Logo

Student Corner

Articles

परीक्षाकाे डर
- Saadhvi Aryal - 29025, Grade ... 04 February, 2022

हामी सबैलाई परीक्षा भनेपछि एक प्रकारले भारी महसुस हुन्छ । कस्ता प्रश्न आउलान्,उत्तर कसरी लेख्ने हाेला ?आदि कुरा मनमा खेलिरहन्छ । एउटा परीक्षा दिएर घर आएपछि अङ्क कति आउला भन्ने चिन्ता एकातिर रहन्छ भने अर्कातिर भाेलि दिने विषयमा के लेख्ने हाेला ? भन्ने छुट्टै चिन्ता हुन्छ अनि भाेलिपल्टकाे तयारीमा जुट्न लाग्छाैँ । परीक्षा हामी सबै विद्यार्थीलाई यस्तै भएर सकिन्छ । मेराे विचारमा यदि हामी शिक्षकशिक्षिकाहरूले पढाउँदा राम्ररी ध्यान दिने हाे भने हामी त्यसरी चिन्तित हुन पर्दैन हाेला । जुनजुन विषयमा जेजे पढाइ हुन्छ, त्याे त्यही दिन राम्ररी पढियाे भने परीक्षाका लागि पढ्न बाँकी भएर थुप्रिँदैन अनि परीक्षाका दिनलाई पनि साधारण दिन जस्तै गरी बिताउन सक्छाैँ । एकैदिन वा परीक्षाका दिन मात्र पुस्तक पढ्नाले हामीलाई परीक्षाकाे डरले सताउने गर्दछ । हाम्राे देशमा अङ्क र ग्रेडलाई ठुलै महत्व दिने कारणले गर्दा पनि हाेला, हामी सबै विद्यार्थीहरूकाे चाहे  ठुला कक्षाका हुन् वा साना कक्षाका हुन् परीक्षाले साताे लिएकाे हुन्छ । व्यवहारिक ज्ञान व्यवहारिक तरिकाले परीक्षा लिएमा किताबी परीक्षाकाे डरबाट मुक्त भइने थियाे । 


Read More
फुटबल
- Soham Shah - 30034, Grade IV ... 04 February, 2022

मानिसलाई मनाेरञ्जनका लागि विभिन्न खेलहरू खेलिन्छ । कुनै खेल घरबाहिर खेलिन्छ भने कुनै खेल घरभित्र नै खेलिन्छ । कुनै शारीरिक कसरतका साथ खेलिन्छ भने कुनै ल्यापटप,माेबाइलमा पनि खेलिन्छ । 
मलाई सबैभन्दा बढी फुटबल खेल मन पर्छ । फुटबल समूहमा खेल्ने खेल हाे । दुइ वटा समुह बनाएर खेलिन्छ । खुट्टाले मात्र बललाई छुन पाइन्छ । दुइतिर गाेलपाेष्ट हुन्छन् । विपरित समूहकाे पाेष्टमा जसले बललाई छिराउँछ , उसकाे जित हुन्छ । ११ः११ जनाकाे समूह बनेर खेल्दा अर्काकाे पाेष्टमा बल छिराउने र आफ्नाे पाेष्टमा बल छिर्न नदिन निकै मेहनतका साथ खेल्नुपर्छ । फुटबल अन्तराष्ट्रिय रूपमा याे खेल खेलिने हुनाले मानिस याे खेललाई पेशाका रूपमा पनि अँगालेर खेल्ने गर्छन्  । फुटबल खेलाडीले नाम र दाम दुवै कमाउन सक्ने हुनाले सबैकाे लाेकप्रिय खेलका रूपमा परिचित छ ।
 


