Logo

Student Corner

आफ्नो र अरुको भलाइका लागि जिब्राको प्रयोग

Written by: Eva Adhikari - 29012, Grade V

Posted on: 15 February, 2022

हाम्रो शरीरमा ५ ज्ञानेन्द्रियहरु छन् । त्यसमध्ये जिब्रो पनि एउटा ज्ञानेन्द्रिय हो । जिब्राले २ वटा काम गर्छ ।यसले खानेकुराकाे स्वाद  लिने र बोल्ने काममा सहयोग गर्छ । जिब्राकाे स्वाद लिने काम हाे तर सधैँ मिठाे स्वादका लागि मात्र प्रयाेग गरियाे भने स्वास्थ्यलाइ हानी गर्न सक्छ । नमिठाे स्वादका तिताे औषधीले पनि शरीरलाइ फाइदा पुर्याउँछ । त्यसैले आफ्नाे स्वस्थ शरीर र आफ्नै  भलाइका लागि जिब्राकाे प्रयाेग गर्नुपर्छ ।

जिब्राको प्रयोग गरेर हामीले राम्राे वा नराम्राे दुवै थरीका बाेली बाेल्न सक्छाैँ तर हामीले नराम्राे बाेली कहिल्यै बाेल्नुहुँदैन ।  जिब्रोलाई राम्रो कुरा बोल्न मात्र प्रयोग गर्नुपर्छ । बोलीबाट मान्छेको व्यवहार थाहा हुुन्छ । भद्र मान्छेले आफ्नो जिब्राको प्रयोग आफ्नो  र अरुको भलाइका लागि मात्र गर्छन् । कसैलाई दुःख पर्दा मिठा वचन बोलेर सम्झाइयो भने उसको दुःख अलिकति भएपनि कम हुन्छ । जो मान्छे झर्केर वा ठुुलो ठुलो श्वरमा बोल्छ , त्यस्ता मान्छेलाई कसैले पनि मन पराउँदैनन्। अनावश्यक रूपमा ठुलाे श्वरमा कराउँदैमा मानिस ठुलाे हुने हाेइन वास्तवमा ठुलाे नै हुनु छ भने बुद्धि र विवेकले हुनुपर्दछ।  त्यसैले हामीले हाम्रो जिब्राको प्रयोग आफ्नो र अरुको भलाइका लागि मात्र प्रयोग गर्ने कोसिस गर्नुपर्छ ।