Logo

Student Corner

हरियो वन नेपालको धन

Written by: Jyotsana Tako - 29041, Grade V

Posted on: 17 November, 2021

नेपाल विकासाेन्मुख मुलुक हो तर प्रशस्त मात्रामा वनजङ्गल छन् । नेपालमा  ठूला-ठूला जङ्गलहरु छन्। जङ्गलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ। नेपालमा भएको जङ्गलको सदुपयोग गर्न सकेमा नेपाल धनी र नेपाली सुखी हुन् सक्छन्।

वनबाट हामीलाई थुप्रै फाइदाहरू छन्। वनजङ्गलकै कारणले गर्दा समयमा वर्षा भई खेतीपाती हुने गर्छ। सिँचाइको लागि पनि वर्षा हुनु जरुरी छ। वनलाई प्राकृतिक बीमा पनि भन्न सकिन्छ। किनभने बाढी र पहिरोलाई रोक्ने गर्छ। बेला-बेलामा भूमीहरू क्षति भइरहने गर्छ।  पर्याप्त वन भएको ठाउँमा भूमीहरू  क्षति हुन पाउँदैन। वनबाट अनेकौं जडिबुटीहरू निस्कने गर्छ। वनबाट नै पशुहरूलाई  घाँस  प्राप्त  हुन्छ।  सलाई बनाउने काठ, चन्दन, रबरको लस्सा, मह, मसला, बास इत्यादि वनबाट प्राप्त हुने गर्छ।

वन प्राचिन कालदेखि नै शान्तिको पुजारी रहेको छ। ऋषि-मुनिहरू अध्यात्म शान्तिको लागि वनजङ्गलमा नै गएर तपस्या  गर्ने  गरेको थुप्रै प्रमाण धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ। जङ्गली जनावर, पंक्षीहरूको आरक्षण पनि हो।  दुर्लभ जीवजन्तु वनजङ्गलमा नै बस्ने गरेका हुन्छन्।

वनजङ्गलको महत्त्वलाई बुझ्दा बुझ्दै पनि बढ्दो जनसंख्याको कारणले दिन प्रतिदिन जङ्गलको विनाश भइरहेको पाइन्छ। वन  विनाशको  कारणले आइपर्ने  दुःखलाई हरेक मानिसमा बुझाइ  अर्थात् जङ्गलको  महत्त्वको जनचेतना जगाई सबैले वृक्षारोपण गर्ने र यस कार्यमा सहयोग गर्ने हो भने ‘हरियो  वन  नेपालको धन’  भन्ने कुरा सधैँ रहिरहने छ।