Logo

Student Corner

Articles

किसानकाे जीवन
- Shreeda Risal - 29031, Grade ... 23 November, 2021

किसानकाे खेतबारी र जहान सानाे हुन्छ तर उनीहरूलाई बिहान र साँझ काम नगरी खान पुग्दैन । बिहान सबै मानिसहरू ओछ्यानबाट नउठ्दै किसान खेतमा पुगेर काम गर्न सुरु गरिसक्छन् । असार महिना किसानका लागि रमाउने महिना हाे किनकि असारमा मानाे छरेर मङ्सिरमा मुरी भित्र्याउने किसानकाे सपना हुन्छ । धान राेप्ने समयमा घाम, पानी ,बाढी ,खाेला पहिराे केही नभनी काममा  लागिरहन्छ ।धान राेपेर छाेडेर मात्र पुग्दैन , पानी लगाइ गाेडमेल पनि गर्नुपर्छ । किसानका घरका सम्पूर्ण परिवार काममै व्यस्त हुन्छ । किसानलाई हलाे, जुवा अनि काँधमा काेदालीले शाेभा दिन्छ । धानले जुनेली रातमा बयली खेल्न सुरू गरेपछि किसानकाे खुसीकाे सीमा नै हुँदैन । जब धान वा अन्नबाली भित्र्याउँछ, किसानले नै विश्वभरका लागि खाद्यन्न पुर्याउँछ त्यसैले हामीले सम्पूर्ण किसानकालाई सम्मान गर्नुपर्छ ।


Read More
ऋतु
- Livana Karmacharya - 30013, G ... 22 November, 2021

हाम्रो देश नेपालमा छ वटा ऋतुहरु हुन्छन्। नेपालमा दुई महिनाको एउटा ऋतु हुन्छ। त्यसैले१२महिनाको छ वटा ऋतुहरु हुन्छन्।यी ऋतुहरुको नाम हुन् , वसन्त ऋतु,गृष्म ऋतु,वर्षा ऋतु, शरद ऋतु, हेमन्त ऋतु र शिशिर ऋतु। चैत्र र वैशाख महिनामा वसन्त ऋतु पर्छ। यो ऋतुमा जाडो  महिना सकिसकेको हुन्छ र मौसम धेरै राम्रो हुन्छ। यो ऋतुमा बोट विरुवाहरूमा नयाँ पालुवा पलाउँदछ र विभिन्न थरिका फूलहरू फुल्दछन्।यहि ऋतुमा हाम्रो राष्ट्रिय फूल लालीगुराँस पनि फुल्दछ गृष्म ऋतु,यो जेठ र असार महिनामा पर्दछ। यो ऋतुमा धेरै नै गर्मी हुन्छ। यो ऋतुमा किसानहरूको खेतिवाली लगाउने पनि समय हो। वर्षा ऋतु साउन र भदौमा पर्छ।यो ऋतुमा धेरै पानी पर्दछ। यो ऋतुमा पनि खेतीवालीको नै काम भइरहेको हुन्छ।शरद ऋतु असाेज र कात्तिक  महिनामा पर्दछ। यो ऋतुमा पानी पर्न कम भइसकेको हुन्छ।यो ऋतुमा धेरै चाडपर्व पर्ने गर्दछन्। जस्तै, दशैं तिहार जस्ता महान् चाडपर्वहरू पर्दछन्। हेमन्त ऋतु मङ्सिर र पुस महिनामा पर्दछ।यो ऋतुमा  किसानहरले अन्न बाली भित्र्याउने काम गर्दछन्। शिशिर ऋतु माघ र फागुन महिनामा पर्दछ। यो ऋतुमा जाडो बढेर धेरै चिसो हुने गर्दछ। यो ऋतुमा देशको विभिन्न स्थानमा हिउँ पर्दछ, भने कुनै ठाउँमा सितलहर पनि हुने गर्दछ।


