Logo

Student Corner

सूर्य चौरदेखि झोरसम्मको यात्रा

Written by: Bedant Pathak - 32047, Grade V

Posted on: 10 May, 2024

आज म बिहानै ६ः०० बजे उठेँ। त्यसपछि हातमुख धोएर ब्रस गरेँ अनि मनतातो पानी पिएँ। त्यसपछि आफ्नो लुगा लगाएँ र आफ्नो खाना झोलामा हालेर विद्यालयतर्फ लागेँ । विद्यालयमा साथीहरू आउँदै थिए । साथीहरू सबैजना आइसकेपछि हामी कक्षाकोठामा गयौँ । गुरुले सूर्य चौरदेखि झोरसम्मको यात्रा सुरुवात गर्नुभन्दा अगाडि नियम भन्नुभयो। त्यसपछि  हामी खाना खाएर लाम बनाएर बसमा चढ्यौँ। हामीले बसमा अन्ताक्षरी खेल्यौँ, गीत गायौँ साथै कविता भन्याैँ । यसरी रमाइलो गर्दै हामी सूर्यचौर पुग्यौँ। हामी बसबाट झर्‍याैँ अनि हिँड्न थाल्याेँ । एकछिन विश्राम गर्दै पानी पिउँदै अगाडि बढ्यौँ । हामी केही छिनपछि झोर पुग्यौँ। त्यहाँबाट हिमालको दृश्य हेर्दा हामीलाई रमाइलो लाग्यो । हामीले एकछिन आराम गरेर घरदेखि ल्याएको खाना खायौँ । हामीले धेरै चराचुरुङ्गी देख्यौँ । त्यहाँ हावा लागेकाेले हामीले सानो भुमरी परेकाे पनि देख्यौँ। केही समयको रमाइलोपछि हामी आफ्नो विद्यालयतिर लाग्यौँ। हामी विद्यालय पुगेपछि कक्षाकोठामा गयौँ। यो मेरो काठमाडौँ आएपछिको पहिलो यात्रा हो। म विद्यालय र गुरुआमालाई धन्यवाद दिन चाहन्छु ।