Logo

Student Corner

मिठाे बाेली

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 17 February, 2022

हामीले सधैँ नम्र भएर बोल्नुपर्छ । जिब्रो भन्दा खतरनाक र पीडादायी कुनै हतियार छैन । जीवनको चहलपहलमा हामी एकअर्काको लागि समय निकाल्न कमै सक्षम हुन्छौँ । हामीलाई थाहा छ शब्दमा ठुलाे शक्ति छ । जसरी मिठा शब्दले हामीलाईआनन्द दिन्छ, तितोपनले भरिएको संसारले हामीलाई चोट पुर्याउँछ । हामी मिठास र तितोपनलाई साथमा राख्छौँ र जानीजानी वा नजानी तितोपनलाई बढी प्रयोग गर्ने प्रवृत्ति हुन्छ । यदि हामीले यसलाई बानी बनायौँ भने यसले मानिसहरूलाई चोट पुर्याउँछ । कोही मानिसहरु बोल्दा शान्त अनुभुति दिन्छन् भने कोहीको बोली एक सेकेन्ड सहन पनि गाह्रो हुन्छ । मिठो बोलीले साथी बनाउन सकिन्छ तर तितो बोलीले शत्रु बन्ने गर्छन् । कसैको शत्रु बन्न सजिलो हुन्छ तर कसैको मित्र बन्न धेरै गाह्रो हुन्छ । माफी माग्न होस् वा कसैको गलत कामको लागि सच्याउन होस् हामीले सधैँ मिठो बोलीको प्रयोग गर्नुपर्छ।उदाहरणका लागि काग र काेइलीलाई लिन सकिन्छ । काेइली र काग देख्दा उस्तै देखिए पनि काेइलीकाे बाेली मिठाे हुने हुनाले सबैले मन पराउँछन् तर काग हाम्राे अगाडि आएर करायाे भने तुरून्तै धपाइन्छ । याे कागकाे नमिठाे बाेलीले गर्दा नै भएकाे हाे । हामी पनि सर्वप्रिय भएर बस्नलाई सधैँ मिठाे बाेली बाेल्नुपर्छ ।