Logo

Student Corner

Articles

दसैँ बिदा
- Abiska Giri - 31054, Grade V ... 28 February, 2024

म मेराे दसैँ बिदामा झापा गएँ । म हवाइजहाजबाट झापा  गएकी हुँ । हवाइजहाजबाट हिमाल, बादल देख्दा मलाई रमाइलाे लाग्याे । म झापा गएपछि घरका आफन्तहरूसँग भेटघाट गरेँ । गाैरादह बजार र धरान घुम्न जाँदा मलाई एकदमै रमाइलाे लाग्याे । म धरानदेखि भेडेटार घुम्न गएँ । मैले त्यहाँबाट हिमाल र पहाड देखेँ । हामी त्याे दिन  भेडेटारकाे एउटा हाेटलमा बस्याैँ । म झापाकाे दमकमा लागेकाे मेलामा गएँ । मेलामा नाचगान, व्यापार , व्यावसाय चलेकाे थियाे । मैले त्यहाँ खानेकुरा र खेल्नेकुरा किनेँ । म मेलामा बुबाआमासँग गएकी थिएँ । झापा मेराे गाउँ हाे । झापामा मेरा बुबाआमा बस्नुहुन्छ त्यसैले म दसैँमा टीका लगाउन झापा गएकी थिएँ । झापामा केही समय डुल्ने घुम्ने गर्दागर्दै काठमाडाैँ फर्कने समय आइपुग्न लागेकाे थियाे । काठमाडाैँ फर्कने अघिल्लाे  दिन म  बुबाआमासँग खेतमा गएँ । खेतमा हरियाली थियाे । खेतैभरि धानका बाला झुलेका थिए । मेराे झापा बसाइँ एकदमै रमाइलाे भयाे ।


Read More
आमा
- Ruhjen Jung Khadka - 32014, G ... 27 February, 2024

आमा जन्म दिने व्यक्ति हुन् । आमा संसारमा एक मात्र शब्द हाे, जसलाई कुनै परिभाषाकाे आवश्यकता पर्दैन । आमा हाम्राे पहिलाे गुरु हुनुहुन्छ । आमा आफ्ना सन्तानलाई धेरै माया गर्छिन् । आमा ममताकी खानी हुन् । आमा आफ्ना सन्तानको सफलता आफ्नै सफलता ठान्छिन्। आमा आफ्ना सन्तान हरेक कुरामा सफल होस् भन्ने इच्छा गर्छिन्। केटाकेटी पनि आफ्नी आमाको मायाबिना हुर्किन सक्दैनन् । संसारमा आमाको महिमा अपरम्पार छ । संसारमा सबैभन्दा प्यारी साथी भनेकै आमा हुन् । आमा आफ्ना सन्तानका गल्तीमा क्षमा गर्न सक्छिन् । आमा सृष्टिकी कुशल कलाकार हुन् । उनी सधैँ हाम्रो राम्रो भविष्यको लागि सोचिरहन्छिन् । उनी दिनरात आफ्ना बच्चाहरू र परिवारका अन्य सदस्यहरूका हरेक इच्छाकाे ख्याल राख्छिन् । आमाबिनाकाे परिवार कल्पना गर्न पनि सकिन्न । हामीले आफ्नी आमालाई दुःख दिनुहुँदैन । आमालाई श्रद्धा गर्ने अरू दिन पनि छन् । त्यसलाई मातृऔँसी पनि भनिन्छ । आमालाई श्रद्धा गर्दा उनले आशीर्वाद दिन्छिन् । आमा संसारकै सबैभन्दा ठुली हुन्। उहाँको तुलना कसैसँग गर्न सकिन्न । उनी सधैँ सन्तानको भलो चाहन्छिन्। उनको चाहना पूरा गर्नु सन्तानको कर्तव्य हो। 


Read More
सहिद दिवस
- Akshita Bhattarai - 32039, Gr ... 23 February, 2024

कुनै पनि देशमा अन्याय, अत्याचार र कुशासनको विरुद्धमा सङ्घर्ष गर्दागर्दै मारिने व्यक्तिलाई सहिद भनिन्छ । यस्ता सहिदहरूको सम्झनामा उनीहरूको बलिदानको कदर गर्दै मनाइने उत्सवको दिनलाई सहिद दिवस भनिन्छ । नेपालमा पनि यस्ता व्यक्तिहरूको सम्झनामा सहिद सप्ताह र सप्ताहको अन्तिम दिन विशेष दिनको रूपमा सहिद दिवस मनाइन्छ । पहिला पहिला राणाशासनको विरोधमा मारिएका चारजना सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठको बलिदानको सम्मान स्वरूप हरेक सालको माघ १६ गतेलाई सहित दिवसको रूपमा मनाइने चलन सुरु भएको हो । यस दिनमा काठमाडौँको टुँडिखेलमा बनाइएको सहिद गेटमा स्थापना गरिएका चार सहिदहरूको प्रतिमामा मानिसहरू गएर माला लगाइदिन्छन् । आजकाल चार सहिदका अतिरिक्त इतिहासमा चर्चित पहिले र पछिका अन्य सहिदहरूलाई समेत मिलाई हरेक जिल्ला र सदरमुकाममा यो दिवस मनाइन्छ। याे दिनमा सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ ।


Read More