Logo

Student Corner

मेराे विद्यालय

Written by: Livana Karmacharya - 30013, Grade IV

Posted on: 07 July, 2021

विद्यालय भनेको हाम्रो मन्दिर हो । विद्यालय भनेको हाम्रो दोस्रो घर पनि हो। यहाँ हामी ज्ञान‌ हाँसिल गर्छौँ। मेरो विद्यालयको नाम सिफल माध्यमिक विद्यालय हो। मेरो विद्यालयमा पढाइका साथसाथै खेलकुद पनि हुन्छ । मेरो विद्यालयमा अनुभवी शिक्षक र शिक्षिकाहरू हुनुहुन्छ । उहाँहरुले हामीलाई आफ्नै सन्तानलाई जसरी नजानेको कुरा सिकाउनु हुन्छ। मेरो विद्यालयमा एक देखी बाह्र सम्मका कक्षाहरूमा   अध्ययन अध्यापन हुन्छ। मेरो विद्यालयमा धेरै जना शिक्षक शिक्षिका र साथिहरु हुनुहुन्छ। हामी हाम्रो विद्यालयमा फुटबल, भलिबल, टेबलटेनिस  जस्ता खेलहरू खेल्ने गछौँ, साथै योगा पनि गर्ने गछौँ। मेरो विधालयमा पढाई हुने विषयहरू, नेपाली, सामाजिक, गणित,विज्ञान, अङ्ग्रेजी, कम्पुटरका साथै संस्कृत र चाइनिज पनि पढाई हुन्छ। मेरो विद्यालयमा, नाचगान, नाटक र कराते कक्षाहरू सञ्चालित छन्।यस विद्यालयमा म कक्षा एक देखि पढ्दै आइरहेकी छु। यस विद्यालयमा पढ्न पाएकोमा म आफुलाई भाग्यमानी ठान्छु।