Logo

Student Corner

बाढी र पहिराे

Written by: Shuvee Lamichhane - 29033, Grade V

Posted on: 13 July, 2021

बाढी र पहिराे एउटा प्राकृतिक प्रकाेप हाे। याे वर्षाकाे याममा आइपर्ने बिपत्ति हाे । धेरै पानी पर्दा बाढी र पहिराेले गर्दा हाम्राे देशमा वर्षेनी धन र जनकाे क्षति हुन्छ । पहिराेले जाँदा घरहरू भत्केर जान्छन् । कतै कतै त गाउँ नै पुरिन्छ ।  पहाडी क्षेत्रमा धेरै पहिराे जान्छ । 
तराइ क्षेत्रमा नदीनालामा पानी बढेर डुबानमा पर्छ । बाढी र पहिराे राेकथामका लागि रूखविरूवा काट्नुहुँदैन। पहिराेकाे जाेखिम भएका ठाउँबाट टाढा जानुपर्छ र त्यसकाे वरिपरि घर बनाउनु हुँदैन । नदीनालाका छेउछाउमा पनि रूखविरूवा राेप्ने, बाँध बाध्ने गरेर जाेखिम कम गर्न सकिन्छ । सतर्कता अपनाइ धन र जनकाे क्षति कम गर्न सकिन्छ ।