Read More
स्याउ
- Nitika Kapali - 30016, Grade ... 03 February, 2022

संसारमा धेरै प्रकारका फलफुलहरू छन् । जस्तैः स्याउ,सुन्तला,केरा, मेवा,जुनार, किवी आदि ।   स्याउ फलफुलकाे राजा हाे । मलाई फलफुलमा सबैभन्दा बढी स्याउ मन पर्छ । स्याउ विभिन्न रङका हुन्छन् । कुनै राता, कुनै सेता,कुनै हरिया रङका हुन्छन् । प्रायः चिसाे ठाउँमा पाइने स्याउ असाध्यै मिठाे हुन्छ । स्याउकाे रूख धेरै ठुलाे पनि हुँदैन,सानाे पनि हुँदैन ,ठिक्ककाे हुन्छ । दिनकाे एउटा स्याउ खाएमा बिमारी टाढा भाग्छ भन्ने भनाइ छ । स्याउ शरद ऋतुमा स्याउ खाने समय हुन्छ । भिटामिन सि र फाइबर प्रशस्त हुने स्याउ शरीरका लागि फाइदाजनक हुन्छ । स्याउबाट जुस अनि विभिन्न पेय पदार्थ बनाउन पनि सकिन्छ । स्याउ संसारभर खाइने फल हाे । बच्चा वा बुढालाई सबैलाई स्याउले फाइदा गर्छ। 
 


Read More
माघेसङ्क्रान्ति
- Livana Karmacharya - 30013, G ... 03 February, 2022

माघेसङ्क्रान्ति माघ महिनाको पहिलो दिनलाई भनिन्छ ।
यसलाई मक्कर सङ्क्रान्ति पनि भनिन्छ । यसलाई  देशभरिका मानिसहरुले आ-आफ्ना तरिकाले हर्ष र उल्लासका साथ मनाउने गर्दछन् । यो दिनमा विषेश गरी
घिउ,  चाकु , खिचडी,तरुल, सखरखण्ड, तिलको  लड्डु, खाने गरिन्छ। तराइमा बस्ने मानिसहरूले याे दिनलाई माघीका रूपमा मनाउँछन् ।  यो खानाहरुले हामीलाई न्यनो पार्छ।
मेरो घरमा पनि आमा र म मिलेर यस्तै खानेकुराहरु बनायाैँ । आमा र बाबाले मलाई राताे टिका लगाएर पैसा पनि दिनुभयाे । बनाएका तिलका लड्डु, भुजाकाे लड्डु र घिउ,चाकु,तरूल, सखरखण्ड र खिचडी सबै मिलेर खायाैँ । हामीहरूले माघे सङ्क्रान्ति राम्रोसँग माघे सङ्क्रान्ति मनायाैँ।
 


Read More
पुस्तक समीक्षा: अप्पु डट कम
- Sambid Dhakal - 30028, Grade ... 02 February, 2022

परिचयः
प्रस्तुत अप्पु डट कम बालउपन्यास हो। यसलाई कपिल लामिछानेले लेख्नुभएको हो। यसलाई जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो। यस बालउपन्यासमा आठवटा भागहरू छन्  तर  उपन्यास चाहिँ एउटै हो। यस  उपन्यासमा मनमोहक चित्रहरू पनि छन् । यो  उपन्यास सुरुमा त धेरै रमाइलो छ  तर पछिपछि  मलाई यो उपन्यासले भावुक बनाएको छ। यस उपन्यास मलाई निकै मन पर्यो।

पात्रहरूः                                                                
यस उपन्यासमा धेरै पात्रहरू छन् जस्तै अप्पु , सुमु ,  सुरक्षाकर्मी,  पसले, हाकिम, बाबुचा,  बाँदर , चिडियाखानाका जनावरहरू आदि । यस उपन्यासको मुख्य पात्र अप्पु हाे ।  यस उपन्यासमा कुनै पनि खराब पात्रहरू छैनन् र यस उपन्यासमा सबैजना असल पात्र नै हुन् ।  मलाई मनपर्ने पात्र अप्पु हाे किनभने अप्पु जे पनि बन्न सक्छ।    

