Logo

Student Corner

मेरो समुदाय

Written by: Aarya Regmi - 33052, Grade IV

Posted on: 13 May, 2024

मेरो नाम आर्या रेग्मी हो। म तीनकुने सुविधानगरमा बस्छु । मेरो घरनजिकै स्कुल, पुलिस चाैकी, आँखा अस्पताल र मन्दिरहरू छन् । यहाँ पार्क पनि छ। पार्कमा बच्चाहरू खेल्ने ठाउँ, व्यायाम गर्ने ठाउँ छ । बिहान हिँड्ने ठाउँ पनि छ । पार्कको छेउमा बागमती खोला छ । बागमती खोलाको माथि पुल छ। पुलपछि पसलहरू र खाने ठाउँ पनि छन् । मेरो समुदायका मानिसहरू शनिबार बागमती खोला सफा गर्दछन् । हामीले पनि बाहिर बाटो पार्क सफा गर्छौँ । मलाई मेरो समुदाय मन पर्छ ।