Logo

Student Corner

सहिद दिवस

Written by: Ruhjen Jung Khadka - 32014, Grade V

Posted on: 14 May, 2024

देशकाे लागि एकजुट भएर लड्ने सहिद

देशकाे लागि एकै चिहान भएर मर्ने सहिद

आआफ्नो क्षेत्रमा उदाहरणीय काम गरीकन

नेपालको नाम विश्व मञ्चमा चिनाईकन

आउने पुस्ताको लागि भगवान भएर मर्ने सहिद 

इतिहासको पानामा पहिचान बनाई मर्ने सहिद

रगत पसिनाले माटोलाई फलाइ फुलाई 

अग्रपङ्तिमा देशको नाम बनाई

सबैको ओठमा आफ्नो नाम दिएर मर्ने सहिद 

वर्षमा एक दिन सम्मान पाउने सहिद॥