ । समयले कसैलाई पनि पर्खदैन। हामीले ठिक समयमा ठिक काम गर्याैँ भने हामी महान बन्न सक्छौँ ।बितिसकेकाे समय फिर्ता आउँदैन । हामीले जति  सम्पत्तिले पनि गएको समय फिर्ता ल्याउन सक्दैनाैँ । अनि समयलाई रोक्न  खोजे पनि रोकिदैन । आउने समयकाे कुनै निश्चितता हुँदैन । हामीले समयलाइ देख्न सक्दैनाैँ अनुभव गर्न मात्र सक्दैनाैँ । सबैभन्दा महत्वपुर्ण समय वर्तमान समय हो । वर्तमान समयलाई सदुपयोग गर्न सके हाम्रो जीवन सुन्दर बन्छ । समय न छिटो चल्छ न ढिलो चल्छ । समय बलवान हुन्छ ।  समयसँगै चल्न सकेमा हामी सफल हुन सकिन्छ । त्यसैले यसकाे महत्व बुझ्नु आवश्यक छ ।