Logo

Student Corner

मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन )

Written by: Sushant Pokharel - 32020, Grade V

Posted on: 08 May, 2024

"जननी जन्मभूमिश्चः स्वर्गादपि गरीयसी"

 

आमालाई साक्षात् देवीको तीर्थस्थल मान्ने

 हृदयभरि प्रेमको दीप जलाएर मन्दिर ठान्ने 

वर्ष दिनभरिको अनौपचारिक ममतालाई 

मातातीर्थ औँसीको दिनमा औपचारिक बनाई

 

निश्वार्थ प्रेम छताछुल्ल पस्कने दिन 

मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन

 आमा प्रेरणाकी स्रोत, ममताकी खानी

 जीवनको अपार प्यार मेरो हृदयकी रानी

 

आमा तपाईको मायाले सबै दुःख हराउँछ 

धर्तीमा आमाको माया निस्वार्थ कहलाउँछ 

आमाको काख मलाई स्वर्ग भन्दा प्यारो लाग्छ

 तिम्रो काखमा पल्टँदा डर जति सबै भाग्छ

 

आमा मेरो पहिलो प्रेम, मेरो पहिलो गुरु

 जिन्दगीको अध्याय आमाबाट नै छ सुरु 

तिम्रो साथ आमा जुनी जुनीसम्म पाऊँ

 आमाकै काखमा रहूँ आमाकै काखमा हराऊँ ।