Logo

Student Corner

Articles

कोरोना भाइरस
- Prisha Acharya - 29040, Grade ... 15 November, 2021

कोरोना  भाइरस चीनबाट आएको हो | लाखौं करोडौं मान्छेहरूको मरेका छन्| हस्पिटलमा कोरोना  भाइरसले गर्दा मान्छेहरू भरिएका छन् |  कोरोना  भाइरसले स्कुल जान सक्दैन  त्यसैले हाम्रो  अनलाईन कक्षा हुन्छ | कोरोना भाइरसले गर्दा हामी घरबाट बाहिर जान सक्दैनाैँ हामी बाहिर भएपनि  घर आउँदा हामीले यी हात साबुनले धुनुपर्छ र मुख पनि सबल धुनुपर्छ | हामीहरू बाहिर  जान लागेको बेलामा हामीले मास्कको प्रयोग गर्नुपर्छ |

अहिले प्रायः जसाे व्यक्तिहरूले काेराेना विरुद्धकाे खाेप लगाइसकेका भए पनि बालबालिकाका लागि भने खाेप आइसकेकाे छैन । तैपनि विद्यालय बिस्तारै खुल्दै पनि गएका छन् । अझै पनि याे राेगकाे त्रास र जाेखिम बाँकी नै भएकाले सुरक्षित भएर हिड्नुपर्छ ।  लगभग डेढ वर्ष विद्यालय जान नपाएका हामी विद्यालय जानका लागि निकै उत्साहित छाैँ । अब याे महामारी नबढिदियाेस् भनी सबैले प्रार्थना गरेका छाैँ ।
 


Read More
Starlight And Her Starry Story
- Yureka Adhikari - 29049, Grad ... 15 November, 2021

There was a girl named Starlight. She loved the idea of space, especially the stars. Ever since she was three, she would go outside and watch the stars until she fell asleep, and her parents would wake her up and take her to her starry room. When she started school, she shared her love for stars with her friends, but they called her weird for it. She eventually started acting like them but still had that same three-year-old self in her heart. As time went on, she became more stressed and anxious. The only thing that made her calm was sitting in the garden and watching the stars. One day, when she was in middle school, during the winter, she was doing her homework outside around 5 pm, and her parents had just left to get some groceries. Starlight opened her journal and started writing a poem. As she was writing a poem when she got lost in the world of stars and wrote a beautiful poem. When she came out of the world of heaven then, she realized that she was born to write a poem, and that’s what her true friends were telling her to do. Who were those closest friends? The STARS! The same friends that were with her entire life and would be with her no matter what, as their name was in her name. She started writing many poems and stories about the stars and space and eventually became one of the biggest writers. The same "friends" who had called her weird for liking stars now were praising her for it. This made her  realize her friends were not true and the only real true friends were STARS.
 


Read More
पुस्तक समीक्षा: जलपरीकाे सङ्घर्ष
- Yureka Adhikari - 29049, Grad ... 12 November, 2021

परिचय
जलपरीकाे सङ्घर्ष एउटा सचित्र बालचित्रकथामा आधारित पुस्तक हाे। यस  पुस्तकका लेखक दीपक गाैतम हुन्। यस पुस्तकका सम्पादक शान्तदास मानन्धर हुन्। यस कथाकाे प्रकाशक संस्था एपाेलाे अफसेट प्रेस प्रा.लि. काठमाडाैँ हाे।
कथावस्तु
कुनै समयमा जलपरी नामकी एउटी केटी थिई। जलपरीकी आमाले उन लाई कतै नजानू भनिन्। जलपरीकाे साथीकाे जन्मदिन भएकाले नगए साथीहरू रिसाउँछन् भनी। आमाले तिम्राे कपालमा धेरै लट्टा रहेछ भनेर काँटा लगाइदिइन्। पछि ऊ जन्मदिन न सन्मदिन भन्दै सार्कसँग घुम्न गई। सार्कले जलपरीलाई पिठ्युँमा बसालेर रमाइला ठाउँहरू देखाउँदै एकान्तमा लिएर गयाे। अनि मूर्ख केटी म तँलाई खान्छु भन्याे। जब सार्कले झम्टिन खाेज्याे जलपरीले आफूलाई बचाउन खाेज्दा जालमा परी तर आमाले दिएकाे काँटाकाे सहायतामा जालबाट पनि निस्की। ऊ घर ढिलाे पुगी। आमाले साेध्दा सुरुमा नबताए पनि सबै कुरा पछि बताई।
पात्रहरू
जलपरीकाे सङ्घर्ष कथामा खराब पात्रका रूपमा सार्क र जाल थाप्ने मान्छे छन्। सार्कले साेझी जलपरीलाई खान खाेज्छ अनि मान्छेले निर्दाेष जनावरहरूलाई मार्न जाल थाप्छ। 
जलपरी र उनकी आमा यस कथामा असल पात्रका रूपमा छन्। उनीहरू साेझा छन्। जलपरीलाई के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने पनि थाहा थिएन। 
परिवेश
जलपरीकाे सङ्घर्ष कथाकाे मुख्य परिवेश समुद्र हाे। यस कथामा प्रसङ्गगत परिवेश मुगा भएकाे ठाउँ, जलपरीकाे साथीकाे घर हाे। यसैगरी स्थलगत परिवेश जलपरीकाे घर,बगैँचा,माझीकाे गाउँ आदि हुन्। 
सिफारिस
जलपरीकाे सङ्घर्ष कथा शिक्षामूलक कथा छ। यस कथामा माछालाई पात्र बनाएर आफ्नै वरपरका मानिसकाे पनि आँखा बन्द गरेर विश्वास गर्न नहुने कुरा उपयुक्त प्रसङ्ग दिएर सिकाएकाे छ।कथा असाध्यै राेचक पनि छ। त्यसैले याे कथा पढ्न सबैलाई सिफारिस गर्छु।
 


Read More
बुबाकाे मुख हेर्ने दिन
- Sambhabya Pandey - 30027, Gra ... 12 November, 2021

भाद्र कृष्ण औँसीलाई कुशेऔँसी भनिन्छ । यस दिनलाई बुवाकाे मुख हेर्ने दिन पनि भनिन्छ । याे वर्ष बुवाकाे मुख हेर्ने दिन भदाैकाे २२ गते परेकाे थियाे । याे दिन हामीले आफ्ना बाबाकाे मुख हेर्न मिठाेमिठाे खाने कुरा खुवाउने अनि उपहार पनि दिने चलन छ । बुवा नहुनेले भने यस दिन गाेकर्णमा गएर नुहाउने अनि गुरूहरूलाई दान दिने चलन छ । 
याे दिन कुशेऔँसी पनि भएकाले घरघरमा कुश ल्याएर राख्ने चलन छ । कुश विवाह, ब्रतबन्ध,पूजा, अनि सम्पूर्ण शुभकार्यमा प्रयाेग हुन्छ । त्यस्तै श्राद्ध,पितृकार्यमा पनि कुश चाहिन्छ । कुशेऔँसीकाे दिन बाहेक कुश अरू दिन उखेलेमा महापाप लाग्ने जनविश्वास छ । 
बुवाकाे मुख हेर्ने दिन मैले पनि बाबाकाे मुख हेरेँ। मैले बाबालाई मिठामिठा खानेकुरा र उपहार दिएँ । आफ्नै हातले बाबालाई खुवाएँ अनि बाबा पनि निकै खुसी हुनुभयाे। बाबालाई आफ्नै हातले शुभकामना कार्ड पनि बनाएर दिएँ । ढिलै भए पनि याे दिनकाे सबैलाई शुभकामना ।
 


Read More