कथावस्तुः
सुमुलाई गीतसङ्गीत खुब मन पर्छ। ऊ आफ्नाे लामाे गर्धन हल्लाएर गीतसँगीतमा नाच्ने र रमाउने गर्थ्याे । ऊ अनुकाे वाकम्यानबाट गीतसँगीत सुन्ने गर्थ्यो ।उसले आफैँ वाकम्यान किन्ने विचार गरेकाे थियाे । विस्तारै वालगीत बन्द गएपछि ऊ निरास भयाे । त्यसैबला उसकाे मुखमा मासुकाे डल्लाे झुन्डिएकाे थाहा पाउँछ । त्यसपछि ऊ नै अप्पु भएकाे कुरा उसले थाहा पाउँछ र उनीहरूले मित लगाउँछन् ।  सुमुकाे चुच्चाे छाडिदिएपछि अप्पुले विभिन्न रूपमा आफूलाई परिवर्तन गर्छ । त्यसपछि उनीहरू स्वयम्भु घुम्न जान्छन् । उनीहरूलाई त्यहाँ प्रहरीले एकछिन राेकिन भन्छन् तर उनीहरू दाैडिँदै गएर सुनधारामा पुग्छन् । उनीहरूलाई निकै भाेक लाग्छ र त्यहाँ उनीहरूले माे माे खान्छन् । त्यसपछि उनीहरू धरहरामा जान्छन् । त्यहाँ अप्पुले उनीहरूलाई आफ्नाे रूप फेरेर देखाउँछ । त्यहाँ मानिसकाे भिड देखेर प्रहरी आउछन् र बन्दुक पड्काउँछन् । प्रहरीले उसलाई चिन्दैनन् । किनभने त्यतिबेलासम्म रूप फेरेर चिडियाखानातिरै पुगेकाे हुन्छ । एकदिन बाबुचा घुम्न गएकाे बेलामा एकाएक चिडियाखानाकाे हाकिम आउछन् । त्यतिबेला अप्पु नै बाबुचा बन्छ र बाबुचाकाे जागिर बचाइदिन्छ । एकपटक अप्पु, सुमु, बाबुचा र अनुले सगरमाथा आराेहण गर्ने याेजना बनाउछन् तर बाबुचाले एक दिनभन्दा बढी समय दिन नभ्याउने कुरा गर्छ तर अप्पुले एकैदिन घुमेर आउन सकिने याेजना सुनाउँछ । त्ससपछि सबैजना जाने तयारी गर्छन् । त्याे थाहा पाएपछि ललितपुरबासी, प्रहरी, प्रशासन सबैले सम्मानसाथ बिदाई गर्छन् । त्यसपछि अप्पु हेलिकप्टर बन्छ र त्यसमा साथीहरूलाई राखेर सगरमाथा पुर्याउँछ । उनीहरू सगरमाथाकाे चुचुराेमा पुगेर नेपालकाे, अफ्रिकाकाे झन्डा गाड्छन् । सगरमाथामा पनि उसले चमत्कार गर्छ । उनीहरू चिडियाखाना फर्कन्छन् । त्यसपछि अप्पुले आफू घर जाने कुरा सुनाउँछ । याे कुरा सुनेर उसका साथीहरू दुखी हुन्छन्  तर अप्पुले आफ्ना साथीहरूकाे चित्त फर्कन्छ।

परिवेशः
यस उपन्यासमा  अनुकाे घरको कोठा, चिडियाखाना, बाटोघाटो, कोठा छेउको पोखरी, स्वयम्भू, सरस्वती मन्दिर, आनन्दकुटी, गीता मन्दिर, चक्रपथ,सुनधारा, माउन्टेन माेमाे हाउस, धरहरा, सगरमाथा, ललितपुर आदि स्थलगत परिवेशका रूपमा आएका छन् । यस उपन्यासमा मुख्य परिवेशकाे रूममा चिडियाखाना आएकाे छ । यसमा हुन नसक्ने खालका प्रसङ्गहरू पनि आएकाे कारणले गर्दा धेरैजसाे काल्पनिक परिवेशकाे प्रयाेग गरिएकाे छ ।

निष्कर्ष तथा सिफारिसः
अप्पु डट कम एउटा काल्पनिक उपन्यास हाे । यसमा अप्पुले धेरै रूप बदलेर जहाँ पनि पुग्ने जे पनि बन्न सक्ने हुँदा याे अत्यन्त रमाइलाे रहेकाे छ । अत्यन्त राेचक भएकाे कारणले पढ्न सुरु गरेपछि नसकिँदासम्म छाेड्न मन लाग्दैन । त्यसैले याे उपन्यास मैले मेरा साथी र भाइबहिनीलाई पढ्नका लागि सिफारिस गर्दछु ।
 


Read More