Read More
हिन्दू समुदाय
- Manasbhi Niraula - 29015, Gra ... 22 November, 2021

म हिन्दू समुदायबाट हुँ। हिन्दू समुदायमा जन्मेदेखि मृत्युसम्मका विभिन्न  संस्कार छन्। बच्चा जन्मेको छ दिनमा छैठि समारोह गरिन्छ ,जसमा भावीले बच्चाको भविष्य लेखिदिने विश्वास गरिन्छ ।  बच्चा जन्मेको ११ दिनमा बच्चाको न्वारन गरिन्छ। बच्चाले उसको औपचारिक नाम प्राप्त गर्दछ । बच्चा ६ महिनाको भएपछि आमाको दुध बाहेकठोस पदार्थको खुवाउनको लागि अन्नप्राशन वा भातखुवाइ गरिन्छ। बच्चा किशोर अवस्थामा पुगेपछि केटा भए ब्रतबन्ध गरिन्छ र उसले  जनै लगाउँछ भने केटीहरूलाई  गुन्युचोलो लगाइदिइन्छ। जब केटाकेटीहरू ठुला  हुन्छन्, तब उनीहरूको विवाह गरिन्छ । विवाहपश्चात् दुलही दुलाहाको घरमा जाने परम्परा रहेको छ । मानिसहरूको मृत्यु भएपछि धार्मिकस्थल वा नदीमा शवलाई दाहासंस्कार गरिन्छ भने १३ दिनसम्म आफन्तहरूले नुन नखाई चोखो खाएर अन्तिम संस्कार सम्पन्न गरिन्छ। हाम्रो समुदायमा विभिन्न चाडपर्वहरू मनाइन्छ। दशैँ मुख्य चाड हो। यस चाडमा ठुलाले सानालाई टीका लगाइदिने र आशीर्वाद दिने गर्दछन् भने मिठोमिठो खानेकुराहरू खाने  पनि गरिन्छ।  त्यसैगरी तिहार दोस्रो  ठूलो  चाड हो, जुन  चाडमा देउसी र भैलो खेलेर रमाइलो गरिन्छ भने दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका  लगाइदिन्छन् । त्यसैगरी जनैपूर्णिमा, तीज, कुशेऔंसी, साउने संक्रान्ति ,माघेसंक्रान्ति, मातातिर्थ औंसी, शिवरात्रि जस्तो चाडहरू पनि मनाइन्छ ।


Read More
तिहार
- Yashaswi Pradhan - 30036, Gra ... 19 November, 2021

तिहार हिन्दूहरूकाे दसैँपछिकाे दाेस्राे महान् चाड हाे । नेवार समुदायहरूमा यतिबेला नयाँ वर्षकाे आगमन अर्थात नेपाल संवत् मनाउने प्रचलन पनि छ । तिहार पाँच दिनसम्म मनाइन्छ त्यसैले यसलाई यमपञ्चक पनि भनिन्छ । तिहारकाे पहिलाे दिन कागतिहार हाे । यस दिन कागलाई मिठामिठा खानेकुरा दिएर पूजा गरिन्छ । यसैगरी भाेलिपल्ट दाेस्राे दिन कुकुर तिहार मनाइन्छ । तेस्राे दिन गाेरुतिहार र चाैथाे दिन लक्ष्मीपूजा हाे । लक्ष्मीपूजाका दिन गाईलाईलक्ष्मी माताका रूपमा  पूजा गरिन्छ । त्यस दिन साँझ घरमा दिपावली गरेर धनधान्यकी देवी लक्ष्मीकाे अर्चना गरिन्छ । पाँचाैँ दिन भाइटीकालाई सबैभन्दा महत्वपूर्ण दिनका रूपमा हेरिन्छ । यस दिनलाई दिदीबहिनी र दाजुबहिनीबिचकाे माया कायम गर्ने पर्वका रूपमा हेरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन्छन् र दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र दक्षिणा दिन्छन् । यसरी तिहार सम्पन्न हुन्छ । 


Read More
नदी
- Yureka Adhikari - 29049, Grad ... 19 November, 2021

हिमाल बाट झरिकन पहाडलाई हरीया बनाउँछौ 
पानी बनी जीवन दिन्छौ 
खोलानाला सँग भेटी बगिरन्छौ  
ढुङ्गाहरूमा बजारिँदै निरन्तर अघि बग्दछौ 
जहाँ घाम र छायाँ भेटेर रमाउँछन्।
इन्द्रेणीका रङ लहराउँछन्  त्यहाँ हुन्छौ तिमी 
खेल्दै रमाउँदै लहरा अनि पहरासँग जिस्कन्छौ तिमी 
तर रिसाएमा पहाड सिङ्गै लडाइदिन्छौ 
अनि तराई पूरै डुबाइदिन्छौ 
गाउँ-शहर, पाखा-पर्वत डुलिकन सुन्दर बनाउँछौ तिमी 
खेत-बारी डुलिकन अन्न फलाउँछौ तिमी
सबैको घर-घरमा रमी बस्छौ तिमी 
थाक्दैनन् कोहि बयान गरी तिम्राे 
कहिले बनि झरना त खहरे कहिले बनी
कल-कल, छङ्-छङ् आवाज बनाई समुद्र भेट्न जानी
निरन्तर बगिरन्छौ तिमी 
कोहि रोक्न सक्तैन तिमीलाई नत सक्छ छेक्न
तिमी बगेकाे मनाेरम दृश्य सबैले चाहन्छन् देख्न


Read More