Logo

Student Corner

Articles

हाम्री आमा
- Bishakha Upadhya - 30010, Gra ... 18 November, 2021

आमाले हामीलाई जन्म दिनुभयो| आमाले हामीलाई  धेरै माया गर्नुहुन्छ | हामी ठूलो भएपनि आमाले हामीलाई सानो हुँदा जस्तै माया दिनुहुन्छ | उहाँले हामीलाई यो संसारमा ल्याउनुभयो |हामीलाई जिन्दगी दिनुभयो |आमाको ममताको तुलना कुनै चिजसँग पनि हुँदैन | उहाँले हामीलाई  बोल्न सिकाउनुभयो   र  हिड्न सिकाउनु भयो | उहाँले हामीलाई राम्रो र नराम्रो छुट्याउन सिकाउनुभयाे | हामीलाई राेग लागेको बेलामा आमाले हामीलाई धेरै सहयोग गर्नुहुन्छ । आमाले  हामीलाई कसरी खाने, बस्ने, बाेल्ने सबै  सिकाउनुभयो । आज आमा भएर हामीहरू यहाँ छौं । आमा नभए त हामी यो संसारमा नै हुने थिएनाैँ । आमा हाम्री भगवान हुन् ।  आमाले आफ्नो सन्तानका लागि आफ्नाे प्राण दिन पनि सक्नुहुन्छ ।  हाम्रो लागि आमाको ममता यस्तो हुन्छ भने  हामीले पनि आमालाई दुःख  परेको बेलामा सहयोग गर्नुपर्छ । आमाकाे याेगदानकाे बदलामा हामीले आमाका लागि जीवनभर काम गरे पनि तिर्न सक्दैनाैँ । आमाकाे आँखामा आँसु आउन नदिन हामीले हरसम्भव प्रयास गर्नुपर्छ । आमालाई खुसी बनाउन सक्नु भनेकाे हामीले जिउँदाे देवतालाई पूजा गर्नु जस्तै हुन्छ ।


Read More
हरियो वन नेपालको धन
- Jyotsana Tako - 29041, Grade ... 17 November, 2021

नेपाल विकासाेन्मुख मुलुक हो तर प्रशस्त मात्रामा वनजङ्गल छन् । नेपालमा  ठूला-ठूला जङ्गलहरु छन्। जङ्गलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ। नेपालमा भएको जङ्गलको सदुपयोग गर्न सकेमा नेपाल धनी र नेपाली सुखी हुन् सक्छन्।

वनबाट हामीलाई थुप्रै फाइदाहरू छन्। वनजङ्गलकै कारणले गर्दा समयमा वर्षा भई खेतीपाती हुने गर्छ। सिँचाइको लागि पनि वर्षा हुनु जरुरी छ। वनलाई प्राकृतिक बीमा पनि भन्न सकिन्छ। किनभने बाढी र पहिरोलाई रोक्ने गर्छ। बेला-बेलामा भूमीहरू क्षति भइरहने गर्छ।  पर्याप्त वन भएको ठाउँमा भूमीहरू  क्षति हुन पाउँदैन। वनबाट अनेकौं जडिबुटीहरू निस्कने गर्छ। वनबाट नै पशुहरूलाई  घाँस  प्राप्त  हुन्छ।  सलाई बनाउने काठ, चन्दन, रबरको लस्सा, मह, मसला, बास इत्यादि वनबाट प्राप्त हुने गर्छ।

वन प्राचिन कालदेखि नै शान्तिको पुजारी रहेको छ। ऋषि-मुनिहरू अध्यात्म शान्तिको लागि वनजङ्गलमा नै गएर तपस्या  गर्ने  गरेको थुप्रै प्रमाण धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ। जङ्गली जनावर, पंक्षीहरूको आरक्षण पनि हो।  दुर्लभ जीवजन्तु वनजङ्गलमा नै बस्ने गरेका हुन्छन्।

वनजङ्गलको महत्त्वलाई बुझ्दा बुझ्दै पनि बढ्दो जनसंख्याको कारणले दिन प्रतिदिन जङ्गलको विनाश भइरहेको पाइन्छ। वन  विनाशको  कारणले आइपर्ने  दुःखलाई हरेक मानिसमा बुझाइ  अर्थात् जङ्गलको  महत्त्वको जनचेतना जगाई सबैले वृक्षारोपण गर्ने र यस कार्यमा सहयोग गर्ने हो भने ‘हरियो  वन  नेपालको धन’  भन्ने कुरा सधैँ रहिरहने छ।
 


Read More
गाई
- Bibechana Dangol - 30009, Gra ... 16 November, 2021

गाई हाम्राे देश नेपालकाे राष्ट्रिय जनावर हाे । याे घरपालुवा जनावर हाे । गाई संसारभर पाइन्छ । याे विभिन्न रङमा हुन्छ । सेताे, कालाे, खैराे आदि रङका धेरैजसाे गाई पाइन्छ । याे एकदमै उपयाेगी जनावर हाे । यसले पराल,घाँस, कुँडाे खान्छ । यसकाे  दुध असाध्यै पाेसिलाे हुन्छ । दुधबाट दही, पनिर,खुवा बनाउन सकिन्छ । यसकाे गाेबर मलकाे रूपका प्रयाेग हुन्छ भने गाईकाे मुत्र गहुँतका रूपमा हिन्दूहरूले प्रयाेग गर्छन् । गाईलाई हिन्दू धर्म मान्ने मानिसहरूले गाैामता, लक्ष्मीकाे रुमका पूजा पनि गर्छन् । गाई बाचुन्जेल त हामीलाई उपयाेगी छ नै याे मरेपछि पनि यसकाे छाला विभिन्न छालाका सामग्री जस्तै झाेला, पेटी इत्यादि बनाउन अनि हड्डीहरू टाँक लगायत अन्य सामग्री बनाउन उपयाेगी हुन्छ। 
यसरी गाई असाध्यै उपयाेगी जनावरका रूपमा विश्वभरि नै पालिन्छ ।
 


Read More