Logo

Student Corner

पृथ्वी

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 11 July, 2021

सौर्य मण्डलमा आठ ग्रहहरु छन्। ती मध्ये एउटा ग्रह पृथ्वी हो। पृथ्वी एक मात्र ग्रह हो जसमा जीवित प्राणी वा हामी बस्न सक्दछौं।  पृथ्वी लगभग ४.५ अरब वर्ष पहिले बनेको थियो भन्ने अनुमान गरिन्छ ।

पृथ्वी मात्र यस्ताे  ग्रह हो जसले बोटबिरुवा र जनावरहरु जस्ता  लाखौं प्रजातिहरुलाई बास प्रदान गर्दछ।  पृथ्वीको सम्पूर्ण सतहको  लगभग ७३ प्रतिशत पानीले ढाकिएको छ। पृथ्वीमा २१ प्रतिशत अक्सिजन रहेको वातावरण छ जसले जीवित प्राणीहरूको अस्तित्व रहन मद्दत गर्दछ। पृथ्वी गोलो आकारमा छ र बुध ,ग्रह, शुक्र, र मंगल ग्रहहरु भन्दा ठूलो छ। पृथ्वीले हामीलाई हावा, पानी, खाना र बस्नको लागि आश्रय प्रदान गर्दछ। 

पृथ्वीको  एक मात्र प्राकृतिक उपग्रह चन्द्रमा हो; जुन पृथ्वीको चारै तिर घुम्छ। पृथ्वीको सबैभन्दा चिसो ठाउँ अन्टार्कटिका हो र सबैभन्दा तातो ठाउँ लिबिया हो। पृथ्वीमा कोइला, पानी र खनिज जस्ता धेरै प्राकृतिक स्रोतहरू छन्। यो पृथ्वीको रक्षा गर्नु हाम्रो दायित्व हो र हामीले प्राकृतिक स्रोत खेर फाल्नु हुँदैन।